दैनिक समाचारदाता
राजविराज, १७ असार ।
सप्तरीमा बुधबार थप ८ जना कोरोना संक्रमितको पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ५६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
बुधबार थपिएका सबै संक्रमित सुरुङ्ग नगरपालिकाकै रहेको स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
यस्तै जिल्लामा निको हुनेको संख्या १ सय १८ रहेको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. रन्जित झाले जानकारी दिए ।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधबार साँझसम्मा संक्रमितको संख्या १४ हजार ४६ पुगेको तथा निको हुनेको संख्या ४ हजार ६ सय ५६ जना रहेको जनाएको छ । यस्तै कोरोनाको संक्रमणबाट ३० जनाको मृत्यु भएको छ ।
सप्तरीमा थप ८ जना संक्रमित थपिए, संक्रमितको संख्या २ सय ५६, निको हुनेको संख्या १ सय १८
सारांश
- बुधबार थपिएका सबै संक्रमित सुरुङ्ग नगरपालिकाकै रहेको स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
- यस्तै जिल्लामा निको हुनेको संख्या १ सय १८ रहेको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा.
- रन्जित झाले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया