दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।
सरकारले नेपालभरि ३८ वटा करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय गरेपछी राजविराजस्थित करदाता सेवा कार्यालय नसार्न हस्ताक्षर संकलन गरि प्रधानमन्त्रीलाई पठाउन प्रमुख जिल्ला अधिकारीलाई जिम्मा लगाइएको छ ।
शुक्रबार उद्योग बाणिज्य संघको अगुवाईमा गत कात्तिक २२ गतेबाट संकलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल मार्फत प्रधानमन्त्री सुशिला कार्कीलाई पठाउन जिम्मा लगाईएको हो ।
करदाता सेवा कार्यालय नसार्न सरकारलाई आग्रह गर्दै राजविराजको गजेन्द्र चोकमा हस्ताक्षर संकलन गरिएको पाँच हजार भन्दा बढी हस्ताक्षर प्रधानमन्त्रीलाई शुशीला कार्कीलाई पठाईएको उद्योग बाणिज्य संघ सप्तरीका महासचिव अमृत संचेतीले जानकारी दिए ।
हातमा कालोपट्टी बाँधेर जिल्ला प्रशासन कार्यालय पुगेका संघका पदाधिकारीले हस्ताक्षर गरिएको तुल बुझाएका हुन् । करदाता सेवा कार्यालय सार्न लागेको बिरोधमा सप्तरी उद्योग बाणिज्य संघले निरन्तर आन्दोलन गर्दै आएको छ ।
यसअघि हस्ताक्षर संकलनका साथै धर्ना दिदैं आएको संघले शनिबार हातमा कालोपट्टी बाँधेर कारोबार गर्ने भएका छन् । सोही दिन दिउँसो ३ बजे भेला भई कालोपट्टी बाँधेर प्रदर्शन गर्ने निर्णय भएको सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालु प्रसाद अग्रबालले जानकारी दिए ।
आन्दोलन अन्तर्गत ३० गते आईतबार बिहान १० देखि ११ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बस्ने कार्यक्रम समेत तय भएको उनले बताए ।
संघका अध्यक्ष अग्रवालले जिल्लामा ७० हजारभन्दा बढी करदाता रहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय नै स्थापना हुनुपर्ने माग गरेका छन् ।
करदाता सेवा कार्यालय नसार्न भन्दै संकलन गरिएको हस्ताक्षर बुझाइयो
सारांश
- शुक्रबार उद्योग बाणिज्य संघको अगुवाईमा गत कात्तिक २२ गतेबाट संकलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल मार्फत प्रधानमन्त्री सुशिला कार्कीलाई पठाउन जिम्मा लगाईएको हो ।
- करदाता सेवा कार्यालय नसार्न सरकारलाई आग्रह गर्दै राजविराजको गजेन्द्र चोकमा हस्ताक्षर संकलन गरिएको पाँच हजार भन्दा बढी हस्ताक्षर प्रधानमन्त्रीलाई शुशीला कार्कीलाई पठाईएको उद्योग बाणिज्य संघ सप्तरीका महासचिव अमृत संचेतीले जानकारी दिए ।
- हातमा कालोपट्टी बाँधेर जिल्ला प्रशासन कार्यालय पुगेका संघका पदाधिकारीले हस्ताक्षर गरिएको तुल बुझाएका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया