विवाहको निम्तो कार्डमा बेहुला वेहुलीको जन्म मिती अनिवार्य

राजविराज राजविराज
|
मंगलबार, माघ १०, २०७९
|
|
६९ पटक हेरिएको
Shares
विवाहको निम्तो कार्डमा बेहुला वेहुलीको जन्म मिती अनिवार्य

सारांश

  •     सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं.
  • ७ को कार्यालयले यस्तो नियम बनाउँदै एक सूचना मार्फत सार्वजनिक गरेको हो ।
  •     वडा अध्यक्ष शिवनारायण चौधरीले एक सूचना नै प्रकाशित गरी यसको वर्खिलाप जानेलाई स्थानीय सरकार संचालन ऐन तथा वडा कार्यालयको नियम अनुसार कारवाही गरिने स्पस्ट पनि पारेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १० माघ । 

    बालविवाहलाई निरुत्साहित गर्न सप्तरीको एक पालिकाको एक वडा कार्यालयले विवाहमा बाँडिने निम्तो कार्डमा बेहुला र वेहुलीको जन्म दर्ता अनिवार्य रुपमा उल्लेख गरि वडा कार्यालयबाट स्वीकृत लिनु पर्ने नियम बनाएको छ । 
    सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ७ को कार्यालयले यस्तो नियम बनाउँदै एक सूचना मार्फत सार्वजनिक गरेको हो ।
    वडा अध्यक्ष शिवनारायण चौधरीले एक सूचना नै प्रकाशित गरी यसको वर्खिलाप जानेलाई स्थानीय सरकार संचालन ऐन तथा वडा कार्यालयको नियम अनुसार कारवाही गरिने स्पस्ट पनि पारेका छन् । 
    उनले वडा भित्र जन्मिने प्रत्येक शिशुको जन्म दर्ता वडा कार्यालयमा अनिर्वाय गरिएको तथा २० वर्ष भन्दा कम उमेरमा विवाह गर्न नपाउने अनिवार्य व्यवस्थाको कडाईका साथ पालना गर्न÷गराउन अनुगमन समेत गरिने जानकारी दिए । 
    विवाहको निम्तो कार्डमा वेहुला, वेहुली दुबैको जन्म मिति अनिर्वाय रुपमा उल्लेख गर्नु पर्ने नियम बारे जानकारीका लागी वडाका घर÷घरमा सूचना पु¥याईसकेको वताएका उनले सो विपरीत जानेलाई आवश्यक कारवाहीका साथै वडा कार्यालयबाट प्रवाह हुने विभिन्न सेवा सुविधामा अंकुश लगाउने तयारी रहेको बताए । 
    उनले तोकिएको उमेर नपुगेका युवा युवतीको विहे गराउने र बालविवाहलाई प्रोत्साहन गर्ने जन्तिदेखि विवाह कार्यक्रममा संलग्न पण्डित, पुरोहितलाई समेत कानुनी प्रकृया अन्तर्गत कारवाहीमा लैजाने निर्णय भएको जानकारी दिएका छन् । 
    दुई महिना अघि मात्र एक कार्यक्रमबीच सुरुङ्गा नगरपालिकालाई बालविवाह मुक्त नगर नगरपालिका घोषणा गरिएको थियो । यसलाई प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउन तथा बालविवाहलाई निर्मुल पार्न वडा कार्यालयबाट यस्तो निर्णय गरिएको वडा अध्यक्ष चौधरीले बताएका छन् । 
    बालविवाह, दाईजो, लागु औषध दुव्र्यसनी लगायतका विकृती, विसंगती रोक्न तथा स्थानीयको जनचेतनामा बृद्धि गर्ने लक्ष्यका साथ विभिन्न सचेतनामूलक अभियान चलाइएको सो वडा कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यकारी राष्ट्रपति प्रणाली सहित २८ बुदे माग गर्दै जसपा नेपालले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
कार्यकारी राष्ट्रपति प्रणाली सहित २८ बुदे माग गर्दै जसपा नेपालले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
लालुलाई खोज्दै शसस्त्रको गोताखोर, बाढीले पुल ढल्दा तीन दिनदेखी आवागमन ठप्प
लालुलाई खोज्दै शसस्त्रको गोताखोर, बाढीले पुल ढल्दा तीन दिनदेखी आवागमन ठप्प
सरकारी प्रतिबद्धता पछी राजविराजवासीको  आन्दोलन ४० दिनका लागि स्थगित   
सरकारी प्रतिबद्धता पछी राजविराजवासीको  आन्दोलन ४० दिनका लागि स्थगित   
रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
बिरामी अवस्थामा फेला परेको बाछोको मृत्यु
बिरामी अवस्थामा फेला परेको बाछोको मृत्यु
एमबिबिएस परिक्षामा सप्तरीका  पाँच जना टप २५ मा पर्न सफल
दोश्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु
दोश्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु
निर्वाचनमा खटिने पर्यवेक्षकलाई नियोकको तालिम
निर्वाचनमा खटिने पर्यवेक्षकलाई नियोकको तालिम
अनुमति बिना नै नापी कार्यालय हुलाकको भवनमा संचालन
अनुमति बिना नै नापी कार्यालय हुलाकको भवनमा संचालन
लिट्मस र इक्विटी डाइभर्सिफाइड फण्डबीच साझेदारी
लिट्मस र इक्विटी डाइभर्सिफाइड फण्डबीच साझेदारी

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी