सप्तरीको एउटै पालिकाको दुई वडामा उपनिर्वाचन हुँदै

राजविराज राजविराज
|
सोमबार, कार्तिक २६, २०८१
|
|
१७ पटक हेरिएको
Shares
सप्तरीको एउटै पालिकाको दुई वडामा उपनिर्वाचन हुँदै

सारांश

  •     निर्वाचन हुन लागेको ती दुबै पदमा यस अघी काँग्रेसका क्रमशः प्रितमलाल चौधरी र हरि प्रसाद राय चुनाव जितेका थिए ।
  • चौधरी र राय दुबैको निधन भएका कारण रिक्त हुन गएको पदका लागी उपनिर्वाचन हुन लागेको हो ।
  •       यसअघि दुबै पद काँग्रेसले जितेकाले यसलाई कायम र निरन्तरता दिनु पर्ने काँग्रेसमाथी चर्काे दवाब छ ।

दैनिक समाचारदाता
राजबिराज, २६ कात्तिक ।  

    सप्तरीको एउटै पालिकाको दुई वडामा आउँदो मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । जिल्लाको डाक्नेश्वरी नगरपालिकाको वडा नं. १ र ४ का वडाअध्यक्षको मृत्यु भएपछि उक्त वडामा उपनिर्वाचन हुन गइरहेको छ । 
    निर्वाचन हुन लागेको ती दुबै पदमा यस अघी काँग्रेसका क्रमशः प्रितमलाल चौधरी र हरि प्रसाद राय चुनाव जितेका थिए । चौधरी र राय दुबैको निधन भएका कारण रिक्त हुन गएको पदका लागी उपनिर्वाचन हुन लागेको हो । 
    यसअघि दुबै पद काँग्रेसले जितेकाले यसलाई कायम र निरन्तरता दिनु पर्ने काँग्रेसमाथी चर्काे दवाब छ । अहिले ती दुबै स्थान जित्न काँग्रेसलाई दबाव देखिएको काँग्रेसका नेताहरु बताउँछन । नेपाली काँग्रेस डाक्नेश्वरी नगरपालिका नगर समितिका सभापती नारायण यादवले जितेका दुबै स्थानमा पुनः जित्न र निरन्तरता दिन कम्मर कसेर लागिपरेको बताए ।
    नेपाली काँग्रेसका जिल्ला सभापती रामदेव साहले पहिल्यै जितेका ठाउँ भएकाले आफुहरुका लागी यो उपनिर्वाचन निकै महत्वपूर्ण भएको बताए । 
    मंसिर १६ गते हुने उपनिर्वाचनका लागी निर्वाचन कार्यालयले मंसिर २ गते उम्मेदवारको मनोनयन पत्र दर्ताको कार्यतालिका सार्वजनिक गरेकाले दलहरु अहिले उम्मेदवार छान्न र आ–आफ्नो पक्षमा माहौल बनाउन ब्यस्त भएका छन । 
    नेपाली काँग्रेसले वडा नं १ बाट हालसम्म नाम टुंङ्गो नलागेको र वडा नं ४ बाट जोेगेन्द्र रायलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला सभापती साहले बताएका छन ।     
    यस्तै एमालेले पनि वडा नं. १ बाट नाम टुङ्गो नलगाएको गरस्तथा वडा न ४ बाट संजय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला अध्यक्ष ताराकान्त चौधरीले बताए । लोसपाले भने वडा न १ मा राम अधिन सन्त र वडा न ४ मा अरविन्द कुमार रायलाई उम्मेदवार बनाएको जिल्ला अध्यक्ष सुनिल कुमार झाले जानकारी दिए । जनमत पार्टीले वडा नं ४ बाट उदय नारायण पण्डितलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला इन्र्चाज रामगमन साहले बताए । वडा नं १ मा भने उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहको उनको भनाई छ । नेकपा माओवादी केन्द्रले वडा न १ बाट संतोष पन्त र वडा न ४ बाट विन्दा रामलाई उम्मेदवार बनाएको नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य अशोक कुमार मण्डलले जानकारी दिए । 
    यहाँ नेकपा एकिकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, आम जनता पार्टी (आजपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा.) लगायतलका दलहरुले पनि उम्मेदवारी दिने भन्दै कार्यकर्ताहरुको भावना बुझने र आ–आफनो तर्फबाट वडा अध्यक्षका सम्भावित उम्मेदवारहरुको सम्बन्धमा गन्थनमन्थन गर्ने कामलाई तिव्रता प्रदान गरेका छन । 
    उपनिर्वाचन हुने डाक्नेश्वरी नगरपालिकाको वडा नं. १ मा २ हजार ६ सय ३५ र वडा न ४ मा १ हजार २ सय ८१ मतदाता छन । निर्वाचनका लागी कुल ३ मतदान स्थल र ५ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले जानकारी दिए । मंसिर १६ गते आईतवार विहान ७ बजेदेखी अपराह्न ५ बजे सम्म मतदान हुने जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 
    यता जिल्ला प्रहरी कार्यालय सप्तरीले पनि उपनिर्वाचन भयरहित वातावरण तथा शान्तिपुर्ण ढंगले सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्धबारे तयारी गरिरहेको जनाएको छ । प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडालले उपनिर्वाचनमा सुरक्षा चुनौती, आवश्यक प्रहरी जनशक्ती, मतदान केन्द्र र मतदान स्थललाई विश्लेषण गरेर निर्वाचन सुरक्षा रणनीति बनाउन लागिएको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छिन्नमस्ता सखडा शक्तिपीठमा सन्ध्याकालिन आरती शुभारम्भ
छिन्नमस्ता सखडा शक्तिपीठमा सन्ध्याकालिन आरती शुभारम्भ
अझै फेला परेनन् एक सय ११ जना  बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अझै फेला परेनन् एक सय ११ जना  बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
फोटो पत्रकार महासंघ जिल्ला र प्रदेश २ द्वारा पत्रकारका परिवारमाथी आक्रमण गर्ने व्यक्तिमाथी कारवाहीको माँग
फोटो पत्रकार महासंघ जिल्ला र प्रदेश २ द्वारा पत्रकारका परिवारमाथी आक्रमण गर्ने व्यक्तिमाथी कारवाहीको माँग
मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु 
मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु 
भ्रष्टाचार मुक्त देश  निर्माणका लागि राप्रपालाई एक मौका ः अध्यक्ष लिङ्गदेन
भ्रष्टाचार मुक्त देश  निर्माणका लागि राप्रपालाई एक मौका ः अध्यक्ष लिङ्गदेन
करेन्ट लागेर एक बालकको ज्यान गयो
करेन्ट लागेर एक बालकको ज्यान गयो
राजबिराज जेसिसको साप्ताहिक कार्यक्रम सुरु
राजबिराज जेसिसको साप्ताहिक कार्यक्रम सुरु
गैसस महासंघका बरिष्ठ उपाध्यक्ष देव सम्मानित 
गैसस महासंघका बरिष्ठ उपाध्यक्ष देव सम्मानित 
अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनामा बिरामी मृत्यु
अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनामा बिरामी मृत्यु
नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग