आवश्यक मर्मत एवं संरक्षणको अभावमा  रंगशाला गौचरणमा परिणत

राजविराज राजविराज
|
मंगलबार, जेठ २८, २०७६
|
|
२० पटक हेरिएको
Shares
आवश्यक मर्मत एवं संरक्षणको अभावमा  रंगशाला गौचरणमा परिणत

सारांश

  •     यता स्थानीय स्तरका विभिन्न खेलकुद प्रतियोगिता समेत आयोजना हुदै आएको यस रंगशालामा औद्योगिक मेला र राजनीतिक दलका सभा गर्ने स्थलको रुपमा प्रयोग हुन थालेको छ ।
  •     खेलकुद गतिविधिका लागि बनाइएका रंगशाला जिर्ण तथा अतिक्रमणको चपेटामा परिसक्दा पनि रेखदेख र मर्मत तथा सम्भारतर्फ सम्बन्धीत निकायले कुनै चासो देखाउन सकेको छैन् ।
  • खेलकुद गतिविधि ठप्प भई औद्योगिक मेला, भोजभतेर तथा राजनीतिक दलका सभाका लागि यो रंगशाला अहिले प्रयोग हुन थालेको छ ।

दैनिक समाचारदाता
राजविराज, २८ जेठ । 
    राजविराजस्थित राजरंगशाला आवश्यक मर्मत एवं संरक्षणको अभावमा अहिले गौचरणमा परिणत भएको छ । 
    यता स्थानीय स्तरका विभिन्न खेलकुद प्रतियोगिता समेत आयोजना हुदै आएको यस रंगशालामा औद्योगिक मेला र राजनीतिक दलका सभा गर्ने स्थलको रुपमा प्रयोग हुन थालेको छ ।
    खेलकुद गतिविधिका लागि बनाइएका रंगशाला जिर्ण तथा अतिक्रमणको चपेटामा परिसक्दा पनि रेखदेख र मर्मत तथा सम्भारतर्फ सम्बन्धीत निकायले कुनै चासो देखाउन सकेको छैन् । खेलकुद गतिविधि ठप्प भई औद्योगिक मेला, भोजभतेर तथा राजनीतिक दलका सभाका लागि यो रंगशाला अहिले प्रयोग हुन थालेको छ । 


    रंगशालाको सात हजार दर्शक अटाउने क्षमता भएको प्याराफिट जिर्ण समेत भएको छ । सम्बन्धीत निकायले प्याराफिट नै अतिक्रमण गरि विगत २० वर्षदेखी २ दर्जन परिवार बसेपनि खाली गराउन सकिरहेको छैन् । 
    रंगशालाको स्वामित्व राजविराज नगरपालिकाले २१ वर्ष अघि नै जिल्ला खेलकुद विकास समितिलाई दिदाँ समेत अतिक्रमित स्थानखाली गराउँन समितिले पनि खासै पहल गरेको देखिदैन् ।
    जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमूख दिनेश भुजेलले पटक पटक अतिक्रमित स्थान खाली गर्न प्याराफिट मुनी बस्दै आएकाहरुलाई सूचना पठाएपनि नटेरेको लाचारी सुनाए । 
    उनले अतिक्रमण हटाउँन अन्य निकायबाट पनि सहयोग नपाएको गुनासो पोखे । अत्यन्तै जिर्ण अवस्थामा पुगेको प्याराफिट भत्केर कुनै बेलापनि ठुलो दुर्घटना हुन सक्ने भन्दै पटक पटक बस्ती खाली गराउँन जादाँ “हामी र्दुघटना भए आफै जिम्मेबार हुनेर्छौ” भनेर त्यहाँ बस्नेहरुले जबाव दिने गरेको समितिका उपाध्यक्ष धीरेन्द्र बर्माको भनाइ छ । 
    प्यारापीट जिर्ण र अतिक्रमण हुनु र सोही कारणले विगत १५ वर्षदेखी रंगशालाको खेल मैदानमा कुनै पनि प्रतियोगिता र अभ्यास सम्म हुन सकेको छैन । अहिले खेल मैदान वरिपरि दिशा पिसाब गर्नेहरुको संख्या पनि उत्तिकै बढ्दै गएको छ । 
    बि. स. २०३६ सालमा तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङ्गको पालामा निमार्ण भएको राजरंगशाला पानी निकासको समस्याले वर्षा याममा जलमग्न समेत हुने गरेको छ । २ बिघा ७ कठा ४ धुर जग्गामा फैलिएको राजरंगशालाको लथालिङ्ग अवस्थाप्रति पटक पटक खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषदमा लिखित तथा मौखिक तागेदा गर्दा पनि आश्वासन बाहेक केही नपाइएको स्थानिय खेलाडी तथा खेलप्रेमीको गुनासो छ । 
    लथालिङ्ग अवस्थामा रहेको रंगशालाका कारण खेलकुद गतिविधी ठप्प प्रायः छ । जसकारण नयाँ खेलाडी उत्पादन हुन त परै जाओस् पुराना खेलाडी पनि पलायन हुन थालेको भन्दै खेलाडी तथा खेलपे्रमीले अविलम्ब यसतर्फ सम्बन्धीत निकायले ध्यान दिनुपर्ने माँग गरेका छन् ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्ला बार एकाईमा डोमन साहको प्यानल बिजयी 
जिल्ला बार एकाईमा डोमन साहको प्यानल बिजयी 
नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
पचास वर्षिया दायमनको रहस्यमय हत्या
पचास वर्षिया दायमनको रहस्यमय हत्या
शारिरीकरुपमा अशक्तलाई  घरमै पुगेर नागरिकता प्रदान
शारिरीकरुपमा अशक्तलाई  घरमै पुगेर नागरिकता प्रदान
इटाभट्टाको पर्खाल भत्किदा एक भारतीय मजदुरको  मृत्यु, मृतकको श्रीमतीसहित दुई गम्भिर
इटाभट्टाको पर्खाल भत्किदा एक भारतीय मजदुरको  मृत्यु, मृतकको श्रीमतीसहित दुई गम्भिर
एक सय ४७ छात्रालाई साईकल बितरण
एक सय ४७ छात्रालाई साईकल बितरण
नेपाल–भारत सीमाका ४ सय ७९  सीमास्तम्भ गायव, कतिपय जिर्ण अवस्थामा
नेपाल–भारत सीमाका ४ सय ७९  सीमास्तम्भ गायव, कतिपय जिर्ण अवस्थामा
जनज्योतिको साधारण सभा सम्पन्न, विभिन्न भावी योजना तयार
जनज्योतिको साधारण सभा सम्पन्न, विभिन्न भावी योजना तयार
राजनीतिको निकास र यूवाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न
राजनीतिको निकास र यूवाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न
भाउजुलाई पेट्रोल छर्केर मारेका देवरलाई जन्मकैद
भाउजुलाई पेट्रोल छर्केर मारेका देवरलाई जन्मकैद