दैनिक समाचारदाता
राजविराज, ६ असोज ।
इन्स्च्यिुट अफ मेडिसिन काठमाडौं महाराजगंजद्वारा एमबिबिएस परिक्षामा राजविराज ३ निवासी अभिजित माझीसहित सप्तरीका ५ जना टप २५ मा पर्न सफल भएका छन् ।
असोज ३ गते लिइएको सो परिक्षामा सहभागि ९ हजार २ सय विद्यार्थीलाई उछिन्दै ती पाँच जना टप २५ मा नाम निकाल्न सफल भएका हुन् ।
रोल नं. ५६१७ रहेको माझीले एमबिबिएसको परिक्षामा ८९ प्रतिशत अंक ल्याई फुल स्कलरसीप (पूर्ण छात्रवृती) मा नाम निकाल्न सफल भएका हुन् । नर्सरीदेखी नै दुर्गा बोर्डिङ स्कुलमा पढेका उनी कक्षा १० सम्म सधै नै प्रथम भएको सो विद्यालयले जनाएको छ । उनको सफलताले माझी परिवारजनसहित उनी अध्ययन गरेको विद्यालय र कलेज परिवारका साथै स्थानियले पनि खुशी व्यक्त गरेका छन् ।
उनले सफलताको श्रेय आफ्नो मिहिनेत, गुरुजन तथा आमाबुबाको आशिर्वादले सम्भव भएको प्रतिक्रिया दिएका छन् । उनी पत्रकार एम के माझीका पुत्र हुन् ।
उनीहसँगै टप २५ मा सप्तरीका प्रह्लाद गुप्ता, पंकज गुप्ता, विकास साह र विवेक यादव पनि नाम निकाल्न सफल भएका छन् ।
एमबिबिएस परिक्षामा सप्तरीका पाँच जना टप २५ मा पर्न सफल
सारांश
- असोज ३ गते लिइएको सो परिक्षामा सहभागि ९ हजार २ सय विद्यार्थीलाई उछिन्दै ती पाँच जना टप २५ मा नाम निकाल्न सफल भएका हुन् ।
- रोल नं.
- ५६१७ रहेको माझीले एमबिबिएसको परिक्षामा ८९ प्रतिशत अंक ल्याई फुल स्कलरसीप (पूर्ण छात्रवृती) मा नाम निकाल्न सफल भएका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया