दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
सगरमाथा साझा नेपाल यातायात प्रालिको प्रथम साधारण सभाले चयन गरेको कार्य समितीका पदाधिकारीहरुले मंगलबार सपथग्रहण गरेका छन् ।
प्रालिका कानुनी सल्लाहकार अधिवक्ता डोमन साहले एक कार्यक्रमबीच अध्यक्षसहित सम्पूर्ण पदाधिकारीहरुलाई सपथ गराएका हुन् ।
यातायात व्यवसायीको पेशागत हकहित तथा व्यवस्थित ढंगले यातायात संचालनका लागी गठित समितिको अध्यक्षमा शम्भु प्रसाद यादव (लाली) को अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिती चयन भएको थियो ।
गठित समितीको उपाध्यक्षमा हरेराम यादव, सचिव शैलेन्द्र कुमार देव र कोषाध्यक्षमा श्रीलाल शर्मा सर्वसम्मतले चयन भएका छन् । यस्तै सदस्यहरुमा अशोक साह, अशोक यादव, सत्य नारायण महतो छानिएका छन् ।
पहिलो बैठकले सवारी साधानलाई व्यवस्थित ढंगले संचालन तथा यातायात व्यवसायीको हक हितका लागी विभिन्न ३ बुंदे निर्णय गर्नूका साथै कार्य समितीको रिक्त रहेको सदस्य पदमा अर्जून कुमार गौतमलाई मनोनित गरेको सो प्रालिले जनाएको छ ।
समितीका नवनिर्वाचित पदाधिकारीहरुद्वारा सपथ
सारांश
- प्रालिका कानुनी सल्लाहकार अधिवक्ता डोमन साहले एक कार्यक्रमबीच अध्यक्षसहित सम्पूर्ण पदाधिकारीहरुलाई सपथ गराएका हुन् ।
- यातायात व्यवसायीको पेशागत हकहित तथा व्यवस्थित ढंगले यातायात संचालनका लागी गठित समितिको अध्यक्षमा शम्भु प्रसाद यादव (लाली) को अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिती चयन भएको थियो ।
- गठित समितीको उपाध्यक्षमा हरेराम यादव, सचिव शैलेन्द्र कुमार देव र कोषाध्यक्षमा श्रीलाल शर्मा सर्वसम्मतले चयन भएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया