गर्भवति तथा सुत्केरी महिलालाई सर्वाेत्तम पिठो वितरण

राजविराज राजविराज
|
बिहिबार, पौष २८, २०७९
|
|
२४ पटक हेरिएको
Shares
गर्भवति तथा सुत्केरी महिलालाई सर्वाेत्तम पिठो वितरण

सारांश

  •     जिल्ला स्वास्थ्य कार्यालयद्वारा आयोजित एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले सो पिठो वितरण गरेका हुन् ।
  •       सो अवसरमा बोल्दै अध्यक्ष मण्डलले महिला तथा बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार ल्याउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।
  •       कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले पहिलो चरणमा गर्भवति तथा सुत्केरी महिलाहरुलाई वितरण गरिएको बताउँदै दोस्रो चरणमा पाँच बर्ष मुनिका बालबालिकालाई समेत वितरण गर्ने जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २८ पुस ।

    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ का गर्भवति तथा सुत्केरी महिलालाई विहिबार एक कार्यक्रमबीच सर्वोत्तम पिठो (सुपरसिरियल) वितरण गरिएको छ ।
    जिल्ला स्वास्थ्य कार्यालयद्वारा आयोजित एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले सो पिठो वितरण गरेका हुन् । 
    सो अवसरमा बोल्दै अध्यक्ष मण्डलले महिला तथा बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार ल्याउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे । 
    कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले पहिलो चरणमा गर्भवति तथा सुत्केरी महिलाहरुलाई वितरण गरिएको बताउँदै दोस्रो चरणमा पाँच बर्ष मुनिका बालबालिकालाई समेत वितरण गर्ने जानकारी दिए ।
    सीमा स्वास्थ्य चौकी नियमित एकीकृत स्वास्थ्य समन्वय तथा सञ्चालन कार्यक्रम अन्तर्गत आयोजित सो कार्यक्रम तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षतामा आयोजना गरिएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?