बजाज खडक वारियर्स र रुपनी राईडर्स फाइनलमा प्रवेश

राजविराज राजविराज
|
शुक्रबार, चैत्र १३, २०७७
|
|
४९ पटक हेरिएको
Shares
बजाज खडक वारियर्स र रुपनी राईडर्स फाइनलमा प्रवेश

सारांश

  •     शुक्रबार सम्पन्न प्रतियोगिताको लिग चरणको अन्तिम खेलमाव स् बजाज खडक वारियर्सले टिभीएस किंग्स राजविराजलाई २७ रनले पराजित गरेको छ ।
  • यो जितसँगै बजाज खडक वारियर्स अंक तालिकाको शिर्ष स्थानमा रहँदै फाइनल पुग्न सफल भएको हो ।
  • यस्तै अंक तालिकामा दोश्रो स्थानमा रुपनी राईडर्स रहेको छ ।

दैनिक समाचारदाता
राजविराज, १३ चैत । 
    राजविराजमा संचालित मेयर कप सप्तरी प्रिमियर लिगको फाइनलमा बजाज खडक वारियर्स र रुपनी राईडर्स प्रवेश गरेका छन् । 
    शुक्रबार सम्पन्न प्रतियोगिताको लिग चरणको अन्तिम खेलमाव स् बजाज खडक वारियर्सले टिभीएस किंग्स राजविराजलाई २७ रनले पराजित गरेको छ । यो जितसँगै बजाज खडक वारियर्स अंक तालिकाको शिर्ष स्थानमा रहँदै फाइनल पुग्न सफल भएको हो । यस्तै अंक तालिकामा दोश्रो स्थानमा रुपनी राईडर्स रहेको छ ।
    अंक तालिका अनुसार पहिलो वरियता र दोश्रो वरियताका टिम बीच फाइनल खेल हुनेछ । वारियर्स र राईडर्स दुवैले लिग चरणमा ४ खेल खेल्दै ३/३ जित हात पारेको हो । दुबै टिमबीच शनिवार फाइनल प्रतिस्पर्धा हुनेछ । 
    शुक्रबार सम्पन्न खेलमा बजाज खडक वारियर्सले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा टिभीएस किंग्स राजविराजले २० ओभरमा ७ विकेटको क्षतीमा १ सय ५४ रन मात्र बनाउन सफल भयो । 
    टिभीएसका लागि रोबिन सिंहले अविजित ५१, सुरज कुर्मीले ३६ प्रशान्त सिंहले २४ तथा सोनु अन्सारीले १६ रनको योगदान दिएका थिए । 
    यता बजाज खडक वारियर्सका तर्फबाट गोमानन्द अमात्य, भुलावन सहानी र अनिल खरेलले २/२ विकेट लिए भने पप्पु यादवले १ विकेट लिए । 
    यस अघि टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ४ विकेट क्षेतीमा १ सय ८१ रन बनाएको थियो । 
    वारियर्सका लागि अनिल शाहले सर्वाधिक ७०, कप्तान विवेक यादवले ३७, निरज यादवले ३२ तथा पवन सर्राफले १८ रनको पारी खेलेका थिए । 
    टिभीएस किंग्स राजविराजको बलिंगमा रोबिन सिंह, मेहबुब आलम र दिनेश अधिकारीले १/१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच अनिल शाह घोषित भए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरीमा डुबेर एक बालकसहित दुईको मृत्यु
पोखरीमा डुबेर एक बालकसहित दुईको मृत्यु
छिन्नमस्ता गापा ७ को वडा भवनको शिलान्यास
छिन्नमस्ता गापा ७ को वडा भवनको शिलान्यास
शिक्षकको अभाव रहेको भन्दै वडा र विद्यालय कार्यालय कोठामा तालाबन्दी,  गाउँपालिका अध्यक्षले शिक्षकको पदपूर्ती गर्ने प्रतिबद्धतापछि ताला खोलिए
शिक्षकको अभाव रहेको भन्दै वडा र विद्यालय कार्यालय कोठामा तालाबन्दी,  गाउँपालिका अध्यक्षले शिक्षकको पदपूर्ती गर्ने प्रतिबद्धतापछि ताला खोलिए
रुखमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला 
रुखमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला 
कोइलाडीले दोश्रो पटक गजेन्द्रनारायण सिंह स्मृति टी २० को उपाधी हात पा¥यो 
कोइलाडीले दोश्रो पटक गजेन्द्रनारायण सिंह स्मृति टी २० को उपाधी हात पा¥यो 
१३ दिनदेखी व्यवसायी दासको अवस्था अज्ञात, साथीद्वारै श्रीमानको अपहरण ः अपहरितकी श्रीमती 
“राईट फर राईट” अभियान सप्तरीमा हस्ताक्षर अभियान सम्पन्न
“राईट फर राईट” अभियान सप्तरीमा हस्ताक्षर अभियान सम्पन्न
बाढीका कारण गाईघाट कदमाहा सडकखण्ड अबरुद्ध 
बाढीका कारण गाईघाट कदमाहा सडकखण्ड अबरुद्ध 
पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र  हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र  हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
सप्तरीको विकास सुख्खा परेको खडेरी खेत जस्तै