राजविराज÷सप्तरीको खडक नगरपालिका वडा नं. ४ अमहामा शनिबार बिहान करेन्ट लागेर एक भाले हात्तीको ज्यान गएको छ ।
हात्ति रोक्न बिच्छयाइएको विद्युतीय तारमा परेर करेन्ट लागि हात्तिको मृत्यु भएको जिल्ला वन कार्यालय सप्तरीले जनाएको छ ।
दैनिकरुपमा हात्ती आउने गरेकाले रातीको समयमा स्थानियले हात्ती धपाउनका लागि बिच्छाएको बिद्युतीय तारमा करेन्ट लागेर भाले हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालय राजविराजका प्रमुख सन्तोष झाले जानकारी दिएका छन् ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने गरेका हात्तीले खडक नगरपालिका तथा आसपासका बस्तीमा पस्ने र उत्पात मच्याउन थालेपछि स्थानियले सुरक्षाका लागि रातीको समयमा विद्युतीय तार विच्याउने गरेको स्थानिय दिनेश चौधरीले जानकारी दिए ।
केही दिनयता कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक आउने हात्तीका कारण सो क्षेत्रका बासिन्दा रातभर जागराम बस्ने गरेका छन् ।
करेन्ट लागेर हात्तीको मृत्यु
सारांश
- कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने गरेका हात्तीले खडक नगरपालिका तथा आसपासका बस्तीमा पस्ने र उत्पात मच्याउन थालेपछि स्थानियले सुरक्षाका लागि रातीको समयमा विद्युतीय तार विच्याउने गरेको स्थानिय दिनेश चौधरीले जानकारी दिए ।
- केही दिनयता कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक आउने हात्तीका कारण सो क्षेत्रका बासिन्दा रातभर जागराम बस्ने गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया