स्व. सिंहको सम्झनामा स्मृतीसभा 

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, श्रावण १२, २०८३
|
|
१० पटक हेरिएको
Shares
स्व. सिंहको सम्झनामा स्मृतीसभा 

सारांश

  • नेपाल विश्व शान्ति समिति केन्द्रिय कार्यालय काठमाडौंद्वारा आयोजित कार्यक्रममा स्व.
  • सिंहको योगदान बारे चर्चा गर्दै स्मृती सभा आयोजना गरिएको हो ।
  • सो अवसरमा स्व.
दैनिक समाचारदाता
राजविराज, ११ साउन । 
समाजसेवी एवं शान्तिकामी स्व. डा. नागेश्वर प्रसाद सिंहको १६औं स्मृति सभा सोमबार आयोजना गरिएको छ ।
नेपाल विश्व शान्ति समिति केन्द्रिय कार्यालय काठमाडौंद्वारा आयोजित कार्यक्रममा स्व. सिंहको योगदान बारे चर्चा गर्दै स्मृती सभा आयोजना गरिएको हो ।
सो अवसरमा स्व. सिंहको तस्बिरमा माल्यार्पण गर्दै सहभागि वक्ताहरुले जुझारु, निष्ठावान र बहुमुखी प्रतिभाका धनी स्व. सिंहलाई सम्झिदै उनको निधनले जिल्लालाई मात्र नभई मुलुकलाई नै अपूर्णिय क्षति पुगेको बताए ।
नेपाल रेडक्रस सोसाइटी शाखा सप्तरीका सभापति जोगेन्द्र भगतको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नापी विभागका पूर्वमहानिर्देशक रामनरेश सिंहका साथै शिक्षाविद् डा. चिरन्जिविलाल देव, इतिहासविद् एवं प्राध्यापक कमलनारायण दास, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, वरिष्ठ पत्रकार अनिलकुमार अनल, स्व. सिंहका सुपुत्र एवं पूर्वमेयर गोबिन्द सिंह, पूर्व मेयर शैलेश चौधरी, समाजसेवी हितनारायण लाल दास, र्इं. इन्द्रनारायण देव, मधेश प्रदेश कृषि विश्वविद्यालयका रजिष्टार भगवान ठाकुर, उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य अरुण प्रधान, अधिवक्ता सन्तोष चौधरी, लायन्स क्लबका पूर्वगर्भनर शंकर सारदा, प्रिन्सिपल डा. कमानन्द देव  लगायतले श्रद्धाञ्जली अर्पण गर्दै स्व. सिंहको योगदान बारे चर्चा गरे ।
२४ वर्षकै उमेरमा चिकित्सा शास्त्र (एमबिबिएस) अध्ययन पुरा गर्ने सिंह जिल्लाकै पहिलो व्यक्ति थिए । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका पुर्खौली घर भई राजविराज नगरपालिका ३ मा बसोवास गर्दै आएका सिंहको ८५ वर्षको उमेरमा २०६७ साल साउन ११ गते निधन भएको थियो ।
सिंह बि.स. २०१५ सालको प्रथम आमनिर्वाचनमा सप्तरीको तत्कालिन क्षेत्र नं. ३८ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०१७ सालमा डा. तुलसी गिरी नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री भएका थिए । त्यसपछी २०२१ सालसम्म उनले मन्त्रीका रुपमा विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
उनी नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब, विश्व शान्ति समिति, जेसीज लगायत सामाजिक संघ संस्थाका संस्थापक सदस्य समेत थिए ।
सभाका सहभागि वक्ताहरुले सप्तरीबाटै समाजसेवा र राजनीतिमा सक्रिय भएका स्व. सिंहको सामाजिक पक्ष पनि उत्तिकै सबल रहेको चर्चा गर्दै उनले देखाएको बाटोमा हिड्न सके मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुनेमा जोड दिएका थिए ।
सभामा राजविराज नगरपालिकाका पूर्व मेयर समेत रहेका स्व. सिंहका जेठा छोरा गोबिन्द सिंह र परिवारका अन्य सदस्यले गम्छा ओढाएर अतिथिहरुको स्वागत गरेका थिए । कार्यक्रम संचालन पंकज देव तथा अतिथिहरुको स्वागत अरुण तिवारीले गरेका थिए । कार्यक्रममा कवि सतेन्द्रनाथ चौधरीले स्व. सिंहको जिवनी समेटिएको कविता वाचन गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले पार्टी कार्यालय सप्तरीमा बोर्ड लगाइयो
एमाले पार्टी कार्यालय सप्तरीमा बोर्ड लगाइयो
एक दशकपछी मधेशवादी दलका शिर्ष नेताहरु एउटै मञ्चबाट अधिकारका लागि गुन्जिए, “मधेशीसँग कि त लडेर अधिकार लिने कि सकिने दुईवटा विकल्प मात्र छ ।”  
एक दशकपछी मधेशवादी दलका शिर्ष नेताहरु एउटै मञ्चबाट अधिकारका लागि गुन्जिए, “मधेशीसँग कि त लडेर अधिकार लिने कि सकिने दुईवटा विकल्प मात्र छ ।”  
५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई गम्भिर
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई गम्भिर
विभिन्न पार्टी परित्याग गरि एक दर्जन जसपा प्रवेश
विभिन्न पार्टी परित्याग गरि एक दर्जन जसपा प्रवेश
मुलुकमा सरकारबाटै भ्रष्टाचार  भइरहेको छ ः काँग्रेसी केन्द्रिय नेताहरु
मुलुकमा सरकारबाटै भ्रष्टाचार  भइरहेको छ ः काँग्रेसी केन्द्रिय नेताहरु
सप्तरीबाट सुरु भयो “किसानको आली देखी उपभोक्ताको थाली सम्म” अभियान
सप्तरीबाट सुरु भयो “किसानको आली देखी उपभोक्ताको थाली सम्म” अभियान
थप एक जना संक्रमितको मृत्यु
थप एक जना संक्रमितको मृत्यु
अपाङता भएकालाई लत्ताकपडा र भाडाकुडा बितरण
अपाङता भएकालाई लत्ताकपडा र भाडाकुडा बितरण
मालपोतमा चरम लापरवाही, सेवाग्राही हैरान
मालपोतमा चरम लापरवाही, सेवाग्राही हैरान

छुटाउनुभयो कि ?