स्व. गजेन्द्र नारायण सिंहको सम्झनामा विभिन्न कार्यक्रम 

राजविराज राजविराज
|
सोमबार, माघ १०, २०७८
|
|
६५ पटक हेरिएको
Shares
स्व. गजेन्द्र नारायण सिंहको सम्झनामा विभिन्न कार्यक्रम 

सारांश

  •     मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्व समेत गरेका नेता सिंहको राजनीतिक योगदानको स्मरण गर्दै स्मृति दिवस मनाइएको हो ।
  •       लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) तथा गजेन्द्र नारायण सिंह अध्ययन केन्द्र सप्तरीले शालिकमा माल्यार्पण, बिरामीलाई फलफुल बितरण तथा अन्तरक्रिया कार्यक्रम गरि स्मृति दिवस मनाएको छ ।
  •     सो अवसरमा गजेन्द्र नारायण सिंह अस्पताल हाताभित्र संचालित पोषण पुनंस्र्थापना केन्द्रका बिरामीहरुलाई फलफुल बितरण, गजेन्द्र चौक र अन्य स्थानमा रहेको स्व.

दैनिक समाचारदाता
राजविराज, १० माघ । 
    मधेशवादका प्रणेताका रुपमा मानिएका स्व. गजेन्द्र नारायण सिंहको २० औं स्मृति दिवसको अवसरमा सोमबार राजविराजमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । 
    मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्व समेत गरेका नेता सिंहको राजनीतिक योगदानको स्मरण गर्दै स्मृति दिवस मनाइएको हो । 
    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) तथा गजेन्द्र नारायण सिंह अध्ययन केन्द्र सप्तरीले शालिकमा माल्यार्पण, बिरामीलाई फलफुल बितरण तथा अन्तरक्रिया कार्यक्रम गरि स्मृति दिवस मनाएको छ ।
    सो अवसरमा गजेन्द्र नारायण सिंह अस्पताल हाताभित्र संचालित पोषण पुनंस्र्थापना केन्द्रका बिरामीहरुलाई फलफुल बितरण, गजेन्द्र चौक र अन्य स्थानमा रहेको स्व. सिंहको शालिकमा माल्यार्पण तथा गजेन्द्र नारायण अध्ययन केन्द्रमा अन्तरक्रिया लगायतको कार्यक्रम आयोजना गरिएको छ । 
    गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रका संयोजक समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा लोसपा नेता जयप्रकाश ठाकुर, शैलेश चौधरी, दिपेन्द्र चौधरी, अमरनाथ मण्डल, बिनोद सिंह, मनोज झा, राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, मधेशी निजामति कर्मचारी आधिकारिक टे«ड युनियनका अध्यक्ष अजय झा, अध्ययन केन्द्रका सदस्य चन्द यादव लगायतले मधेश अधिकारका लागि संगठित अभियानको नेतृत्व गरेका स्व. सिंहको राजनीतिक योगदानको स्मरण गरेका थिए । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका घर भएका सिंहले २०४७ सालमा सद्भावना परिषद् हुँदै नेपाल सद्भावना पार्टीको गठन गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेस समुदायलाई परेको पीडा सम्बोधन गर्ने जनताको पार्टी हो ः नेता प्रकाशमान सिंह
काँग्रेस समुदायलाई परेको पीडा सम्बोधन गर्ने जनताको पार्टी हो ः नेता प्रकाशमान सिंह
पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय  शिक्षा आवश्यक ः मन्त्री सुडी
पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय  शिक्षा आवश्यक ः मन्त्री सुडी
चोरिएको मोटरसाईकलको नम्बर परिवर्तन गरि प्रयोग गरिहेका व्यक्ति पक्राउ 
चोरिएको मोटरसाईकलको नम्बर परिवर्तन गरि प्रयोग गरिहेका व्यक्ति पक्राउ 
एमालेले नागरिकता  विधेयकमा दोहोरो चरित्र  देखायो ः जसपा अध्यक्ष यादव
एमालेले नागरिकता  विधेयकमा दोहोरो चरित्र  देखायो ः जसपा अध्यक्ष यादव
डाक्नेश्वरी नगरपालिकाको बेथिति विरुद्ध काँग्रेसको प्रदर्शन
डाक्नेश्वरी नगरपालिकाको बेथिति विरुद्ध काँग्रेसको प्रदर्शन
शिवगुरु महोत्सवमा ओर्लियो जनसागर
शिवगुरु महोत्सवमा ओर्लियो जनसागर
जेसीज सप्ताहमा बिरामीलाई फलफुल बितरण
जेसीज सप्ताहमा बिरामीलाई फलफुल बितरण
बसबिट्टीमा कुस्ती प्रतियोगिता सम्पन्न, पहिलो हुनेलाई ५ तोला चाँदी
बसबिट्टीमा कुस्ती प्रतियोगिता सम्पन्न, पहिलो हुनेलाई ५ तोला चाँदी
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
किसान संगठनको कार्यसमिति चयन 
किसान संगठनको कार्यसमिति चयन