मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने

राजविराज राजविराज
|
बिहिबार, आश्विन २, २०८२
|
|
२१ पटक हेरिएको
Shares
मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने

सारांश

  •     मोर्चाको केन्द्रीय सचिवालयको बिहीबार बसेको बैठकले उक्त निर्णय गर्दै यस वर्ष पनि संविधान दिवसलाई संघीय लोकतान्त्रिक मोर्चाको तर्फबाट सामुहिक रुपमै कालोपट्टी बाँधी विभिन्न खाले विरोधका कार्यक्रमहरु गरि कालो दिवस मनाउने निर्णय गरेको हो ।
  •       शिवजी यादवको अध्यक्षतामा बसेको बैठकले २०७२ असोज ३ गते संविधान जारी भएको दिन मधेशका सपुतको छातीमा गोली ठोकी जबरजस्ति एकतर्फी रुपमा संविधान लाद्ने काम भएको र आन्दोलनको मर्म र भावना विपरीत अपूर्ण र अधुरो संविधान जारी गरिएकोले संविधानको पुनर्लेखन अथवा परिमार्जन तथा संशोधनको माग राखी संविधानलाई आंशिक रुपमा स्वीकार गरि असोज ३ लाई कालो दिनको रुपमा मनाउने निर्णय भएको जनाइएको छ ।
  •       यस्तै सोही बैठकले जेनजी पुस्ताले २०८२ भाद्र २३ र २४ गते भ्रष्टाचार र कुशासनको विरुद्धमा तथा सामाजिक सञ्जाल प्रतिवन्ध खुलाउन दवाव स्वरुप गरेको आन्दोलनको पक्षमा मोर्चा रहेको स्पष्ट समेत पारेको छ ।

दैनिक समाचारदाता
राजविराज, २ असोज । 

    संघीय लोकतान्त्रिक मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने निर्णय गरेको छ । 
    मोर्चाको केन्द्रीय सचिवालयको बिहीबार बसेको बैठकले उक्त निर्णय गर्दै यस वर्ष पनि संविधान दिवसलाई संघीय लोकतान्त्रिक मोर्चाको तर्फबाट सामुहिक रुपमै कालोपट्टी बाँधी विभिन्न खाले विरोधका कार्यक्रमहरु गरि कालो दिवस मनाउने निर्णय गरेको हो । 
    शिवजी यादवको अध्यक्षतामा बसेको बैठकले २०७२ असोज ३ गते संविधान जारी भएको दिन मधेशका सपुतको छातीमा गोली ठोकी जबरजस्ति एकतर्फी रुपमा संविधान लाद्ने काम भएको र आन्दोलनको मर्म र भावना विपरीत अपूर्ण र अधुरो संविधान जारी गरिएकोले संविधानको पुनर्लेखन अथवा परिमार्जन तथा संशोधनको माग राखी संविधानलाई आंशिक रुपमा स्वीकार गरि असोज ३ लाई कालो दिनको रुपमा मनाउने निर्णय भएको जनाइएको छ । 
    यस्तै सोही बैठकले जेनजी पुस्ताले २०८२ भाद्र २३ र २४ गते भ्रष्टाचार र कुशासनको विरुद्धमा तथा सामाजिक सञ्जाल प्रतिवन्ध खुलाउन दवाव स्वरुप गरेको आन्दोलनको पक्षमा मोर्चा रहेको स्पष्ट समेत पारेको छ । 
    बैठकले जेनजीद्वारा गरिएको आन्दोलनमा अराजक तत्वहरु घुसपैठ गरि विभिन्न राजनीतिक दलको कार्यालय, लोकतन्त्रका प्रमुख आधारहरु राष्ट्रपति भवन, व्यवस्थापिका,  न्यायपालिका, कार्यपालिकाका भवनहरु, सरकारी, सार्वजनिक तथा नीजी भवनहरु, मोर्चाका नेताहरु राजेन्द्र महतो, हृदयेश त्रिपाठी, सर्वेन्द्र नाथ शुक्ला, शरतसिंह भण्डारी, निर्जला राउत, मो. लालबाबु राउतको घर फ्याक्ट्रीमा तोडफोड तथा आगजनी एवं व्यवसायीहरु डा. उपेन्द्र महतो, विनोद चौधरी, वसन्त चौधरी, मिन बहादुर गुरुङ (भाटभटेनी सुपरमार्केट), गोल्यान हाउस, गोल्छा हाउस लगायत आम जनताको घर, पसल, फ्याक्ट्री लगायतमा क्षति पु¥याएकोले दोषीहरुको छानबिन गरि कडा भन्दा कडा कारवाही गर्न र भए गरेका क्षतिहरुको यकिन गरि क्षतिपूर्ति दिन सरकारलाई आग्रह समेत गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जंगली हात्ति धपाउन  चार राउण्ड हवाई फायर 
प्रदेश २ को शिक्षा कार्यदल गठन
प्रदेश २ को शिक्षा कार्यदल गठन
आलागिमा दुई लाख ३ हजार नगदसहित ४१ लाख मुल्य बराबरको क्षति, १८ पालिका मध्ये चार पालिकासँग मात्र बारुणयन्त्र
आलागिमा दुई लाख ३ हजार नगदसहित ४१ लाख मुल्य बराबरको क्षति, १८ पालिका मध्ये चार पालिकासँग मात्र बारुणयन्त्र
ट्रकको ठक्करबाट  मोटरसाइकल चालकको मृत्यु
ट्रकको ठक्करबाट  मोटरसाइकल चालकको मृत्यु
स्व. सिंहको सम्झनामा स्मृतीसभा 
स्व. सिंहको सम्झनामा स्मृतीसभा 
धर्नामा बसेका वडाअध्यक्ष र नगर प्रमुख पक्षबीच झडप,  स्थिती नियन्त्रणमा लिन दर्जनौं सेल आश्रुग्यास प्रहार
धर्नामा बसेका वडाअध्यक्ष र नगर प्रमुख पक्षबीच झडप,  स्थिती नियन्त्रणमा लिन दर्जनौं सेल आश्रुग्यास प्रहार
गाउँपालिकाको तालाबन्दी खोलाउन  सम्बन्धीत पक्षहरुसँग अनुरोध 
गाउँपालिकाको तालाबन्दी खोलाउन  सम्बन्धीत पक्षहरुसँग अनुरोध 
एक सय १३ कार्टुन अबैध मदिरा बरामद
एक सय १३ कार्टुन अबैध मदिरा बरामद
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
फोहोर र प्रदुषण अन्त्य गर्न तथा  वातावरण संरक्षण गर्न माग गर्दै प्रदर्शन
फोहोर र प्रदुषण अन्त्य गर्न तथा  वातावरण संरक्षण गर्न माग गर्दै प्रदर्शन