दैनिक समाचारदाता
राजविराज, १७ बैशाख ।
एकल महिलाको उत्थानका लागी सप्तरीस्थित एकल महिला आत्मनिर्भरता तथा पुर्नस्थापना केन्द्र सप्तरीले सशक्तीकरण अभियान चलाएको छ ।
अभियान अन्तर्गत वडा वडामा पुगी एकल महिलालाइ संगठित बनाउने र त्यस पश्चात उनीहरुलाई सीपमुलक तालिम प्रदान गरी स्वरोजगार बनाउने प्रयास थालिएको हो ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाबाट सूरु भएको अभियान क्रमशः जिल्लाकोे १८ वटै पालिकामा पु¥याउने लक्ष्य रहेको एक महिला आत्मनिर्भरता तथा पुर्नस्थापना केन्द्र सप्तरीकी प्रमुख जुही ठाकुरले बताईन ।
यसैक्रममा सोमवार हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर २ जोगिनियाँ र वडा नम्बर १४ रम्पुरामल्हनियाँमा एक महिला वडा समिति गठन गरिएको छ ।
यस अघि सोही नगरपालिकाको वडा ५ र ६ मा पनि एकल महिला वडा समितिको गठन गरी आवश्यक सीपमुलक तालिम प्रदान गर्ने काम भईरहेको अध्यक्ष ठाकुरले बताईन ।
कमाई गर्ने श्रीमान वितेपछि कस्टकर जीवन बिताईरहेका एकल महिलामा पनि विशेष गरी ज्येष्ठ एकल महिलालाई घरव्यवहार चलाउन, खर्च जोहो गर्न र बालबालिकाको आवश्यक्ता पुरा गर्न समस्या भइरहेकोले यस्ता महिलाहरुलाई संगठित गरी सशक्तीकरणको क्षेत्रमा संस्थाले सीपमुलक तालिम प्रदान गर्दै जीवन सहज बनाउने प्रयास गरेको उनको भनाई छ ।
वडास्तरबाटै संस्थाले थालेको गतिविधीले आफुलाई थोरै भएपनि राहत महशुस भएको हनुमाननगर कंकालिनी नगरपालिका १४ रम्पुरामल्हनीयाकी ३० वर्षिया सावित्री देवी सदाले बताईन ।
तीन वर्ष अघि श्रीमान गुमाएकी उनले घरमा कोही नभएपछि जीवन कस्टकर बनेको वेला केन्द्रले चलाएको अभियानमा सहभागी भएपछि आत्मबल बढेको बताइने । श्रीमानको मृत्यु पछि बेरोजगार रहेका हामी जस्ता महिलालाई आर्थिक कठिनाईले सताएको बेला संस्थाले चलाएको अभियानले हौसला प्रदान गरेको उनको भनाई छ ।
एकल महिला सशक्तीकरणका लागी केन्द्रले वडा समिति गठन देखि तालिम, गोष्ठी, पशुपालन, खेतीपाती लगायतको क्षेत्र समेटि गतिविधी सूरु गरेको संस्थाले जनाएको छ ।
एकल महिला संगठित हुँदै, स्वरोजगार बनाउने प्रयासको थालनी
सारांश
- अभियान अन्तर्गत वडा वडामा पुगी एकल महिलालाइ संगठित बनाउने र त्यस पश्चात उनीहरुलाई सीपमुलक तालिम प्रदान गरी स्वरोजगार बनाउने प्रयास थालिएको हो ।
- जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाबाट सूरु भएको अभियान क्रमशः जिल्लाकोे १८ वटै पालिकामा पु¥याउने लक्ष्य रहेको एक महिला आत्मनिर्भरता तथा पुर्नस्थापना केन्द्र सप्तरीकी प्रमुख जुही ठाकुरले बताईन ।
- यसैक्रममा सोमवार हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर २ जोगिनियाँ र वडा नम्बर १४ रम्पुरामल्हनियाँमा एक महिला वडा समिति गठन गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया