दैनिक समाचारदाता
राजविराज, १० माघ ।
बालविवाहलाई निरुत्साहित गर्न सप्तरीको एक पालिकाको एक वडा कार्यालयले विवाहमा बाँडिने निम्तो कार्डमा बेहुला र वेहुलीको जन्म दर्ता अनिवार्य रुपमा उल्लेख गरि वडा कार्यालयबाट स्वीकृत लिनु पर्ने नियम बनाएको छ ।
सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ७ को कार्यालयले यस्तो नियम बनाउँदै एक सूचना मार्फत सार्वजनिक गरेको हो ।
वडा अध्यक्ष शिवनारायण चौधरीले एक सूचना नै प्रकाशित गरी यसको वर्खिलाप जानेलाई स्थानीय सरकार संचालन ऐन तथा वडा कार्यालयको नियम अनुसार कारवाही गरिने स्पस्ट पनि पारेका छन् ।
उनले वडा भित्र जन्मिने प्रत्येक शिशुको जन्म दर्ता वडा कार्यालयमा अनिर्वाय गरिएको तथा २० वर्ष भन्दा कम उमेरमा विवाह गर्न नपाउने अनिवार्य व्यवस्थाको कडाईका साथ पालना गर्न÷गराउन अनुगमन समेत गरिने जानकारी दिए ।
विवाहको निम्तो कार्डमा वेहुला, वेहुली दुबैको जन्म मिति अनिर्वाय रुपमा उल्लेख गर्नु पर्ने नियम बारे जानकारीका लागी वडाका घर÷घरमा सूचना पु¥याईसकेको वताएका उनले सो विपरीत जानेलाई आवश्यक कारवाहीका साथै वडा कार्यालयबाट प्रवाह हुने विभिन्न सेवा सुविधामा अंकुश लगाउने तयारी रहेको बताए ।
उनले तोकिएको उमेर नपुगेका युवा युवतीको विहे गराउने र बालविवाहलाई प्रोत्साहन गर्ने जन्तिदेखि विवाह कार्यक्रममा संलग्न पण्डित, पुरोहितलाई समेत कानुनी प्रकृया अन्तर्गत कारवाहीमा लैजाने निर्णय भएको जानकारी दिएका छन् ।
दुई महिना अघि मात्र एक कार्यक्रमबीच सुरुङ्गा नगरपालिकालाई बालविवाह मुक्त नगर नगरपालिका घोषणा गरिएको थियो । यसलाई प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउन तथा बालविवाहलाई निर्मुल पार्न वडा कार्यालयबाट यस्तो निर्णय गरिएको वडा अध्यक्ष चौधरीले बताएका छन् ।
बालविवाह, दाईजो, लागु औषध दुव्र्यसनी लगायतका विकृती, विसंगती रोक्न तथा स्थानीयको जनचेतनामा बृद्धि गर्ने लक्ष्यका साथ विभिन्न सचेतनामूलक अभियान चलाइएको सो वडा कार्यालयले जनाएको छ ।
विवाहको निम्तो कार्डमा बेहुला वेहुलीको जन्म मिती अनिवार्य
सारांश
- सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं.
- ७ को कार्यालयले यस्तो नियम बनाउँदै एक सूचना मार्फत सार्वजनिक गरेको हो ।
- वडा अध्यक्ष शिवनारायण चौधरीले एक सूचना नै प्रकाशित गरी यसको वर्खिलाप जानेलाई स्थानीय सरकार संचालन ऐन तथा वडा कार्यालयको नियम अनुसार कारवाही गरिने स्पस्ट पनि पारेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया