एकलौटी ढंगले व्यवस्थापन समिति गठन  गरेको भन्दै विद्यालयमा तालाबन्दी

राजविराज राजविराज
|
बिहिबार, माघ २७, २०७८
|
|
४४ पटक हेरिएको
Shares
एकलौटी ढंगले व्यवस्थापन समिति गठन  गरेको भन्दै विद्यालयमा तालाबन्दी

सारांश

  •     एकलौटी र मनपरी ढंगले व्यवस्थापन समिति गठन गरिएको, ऐन कानुन मिचेर करारमा कर्मचारी नियुक्त गरेको लगायतका आरोप लगाउँदै अभिभावकहरुले ताबलाबन्दी गरेका हुन् ।
  •       पटक पटक प्रधानाध्यापक विपिन झा र व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीलाई सचेत गराउँदा पनि अटेर गरेकाले बाध्य भई तालाबन्दी गर्नुपरेको स्थानिय अभिभावक उपेन्द्र यादवले बताए ।
  •       अर्का अभिभावक प्रकाश मण्डलले विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रियादेखी कर्मचारी नियुक्ती तथा भौतिक पूर्वाधार निर्माणमा समेत अनियमितता भएको दाबी गर्दै उच्च स्तरिय छानबिन हुनुपर्ने माग गरे ।

दैनिक समाचारदाता
राजविराज, २७ माघ । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित श्री लक्ष्मी नरसिंह बल्लभ उच्च माबि बभनगामा कट्टीमा बिहीबार स्थानिय अभिभावकहरुले प्रधानाध्यापकको कार्यकक्ष तथा लेखा शाखा फाँटमा तालाबन्दी गरेका छन् । 
    एकलौटी र मनपरी ढंगले व्यवस्थापन समिति गठन गरिएको, ऐन कानुन मिचेर करारमा कर्मचारी नियुक्त गरेको लगायतका आरोप लगाउँदै अभिभावकहरुले ताबलाबन्दी गरेका हुन् । 
    पटक पटक प्रधानाध्यापक विपिन झा र व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीलाई सचेत गराउँदा पनि अटेर गरेकाले बाध्य भई तालाबन्दी गर्नुपरेको स्थानिय अभिभावक उपेन्द्र यादवले बताए । 
    अर्का अभिभावक प्रकाश मण्डलले विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रियादेखी कर्मचारी नियुक्ती तथा भौतिक पूर्वाधार निर्माणमा समेत अनियमितता भएको दाबी गर्दै उच्च स्तरिय छानबिन हुनुपर्ने माग गरे । 
    यसअघि सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित एसएलपी मावि पत्थरगाढामा व्यवस्थापन समितिको निर्वाचन र आर्थिक अनियमितताको छानबिनको माग गर्दै अभिभावकहरुले गरेको रिले अनशन बुधबार तोडिएको छ । 
    आगामी फागुन ९ गते विद्यालय व्यवस्थापन समितिको निर्वाचन गराउने सहमति भएपछि अनशन तोडिएको डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साहले जानकारी दिएका छन् ।
    तीन वर्षे कार्यकाल सकेको दुई वर्षभन्दा बढी भइसक्दा पनि विद्यालय व्यवस्थापन समितिको अर्को निर्वाचन गराउन आलटाल गरेको र आर्थिक अनियमितता समेत गरेको भन्दै स्थानिय अभिभावकहरुले विद्यालयको प्रवेशद्वारमै रिले अनशन सुरु गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?