राजविराज कारागारबाट पाँच कैदीबन्दी रिहा

राजविराज राजविराज
|
बुधबार, चैत्र १९, २०७६
|
|
२२ पटक हेरिएको
Shares
राजविराज कारागारबाट पाँच कैदीबन्दी रिहा

सारांश

  •     एक सय २५ क्षमता रहेको कारागारमा अहिले पनि १६ महिलासहित ३ सय २९ कैदीबन्दी छन् ।
  • क्षमता भन्दा तेब्बर संख्यामा कैदीबन्दी कोचाकोच गरि राखिएपछि कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गरि सप्तरी जिल्ला अदालतको आदेश बमोजिम एक साता यता पाँच जनालाई रिहा गरिएको जेलर यादवले बताए ।
  •       एक वर्ष भन्दा कम समयका कैद सजाय पाएका कैदी बन्दीलाई भुक्तान गर्न बाँकी रहेको समय वापतको रकम तिराएर छाड्न अदालतले आदेश दिएको उनको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
    क्षमता भन्दा तेब्बर कैदी बन्दी रहेको राजविराज कारागारमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन एक वर्षभन्दा कम समयका कैद सजाय पाएका पाँच जना कैदी बन्दीलाई रिहा गरिएको छ । शुक्रबार चार र बुधबार एक गरि एक साता यता पाँच जना कैदी बन्दी रिहा गरिएको जेलर सत्यनारायण यादवले बताए । 
    एक सय २५ क्षमता रहेको कारागारमा अहिले पनि १६ महिलासहित ३ सय २९ कैदीबन्दी छन् । क्षमता भन्दा तेब्बर संख्यामा कैदीबन्दी कोचाकोच गरि राखिएपछि कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गरि सप्तरी जिल्ला अदालतको आदेश बमोजिम एक साता यता पाँच जनालाई रिहा गरिएको जेलर यादवले बताए । 
    एक वर्ष भन्दा कम समयका कैद सजाय पाएका कैदी बन्दीलाई भुक्तान गर्न बाँकी रहेको समय वापतको रकम तिराएर छाड्न अदालतले आदेश दिएको उनको भनाई छ । 
    कारागार भित्र संक्रमण फैलिए परिस्थिती नियन्त्रण बाहिर जाने भएकाले हाल कैदीबन्दीका आफन्त र अन्यलाई भेटघाटमा समेत पूर्णरोक लगाइएको कारागार प्रशासनले जनाएको छ ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपनी पूर्णखोप सुनिश्चित पालिका घोषणा
रुपनी पूर्णखोप सुनिश्चित पालिका घोषणा
प्रदेश सरकार व्यापक भ्रष्टाचार तथा अनियमिततामा लागेको छ ः जनमत संसदीय दल नेता यादव
प्रदेश सरकार व्यापक भ्रष्टाचार तथा अनियमिततामा लागेको छ ः जनमत संसदीय दल नेता यादव
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक महिलासहित दुई घाइते
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक महिलासहित दुई घाइते
अदालतबाट दोषि ठहर भई फरार रहेका ठाकुर पक्राउ
अदालतबाट दोषि ठहर भई फरार रहेका ठाकुर पक्राउ
रुपनी र महादेवामा पदस्थापन 
रुपनी र महादेवामा पदस्थापन 
“अधिवेशनको सम्पूर्ण तयारी पुरा” 
“अधिवेशनको सम्पूर्ण तयारी पुरा” 
वेपत्ता भएको केही घण्टामै प्रहरीले गर्यो बालकको उद्दार
वेपत्ता भएको केही घण्टामै प्रहरीले गर्यो बालकको उद्दार
डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
सप्तरी प्रिमियर लिगको पाँचौ संस्करण सुरु, उद्घाटन खेलमा रुपनी बिजयी
सप्तरी प्रिमियर लिगको पाँचौ संस्करण सुरु, उद्घाटन खेलमा रुपनी बिजयी
एक वर्षदेखी तलब नपाएका शिक्षक तथा विद्यालय कर्मचारीद्वारा विद्यालय  बन्द गरि गाउँपालिकामा धर्नामा 
एक वर्षदेखी तलब नपाएका शिक्षक तथा विद्यालय कर्मचारीद्वारा विद्यालय  बन्द गरि गाउँपालिकामा धर्नामा