भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो

राजविराज राजविराज
|
सोमबार, चैत्र ९, २०८२
|
|
२९ पटक हेरिएको
Shares
भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो

सारांश

  •     जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ पुर्व पश्चिम राजमार्ग सडक खण्डमा भन्सार छलि तथा चोरी पैठारी गरि ल्याउदै गरिएको १ लाख ८२ हजार ९ सय मुल्य बराबरको मोटरसाइकल र किराना समान बरामद गरेको हो ।
  •       ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा बोरा लोड भएको नम्बर प्लेट नभएको मोटरसाईकललाई रोक्न खोज्दा सो मोटरसाइकल छाडी मानिस फरार भएको प्रहरीले जनाएको छ ।
  •       मानिस फरार भएकोमा बेवारिसे अवस्थामा रहेको मोटरसाईकलमा लोड गरेको बोरा खोली चेकजाँच गर्दा सो भित्र विभिन्न किराना सामानहरु फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ९ चैत । 

    भारतबाट भन्सार छलि तथा चोरी पैठारी गरि मोटरसाइकलबाट नेपाल ल्याउदै गरेको विभिन्न किराना सामानहरु सप्तरी प्रहरीले बरामद गरेको छ । 
    जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ पुर्व पश्चिम राजमार्ग सडक खण्डमा भन्सार छलि तथा चोरी पैठारी गरि ल्याउदै गरिएको १ लाख ८२ हजार ९ सय मुल्य बराबरको मोटरसाइकल र किराना समान बरामद गरेको हो । 
    ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा बोरा लोड भएको नम्बर प्लेट नभएको मोटरसाईकललाई रोक्न खोज्दा सो मोटरसाइकल छाडी मानिस फरार भएको प्रहरीले जनाएको छ । 
    मानिस फरार भएकोमा बेवारिसे अवस्थामा रहेको मोटरसाईकलमा लोड गरेको बोरा खोली चेकजाँच गर्दा सो भित्र विभिन्न किराना सामानहरु फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    मोटरसाईकल र किराना सामानहरु प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बुझाईएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?