कुखुरा पालक कृषकहरुका लागि आधारभूत तालिम सम्पन्न

राजविराज राजविराज
|
शनिबार, चैत्र ३, २०८०
|
|
२२ पटक हेरिएको
Shares
कुखुरा पालक कृषकहरुका लागि आधारभूत तालिम सम्पन्न

सारांश

  •     कुखुरा पालक किसानहरुले खोर निर्माणदेखि चल्लालाई हुर्काउने र जैविक सुरक्षा विधिबारे जानकार नभएकै कारण मिहिनेत गर्दा पनि प्रतिफल पाउन नसकेको प्रति चिन्ता व्यक्त गर्दैै डा साहले किसानलाई कुखुरा पालनमा दक्ष बनाउन यो तालिमको आयोजना गरिएको जानकारी दिए ।
  •     उनले द्विपक्षीय अन्तरक्रिया सहितको यो तालिमबाट यहाँका किसानहरु सीप सिकेर कुखुरा पालन गरे राम्रो आम्दानी गर्ने विश्वास समेत व्यक्त गरे ।
  • ‘अहिलेसम्म किसानहरु देखासिखीकै भरमा कुखुरापालन गर्दै गर्दै आएको छ, सीप र प्रविधिबारे जानकारी नभएकै कारण प्रतिफल राम्रो आउन सकेको देखिएन तर अव यो तालिममा सहभागि किसानले पक्कै पनि अब विधि अनुसार व्यवसाय गरेर राम्रो आम्दानी गर्न सक्छन्’ उनले भने ।

    राजविराज÷सप्तरीको राजविराजमा व्यवसायिक कुखुरा पालक कृषकहरुका लागि एकदिने आधारभूत तालिम शनिवार सम्पन्न भएको छ ।
    सुनगाभा फिड प्रा.लि. ईटहरी १३ सुनसरीको आयोजनामा सम्पन्न तालिममा कुखुरा पालक किसानहरुलाई खोर निर्माणदेखि कुखुरा पालन र त्यसबाट आम्दानी गर्ने प्रविधिबारे जानकारी गराईएको छ ।
    तालिममा सहजीकरण गर्दै डा. जयविक्रम साहले सीप नजानेर देखासिखीको आधारमा कुखुरापालक किसानहरुले नोक्सान उठाउनु परेको बताए । उनले अहिले मधेश प्रदेशका अधिकांश जिल्लामा व्यवस्थित कुखुरा फर्म नभएकै कारण किसानहरु नाफा गर्न सकेको तर्क गरे ।
    कुखुरा पालक किसानहरुले खोर निर्माणदेखि चल्लालाई हुर्काउने र जैविक सुरक्षा विधिबारे जानकार नभएकै कारण मिहिनेत गर्दा पनि प्रतिफल पाउन नसकेको प्रति चिन्ता व्यक्त गर्दैै डा साहले किसानलाई कुखुरा पालनमा दक्ष बनाउन यो तालिमको आयोजना गरिएको जानकारी दिए ।
    उनले द्विपक्षीय अन्तरक्रिया सहितको यो तालिमबाट यहाँका किसानहरु सीप सिकेर कुखुरा पालन गरे राम्रो आम्दानी गर्ने विश्वास समेत व्यक्त गरे । ‘अहिलेसम्म किसानहरु देखासिखीकै भरमा कुखुरापालन गर्दै गर्दै आएको छ, सीप र प्रविधिबारे जानकारी नभएकै कारण प्रतिफल राम्रो आउन सकेको देखिएन तर अव यो तालिममा सहभागि किसानले पक्कै पनि अब विधि अनुसार व्यवसाय गरेर राम्रो आम्दानी गर्न सक्छन्’ उनले भने । 
    सप्तरी जिल्लाका ९० जना कुखुरापालक किसानहरुको सहभागितामा गरिएको सो तालिममा दानाको व्यवस्थापन, चल्लाले दाना खाएको नखाएको जाँच’ दाना भण्डाण तथा प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु,जैविक सुरक्षा विधि, खोरमा कुखुरा राख्नु अघि गर्नुपर्ने कामहरु, सफापानी र औषधीको प्रयोग, कुखुरामा लाग्ने रोग तथा प्रयोग गर्नुपर्नै औषधीबारे किसानहरुलाई जानकारी गराईएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जब मुख्यमन्त्री सिंहले आफ्नै गृह जिल्लामा गरे अनुगमन –मापदण्ड विपरित संचालनमा रहेका, नविकरण नगरेका स्वास्थ्य संस्थाका सञ्चालकहरु सटर बन्द गरेर भागे
जब मुख्यमन्त्री सिंहले आफ्नै गृह जिल्लामा गरे अनुगमन –मापदण्ड विपरित संचालनमा रहेका, नविकरण नगरेका स्वास्थ्य संस्थाका सञ्चालकहरु सटर बन्द गरेर भागे
एसइई परिक्षा मर्यादित र शान्तिपूर्ण  सम्पन्न गराउने केन्द्राध्यक्षद्वारा प्रतिबद्धता 
एसइई परिक्षा मर्यादित र शान्तिपूर्ण  सम्पन्न गराउने केन्द्राध्यक्षद्वारा प्रतिबद्धता 
महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
होली परम्परा धान्दै मारवाडी समुदाय
होली परम्परा धान्दै मारवाडी समुदाय
पाँच राउण्ड राइफलको गोलीसहित दुई पक्राउ
पाँच राउण्ड राइफलको गोलीसहित दुई पक्राउ
मानव बेचबिखन तथा ओसार पोसारबिरुद्ध ¥याली 
मानव बेचबिखन तथा ओसार पोसारबिरुद्ध ¥याली 
काँग्रेस सप्तरीद्वारा ८ वटै प्रदेशसभा  निर्वाचन क्षेत्रमा बिरोधसभा 
काँग्रेस सप्तरीद्वारा ८ वटै प्रदेशसभा  निर्वाचन क्षेत्रमा बिरोधसभा 
हरवा चरवाको पुर्नस्थापना बिषयक अन्तरक्रिया सम्पन्न 
हरवा चरवाको पुर्नस्थापना बिषयक अन्तरक्रिया सम्पन्न 
सय किलो गाजा बरामद
सय किलो गाजा बरामद
मापदण्ड विपरीत संचालित पानी उद्योगमा शिलबन्दी
मापदण्ड विपरीत संचालित पानी उद्योगमा शिलबन्दी