दैनिक समाचारदाता
फत्तेपुर (सप्तरी), २८ चैत ।
स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा सप्तरीको फत्तेपुरस्थित त्रियुगा बहुमुखी सहकारी संस्थाले बुधबार स्वर्ण जयन्ती मनाएको छ ।
सप्तकोसी नगरपालिकाको फत्तेपुरस्थित शहिद स्मृति रंगशालामा आयोजना गरिएको उक्त स्वर्ण जयन्तीमा लोपन्मुख पञ्चेबाजा, किराँत नाच, नेवा, मगर, थारु नाँच–झाँकी प्रस्तुत गरिएको थियो ।
सहकारीका अध्यक्ष चन्देश्वर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले ५० वर्षदेखि आफ्नो गरिमा कायम राख्न सफल भएका त्रियुगा सहकारीको नक्कल गर्न मुलुकका अन्य सहकारी सञ्चालकहरुलाई सुझाव दिईन् ।
झण्डै ४ हजार ४० शेयर सदस्य रहेको त्रियुगा सहकारीले हालसम्म ४४ करोड ५३ लाख ७५ हजार रुपैयाँ ऋण लगानी गरेको छ भने हालसम्म ४५ करोड ९८ लाख २६ हजार बचत गरेको सहकारीका सल्लाहकार समितिका अध्यक्ष खगेन्द्र कार्कीले जानकारी दिए । उक्त सहकारीको ५ करोड ११ लाख ३४ हजार कुल शेयर पुँजी रहेको छ ।
कार्यक्रममा सहकारीका पुर्वअध्यक्षहरु, वृद्ध सेयर सदस्यसहितकालाई सम्मान गरिएको थियो ।
त्रियुगा सहकारीले ५० औं स्थापना दिवसमा मनायो स्वर्ण जयन्ती
सारांश
- सप्तकोसी नगरपालिकाको फत्तेपुरस्थित शहिद स्मृति रंगशालामा आयोजना गरिएको उक्त स्वर्ण जयन्तीमा लोपन्मुख पञ्चेबाजा, किराँत नाच, नेवा, मगर, थारु नाँच–झाँकी प्रस्तुत गरिएको थियो ।
- सहकारीका अध्यक्ष चन्देश्वर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले ५० वर्षदेखि आफ्नो गरिमा कायम राख्न सफल भएका त्रियुगा सहकारीको नक्कल गर्न मुलुकका अन्य सहकारी सञ्चालकहरुलाई सुझाव दिईन् ।
- झण्डै ४ हजार ४० शेयर सदस्य रहेको त्रियुगा सहकारीले हालसम्म ४४ करोड ५३ लाख ७५ हजार रुपैयाँ ऋण लगानी गरेको छ भने हालसम्म ४५ करोड ९८ लाख २६ हजार बचत गरेको सहकारीका सल्लाहकार समितिका अध्यक्ष खगेन्द्र कार्कीले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया