दैनिक समाचारदाता
राजविराज, २२ चैत ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले मुलुकमा ५१ प्रतिशत जनसंख्या रहेको महिलाको विकास बिना मुलुकको विकास सम्भव हुन नसक्ने बताएका छन् ।
राजविराजस्थित मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजको सभाकक्षमा ६ दिने लैङ्गिक उत्तरदायी अनुसन्धान तथा संचारसीप सम्बन्धी तालिमको शुक्रबार समापन गर्दै मन्त्री साहले यस्तो बताएका हुन् ।
उनले अहिले पनि समाजमा महिला हिंसा कायम रहनु दुर्भाग्यपूर्ण रहेको टीप्पणी गर्दै महिलाहरुलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा सबल गराई अवसर समेत दिन आवश्यक रहेको बताए । मुलुकमा अहिले पनि लैङ्गिक हिंसा कायम रहनु दुर्भाग्यपूर्ण भन्दै लैङ्गिक हिंसा कायम रहनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त नरहेको उनको भनाई थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री साहले लैङ्गिक हिंसा नियन्त्रणमा तीन वटै तहका सरकारको प्रमुख जिम्मेवारी रहेको उल्लेख गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले पनि बोल्दै महिला हिंसा न्यूनिकरणका लागि प्रहरी प्रशासनले गरेको प्रयास र खेलेको भूमिका बारे चर्चा गरे ।
नेपाल सरकार र एशियाली विकास बैंकको साझेदारीमा संचालित महिला समुत्थान परियोजना अन्तरगत नेपाल प्रहरीमा कार्यरत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुलाई लैङ्गिक अपराधको अनुसन्धान सम्बन्धी ज्ञान, सीप र क्षमताको विकास तथा उक्त कार्यमा सक्षम र सबल बनाउने उद्देश्यका साथ गत चैत्र १७ देखी उक्त तालिम सुरु भएको थियो ।
तालिममा सेक्सुअल अफेन्स, एकाउन्टिबिलिटी, डोमेस्टिक भ्वाइलेन्स, जेन्डर इक्विलिटी एण्ड सोसल इनक्लुजन, लिगल प्रेभिजन, जेन्डर बेस्ड भ्वाइलेन्स लगायत १४ विषयमा तालिम प्राप्त प्रशिक्षकहरुबाट तालिम प्रदान गरिएको थियो ।
कार्यक्रम महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजना र नेपाल प्रहरीको सहकार्यमा सम्पन्न गरिएको मन्त्रालयका अधिकृत दिपिका सिटौलाले जानकारी दिइन् ।
महिलाको विकास बिना मुलुकको विकास सम्भव छैन् ः मन्त्री साह
सारांश
- राजविराजस्थित मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजको सभाकक्षमा ६ दिने लैङ्गिक उत्तरदायी अनुसन्धान तथा संचारसीप सम्बन्धी तालिमको शुक्रबार समापन गर्दै मन्त्री साहले यस्तो बताएका हुन् ।
- उनले अहिले पनि समाजमा महिला हिंसा कायम रहनु दुर्भाग्यपूर्ण रहेको टीप्पणी गर्दै महिलाहरुलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा सबल गराई अवसर समेत दिन आवश्यक रहेको बताए ।
- मुलुकमा अहिले पनि लैङ्गिक हिंसा कायम रहनु दुर्भाग्यपूर्ण भन्दै लैङ्गिक हिंसा कायम रहनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त नरहेको उनको भनाई थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया