दैनिक समाचारदाता
राजविराज, १ साउन ।
राजविराज वडा नं. ७ स्थित एक निजि विद्यालयका विद्यार्थीहरुले शान्ति सुरक्षाको माग गर्दै प्रदर्शन गरेका छन् ।
नोवेल ऐकेडेमीका विद्यार्थीहरुले विद्यालय आउने र पढाइ सकिएपछि घर फर्किेन गरेका छात्राहरुलाई जिस्क्याउने र दुव्र्यवहार गर्नेहरुमाथी कारवाहीको माँग गर्दै आईतवार राजविराजमा प्रर्दशन गरेका हुन् । प्रदर्शनका क्रममा आक्रोशित विद्यार्थीहरुले आधा घण्टा जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना समेत दिएका थिए ।
विद्यालयका प्रिन्सीपल प्रविण कुमार ठाकुरका अनुसार लागु औषधको कुलतमा फसेका स्थानीय केही युवाहरुले दैनिक जसो विद्यालय समयमा बाटोमा जम्मा भई छात्राहरुलाई जिस्कयाउने र सोको प्रतिपाद गर्दा छात्र–छात्रामाथी हातपात र धम्की दिने काम गर्ने गरेका छन् ।
उनले पछिल्लो समय आइतबार विद्यालय परिसर भित्रै प्रवेश गरी ती युवाहरुले विद्यार्थीमाथी दुव्र्यवहार गर्न थालेपछी शान्तिसुरक्षा माग्दै प्रर्दशन थालिएको बताए ।
यता प्रहरीले यस्ता गतिविधीमा संलग्न चार जना युवालाई आइतवार नै पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले चारै जनालाई हिरासतमा राखी घट्नाबारे अनुसन्धान थालिएको बताए ।
विद्यालय क्षेत्र वरिपरि शान्ति सुरक्षा माँग गर्दै विद्यार्थीद्वारा प्रदर्शन
सारांश
- नोवेल ऐकेडेमीका विद्यार्थीहरुले विद्यालय आउने र पढाइ सकिएपछि घर फर्किेन गरेका छात्राहरुलाई जिस्क्याउने र दुव्र्यवहार गर्नेहरुमाथी कारवाहीको माँग गर्दै आईतवार राजविराजमा प्रर्दशन गरेका हुन् ।
- प्रदर्शनका क्रममा आक्रोशित विद्यार्थीहरुले आधा घण्टा जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना समेत दिएका थिए ।
- विद्यालयका प्रिन्सीपल प्रविण कुमार ठाकुरका अनुसार लागु औषधको कुलतमा फसेका स्थानीय केही युवाहरुले दैनिक जसो विद्यालय समयमा बाटोमा जम्मा भई छात्राहरुलाई जिस्कयाउने र सोको प्रतिपाद गर्दा छात्र–छात्रामाथी हातपात र धम्की दिने काम गर्ने गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया