ट्याक्टरमा मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भिर

राजविराज राजविराज
|
शनिबार, जेठ १०, २०८२
|
|
३३ पटक हेरिएको
Shares
ट्याक्टरमा मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भिर

सारांश

  •     दुर्घटनामा गम्भिर घाइते भएका सप्तरीको विष्णुपुर गाउँपालिका १ निवासी २० बर्षिय सन्तोष यादवको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै र अर्का गम्भिर घाइते सोही वडा निवासी २२ बर्षीय सागर मंडलको अस्पताल पु¥याउदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
  •       अर्का गम्भिर घाइते सोही वडाका १८ बर्षीय धनन्जय यादवको स्थानिय छिन्नमस्ता अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगर स्थित नोबेल अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।
  •       घटनापछी फरार भएका ट्याक्टर चालकको खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्रा प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

    राजविराज÷हुलाकी राजमार्ग अन्तरगत सप्तरीको राजगढ गाउापालिका ५ मलेकपुर सडक खण्डमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् । 
    पत्थरगाढाबाट ईटा बोकेर राजविराजतर्फ आउँदै गरेको स.१त. ५४४२ नं. को ट्याक्टरमा विपरित दिसाबाट आउँदै गरेको मधेश प्रदेश ०२–०१९प.९६२६ नम्बरको मोटरसाइकल ठोकिदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । 
    तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई अचानक ट्याक्टरमा ठोकिन गई सो दुर्घटना भएको प्रहरीको अनुमान छ । 
    दुर्घटनामा गम्भिर घाइते भएका सप्तरीको विष्णुपुर गाउँपालिका १ निवासी २० बर्षिय सन्तोष यादवको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै र अर्का गम्भिर घाइते सोही वडा निवासी २२ बर्षीय सागर मंडलको अस्पताल पु¥याउदा मृत्यु भएको प्रहरीले जनाएको छ । 
    अर्का गम्भिर घाइते सोही वडाका १८ बर्षीय धनन्जय यादवको स्थानिय छिन्नमस्ता अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगर स्थित नोबेल अस्पताल पठाईएको प्रहरीले जनाएको छ । 
    घटनापछी फरार भएका ट्याक्टर चालकको खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्रा प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । 
    शनिबारै बिहान राजविराज–छिन्नमस्ता सडकखण्डमा भएको अर्को मोटरसाइकल दुर्घटनामा राजविराज ७ का १६ वर्षिय मनोज यादव गम्भिर घाइते भएका छन् । स.१प. ६०४८ नम्बरको मोटरसाइकल चढेर जाँदै गर्दा बिहान ५ बजेतिर राजविराज ६ लिल्जा टोलमा दुर्घटना भएको प्रहरीले जनाएको छ । 
    घाइते यादवको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा प्रारम्भिक उपचारपछी बिराटनगरस्थित नोबेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समयमा निर्वाचन खर्च नबुझाए वापतको जरिवाना मिनाहको माग गर्दै ज्ञापन
समयमा निर्वाचन खर्च नबुझाए वापतको जरिवाना मिनाहको माग गर्दै ज्ञापन
आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका  सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका  सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज  फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज  फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
फुटबल संघ सप्तरीको अध्यक्षमा परियारद्वारा उम्मेदवारी घोषणा
फुटबल संघ सप्तरीको अध्यक्षमा परियारद्वारा उम्मेदवारी घोषणा
१२ वर्षे नव प्रतिभावान फोटोग्राफरको फोटो प्रदर्शनी 
१२ वर्षे नव प्रतिभावान फोटोग्राफरको फोटो प्रदर्शनी 
बाढीबाट हुने क्षति न्युनिकरणका लागि ७ सय ७० मिटर बाध निर्माण
राष्ट्रिय सभाका लागि राजपा सप्तरीबाट  आधा दर्जन यूवा नेता आकांक्षी 
राष्ट्रिय सभाका लागि राजपा सप्तरीबाट  आधा दर्जन यूवा नेता आकांक्षी 
कोरोना सम्बन्धी अनुरोधलाई वेवास्ता गरिए प्रशासन कार्यालयले कारवाही गर्ने 
कोरोना सम्बन्धी अनुरोधलाई वेवास्ता गरिए प्रशासन कार्यालयले कारवाही गर्ने 
विवादका बीच विश्वविद्यालय भवनको शिलान्यास झडपमा शिक्षा मन्त्री, सांसदसहित एक दर्जन घाइते
विवादका बीच विश्वविद्यालय भवनको शिलान्यास झडपमा शिक्षा मन्त्री, सांसदसहित एक दर्जन घाइते
पर्याप्त शिक्षक र बजेट अभावले पठन पाठनमा समस्या
पर्याप्त शिक्षक र बजेट अभावले पठन पाठनमा समस्या