दैनिक समाचारदाता
राजविराज, १९ असार ।
मधेश प्रदेशका गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखीले आफूलाई आफ्नो पार्टीका नेता कार्यकर्ताहरुले असहयोग गरिरहेको गुनासो गरेका छन् ।
आफ्नो प्रदेशसभा क्षेत्रमा विकासका लागि ल्याएका विभिन्न योजनामा आफ्नै पार्टी नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले बिरोध गर्नुका साथै असहयोग गरिरहेको उनले गुनासो गरेका हुन् ।
सप्तरी क्षेत्र नं. १ को “क” बाट प्रदेश सभासदस्यमा निर्वाचित भएका मन्त्री लेखीले आफ्नै पार्टीका नेता, कार्यकर्ता तथा पत्रकारहरुबाट असहयोग भइरहेको जानकारी जिल्लाका नेताहरुलाई जानकारी गराउँदा पनि मौन बसेको आरोप समेत लगाए ।
अहिले नेकपा एमाले सप्तरीमा निकै असन्तुष्टि बढेको छ । पार्टीका केन्द्रिय सदस्य दिवाकर देवकोटा, सत्यनारायण मण्डल, नेता जगदीश साह लगायत एक गुटमा छन् भने पोलिटब्युरो सदस्य एवं सप्तरी इन्चार्ज सुमनराज प्याकुरेल र जिल्ला अध्यक्ष ताराकान्त चौधरी अर्को गुट बनाएपछी सप्तरी एमालेमा निकै असन्तुष्टि बढेको छ । मन्त्री लेखी भने दुबै गुटभन्दा फरक रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिइरहेका छन् ।
उनले आफ्नो प्रदेशसभा क्षेत्रमा विकासका लागि विभिन्न योजनाहरु ल्याएर जनतामाँझ लोकप्रिय बनिरहेको बेला पार्टीकै नेता, कार्यकर्ता तथा पत्रकारहरुबाट असहयोग भइरहँदा पनि ती विकासीय कार्यहरुलाई निरन्तरता दिइरहेका छन् ।
“सप्तरी पार्टीकै नेताहरुको निर्देशनमा विगत केही महिनादेखी विकास निर्माणका काममा अनर्गल, झुठो र गलत आरोपहरु लगाइरहदा यस बारेमा पार्टीका नेताहरुलाई जानकारी गराइसकेको छु ।” उनले भने, “यो अनुशासनहिन अराजक गतिविधीमा सप्तरी एमाले हुनु भनेको गम्भिर विषय हो । सम्बन्धीत ठाउँमा म पनि आफ्नो विचार राख्ने छु ।”
यस बारे मन्त्री लेखीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत जानकारी गराइसकेको बताए । “राजकुमार तिम्रो अभियान ठिक छ ।” मन्त्री लेखीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्धत गर्दै भने ।
एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
सारांश
- आफ्नो प्रदेशसभा क्षेत्रमा विकासका लागि ल्याएका विभिन्न योजनामा आफ्नै पार्टी नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले बिरोध गर्नुका साथै असहयोग गरिरहेको उनले गुनासो गरेका हुन् ।
- सप्तरी क्षेत्र नं.
- १ को “क” बाट प्रदेश सभासदस्यमा निर्वाचित भएका मन्त्री लेखीले आफ्नै पार्टीका नेता, कार्यकर्ता तथा पत्रकारहरुबाट असहयोग भइरहेको जानकारी जिल्लाका नेताहरुलाई जानकारी गराउँदा पनि मौन बसेको आरोप समेत लगाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया