दैनिक समाचारदाता
राजविराज, २९ असोज ।
सप्तरी हनुमाननगर कंकालिनी नगरपालिकामा भएको दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।
वडा नं. ५ जोगिनायाँ घर भएका ४२ बर्षीय नरेश यादवको चौताराबाट लडेर मंगलबार राति मृत्यु भएको हो ।
यादव अत्याधिक मादक पदार्थ सेवन गरेर सोही ठाउँ स्थित जोगिनिया बाँधमा रहेको रुखको चौतारामा बसिरहेको अवस्थामा अचानक तीन मिटर तल लडी घाईते भएका थिए ।
घाइते भएका उनलाई भारदह अस्पतालमा सप्तरीमा सामान्य उपचार पश्चात थप उपचारका लागी सुनसरीमा लगिएकोमा मंगलबार राती चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर पुरीले जानकारी दिए ।
यस्तै सोही नगरपालिका वडा नं. ३ गितखोरा घर भएका ५५ बर्षीय महिला सबुरी खंगको मृत्यु भएको छ । एकसाता अघि घाँसमा छर्ने बिषादी सेवन गरी सिकिस्त हुनु भएका उनलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार पछि थप उपचारका लागि नोवेल अस्पताल विराटनगर लगिएको थियो ।
आर्थिक अवस्था कमजोर भएकाले त्यहाँ उपचार गराउन नसकि कोशी अस्पताल विराटनगरमा उपचार गराएर घर ल्याइएकोमा मंगलबार राति उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लेखबहादुर विष्टले जानकारी दिए ।
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
सारांश
- वडा नं.
- ५ जोगिनायाँ घर भएका ४२ बर्षीय नरेश यादवको चौताराबाट लडेर मंगलबार राति मृत्यु भएको हो ।
- यादव अत्याधिक मादक पदार्थ सेवन गरेर सोही ठाउँ स्थित जोगिनिया बाँधमा रहेको रुखको चौतारामा बसिरहेको अवस्थामा अचानक तीन मिटर तल लडी घाईते भएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया