दैनिक समाचारदाता
राजविराज, ३२ साउन ।
धार्मिकस्थलका रुपमा रहेको सप्तरीको छिन्नमस्ता भगवति मन्दिरसम्म पुग्ने बाटो दुई वर्षदेखि निर्माणाधिन अवस्थामा रहेको छ । जसकरण सडक भत्केर लथालिङ्ग छ ।
मर्मत तथा पुर्ननिर्माणप्रति देखिएको उदासिनताका कारण यात्रुहरुलाई सास्ती हुने गरेको छ भने उक्त सडकखण्डमा दिनहूँ जसो दुर्घटना हुदै आएको छ ।
भारतीय दर्शनार्थीहरु समेत ठूलो संख्यामा आउने छिन्नमस्ता भगवती मन्दिरमा सदरमुकाम राजविराजबाट जान पनि बाटोको कारणले सास्ती खेप्नु परेको छ ।
ठाउँ ठाउँमा खाल्डो हुनुका साथै पानी जमेर पोखरी बनेपछी थप समस्या भएको यात्रुहरुको गुनासो छ । अर्काे तर्फ सवारी साधनबाट यात्रु ओराल्दै चढाउदै लैजानु परेको टेम्पो व्यवसायी सत्यनारायण चौधरी बताउँछन ।
कुनै बेला पनि दुर्घटना हुन सक्ने भएका कारण जोखिम मोलेर सवारी साधन चलाउनु परेको उनको कथन छ । पहिला वस सेवा संचालन रहेको भएपनि बाटो विग्रेका कारण अहिले बस संचालन बन्द रहेको छ ।
अटोरिक्सा र सिटी रिक्साका भरमा यात्रा गर्दा पनि अत्यन्त सकस हुने गरेको दर्शनार्थीहरु बताउँछन । बाटो बिग्रेका कारण १० किलोमिटर यात्रा तय गर्न १ घण्टा भन्दा बढी लाग्ने गरेको उनीहरुको भनाई छ ।
छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी सहितको एक टोली सडक मर्मतको माग गर्दै लहानस्थित सडक डिभिजन कार्यालयमा गत असार ३० गते धर्ना समेत बसिसकेका छन ।
दशै नजिकीदै गएको बेला छिन्नमस्ता दर्शन आउने दर्शनार्थीहरुले सास्ती भोग्नु नपरोस भनेर छिट्टै सडक मर्मतका लागी केन्द्र समक्ष ध्यानाकर्षण गराउँदा समेत अहिलेसम्म संतोषजनक काम अघि नबढेको उनले गुनासो गरेका छन ।
सम्बन्धित निकायको कमजोरीका कारण सडक यस्तो अवस्थामा पुगेको आरोप लगाउदै स्थानीयले अबिलम्ब उक्त सडक खण्डको स्तरोन्नती गर्न मागँ गरेका छन् ।
दुई वर्षमा पनि बनेन् राजविराज–छिन्नमस्ता सडक
सारांश
- मर्मत तथा पुर्ननिर्माणप्रति देखिएको उदासिनताका कारण यात्रुहरुलाई सास्ती हुने गरेको छ भने उक्त सडकखण्डमा दिनहूँ जसो दुर्घटना हुदै आएको छ ।
- भारतीय दर्शनार्थीहरु समेत ठूलो संख्यामा आउने छिन्नमस्ता भगवती मन्दिरमा सदरमुकाम राजविराजबाट जान पनि बाटोको कारणले सास्ती खेप्नु परेको छ ।
- ठाउँ ठाउँमा खाल्डो हुनुका साथै पानी जमेर पोखरी बनेपछी थप समस्या भएको यात्रुहरुको गुनासो छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया