बाढी नियन्त्रणका नाममा वर्षेणी करोडौं रुपैयाँ खर्च तर, सफलता शून्य 

राजविराज राजविराज
|
बिहिबार, जेठ १९, २०७९
|
|
६५ पटक हेरिएको
Shares
बाढी नियन्त्रणका नाममा वर्षेणी करोडौं रुपैयाँ खर्च तर, सफलता शून्य 

सारांश

  •     यस वर्ष विगतको तुलनामा भारि वर्षा हुने र यसले जनधनको बढी क्षति पु¥याउने अनुमान व्यक्त गरिरहेका बेला सो संस्थाले क्षति न्युनिकरणका लागि सचेतनाको प्रयास थालेका हो ।
  •       कार्यक्रममा कोशी पीडित समाजका कार्यकारी निर्देशक देवनारायण यादवले सप्तरीमा बाढीले वर्षेणी ठूलो क्षति हुने गरेको र बाढी नियन्त्रणका नाममा वर्षेणी करोडौं रुँपैया नदी नियन्त्रण र तटबन्ध निर्माणका नाममा खर्च गर्ने गर्दा पनि वर्षायाममा जिल्लाका अधिकांश भू–भाग डुवानमा पर्ने र जनधनको ठूलो क्षति हुने क्रममा नरोकिएको बताएका छन् ।
  •       उनले यसको ठोस समाधान र क्षति न्युनिकरणका लागि विपद् आउनु पूर्व नै सम्बन्धीत सबै निकाय र सरोकारवालालाई “हाई अलर्ट” गराउन पनि कार्यक्रमको आयोजना गरेको बताए ।

दैनिक समाचारदाता
राजविराज, १९ जेठ । 
    कोशी पीडित समाजले “प्रभावकारी रुपमा मनसुन पूर्व सूचना प्रवाहका लागि विगतको अनुभव र आगामी कार्य योजना” विषयमा जिल्लास्थित सूचना प्रदायकहरुबीचको समन्वय बैठक बिहीबार सम्पन्न गरेको छ । 
    यस वर्ष विगतको तुलनामा भारि वर्षा हुने र यसले जनधनको बढी क्षति पु¥याउने अनुमान व्यक्त गरिरहेका बेला सो संस्थाले क्षति न्युनिकरणका लागि सचेतनाको प्रयास थालेका हो । 
    कार्यक्रममा कोशी पीडित समाजका कार्यकारी निर्देशक देवनारायण यादवले सप्तरीमा बाढीले वर्षेणी ठूलो क्षति हुने गरेको र बाढी नियन्त्रणका नाममा वर्षेणी करोडौं रुँपैया नदी नियन्त्रण र तटबन्ध निर्माणका नाममा खर्च गर्ने गर्दा पनि वर्षायाममा जिल्लाका अधिकांश भू–भाग डुवानमा पर्ने र जनधनको ठूलो क्षति हुने क्रममा नरोकिएको बताएका छन् ।  
    उनले यसको ठोस समाधान र क्षति न्युनिकरणका लागि विपद् आउनु पूर्व नै सम्बन्धीत सबै निकाय र सरोकारवालालाई “हाई अलर्ट” गराउन पनि कार्यक्रमको आयोजना गरेको बताए । 
    बाढी आउनु पूर्व चरणबद्ध रुपमा के के गर्नु पर्ने हो ? यसका लागि के के पूर्व तयारी गरिएको छ ? भन्ने बारे रायसुझाव संकलन समेत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाद्वारा संचालित सक्षम परियोजनाका कार्यक्रम संयोजक श्रवण चौधरीले बताए । 
    कार्यक्रमका प्रमुख अतिथि जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी जानर्दन गौतमले वर्षेणी आउने बाढी समस्या समाधानका लागि स्थानिय प्रशासन गम्भिर रहेको बताए । 
    उनले प्रशासनको एक्लैको प्रयासले बाढी नियन्त्रण र क्षति न्युनिकरण सम्भव नरहेकोले यसका लागि स्थानिय सरकार भनिएका स्थानिय तह, गैसस, रेडक्रस, पत्रकार लगायत सबै तह र सचेत नागरिकको सहयोग आवश्यक रहेको प्रस्ट पारे । नदीको बहाव रोक्न नमिल्ने तर्क प्रस्तुत गर्दै तटिय क्षेत्रमा जथाभावी बस्ने गरेका व्यक्तिलाई समयमै अर्को स्थानमा व्यवस्थापन गर्नु पर्ने र यस कार्यमा जनप्रतिनिधि समेतले सघाउनु पर्नेमा उनको जोड थियो । 
    पत्रकार महासंघ सप्तरीका सभापति श्रवण देवले सर्वसाधारणलाई बाढीबाट जोगाउन र क्षति न्युनिकरण गर्न संचारकर्मीले आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका खेल्ने गरेको बताए । प्राकृतिक विपद्को सामना गर्न पूर्व तयारीका लागि सम्बन्धीत निकायलाई घचघचाउनुका साथै विपद्मा परेकाको उद्धार र व्यवस्थापनका लागि संचारकर्मीले आफ्नो श्रोतसाधनले भ्याएसम्म काम गरिरहेको उनको भनाई छ । 
    कार्यक्रममा रेडक्रस शाखा राजविराजका उपसभापति बैजनाथ झा, पत्रकार महासंघका उपाधयक्ष अम्बिका दाहाल, पत्रकार अवधेश झा, सुधा देव, विनय कर्ण, एमाले सप्तरीका सचिव देवनाथ यादव, काँग्रेसका शम्भुलाल देव, तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झा लगायतले पनि बाढी, आगलागि, शितलहरी लगायतका विपद्को सामना गर्न अपनाउनु पर्ने बिधी र गर्नु पर्ने पूर्व तयारी बारे आ–आफ्नो सुझाव दिएका थिए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन 
मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन 
लक्ष्य भन्दा २० प्रतिशत कम मुद्दा फर्छयौट
लक्ष्य भन्दा २० प्रतिशत कम मुद्दा फर्छयौट
स्वास्थ्य मापदण्ड अपनाउँदै १७ मिनेट मै आदर्श अन्तरजातीय विवाह सम्पन्न
स्वास्थ्य मापदण्ड अपनाउँदै १७ मिनेट मै आदर्श अन्तरजातीय विवाह सम्पन्न
अदालतबाट २५ रुँपैया जरिवाना तोकिएका फरार प्रतिवादीसहित पाँच पक्राउ
अदालतबाट २५ रुँपैया जरिवाना तोकिएका फरार प्रतिवादीसहित पाँच पक्राउ
सप्तरीका ११ मतदान केन्द्रलाई टुक्राएर  अर्को मतदान केन्द्र थप्ने सिफारिस, थप नौं हजार १ सय १४ जनाको नाम दर्ता 
सप्तरीका ११ मतदान केन्द्रलाई टुक्राएर  अर्को मतदान केन्द्र थप्ने सिफारिस, थप नौं हजार १ सय १४ जनाको नाम दर्ता 
पार्टीको स्थापना दिवसमा नेकपा एसद्वारा विचार गोष्ठी 
पार्टीको स्थापना दिवसमा नेकपा एसद्वारा विचार गोष्ठी 
हरिण मारेको आरोपमा हतियार तथा  अन्य उपकरणसहित एक पक्राउ
हरिण मारेको आरोपमा हतियार तथा  अन्य उपकरणसहित एक पक्राउ
जिर्ण सडकका कारण ट्रक पल्टियो
जिर्ण सडकका कारण ट्रक पल्टियो
युरिया मलको कालोबजारी गरेको  आरोपमा किराना पसल संचालक पक्राउ  
युरिया मलको कालोबजारी गरेको  आरोपमा किराना पसल संचालक पक्राउ  
महाशिबरात्रीको अवसरमा मुर्ति स्थापनासँगै शिवमन्दिर उद्घाटन
महाशिबरात्रीको अवसरमा मुर्ति स्थापनासँगै शिवमन्दिर उद्घाटन

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?