आगलागिले एक दर्जन भन्दा बढी घर खरानी, लाखौंको क्षति, ९ चैपाया मरे

राजविराज राजविराज
|
आइतबार, फाल्गुन २९, २०७८
|
|
६३ पटक हेरिएको
Shares
आगलागिले एक दर्जन भन्दा बढी घर खरानी, लाखौंको क्षति, ९ चैपाया मरे

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार सो आगलागिमा परि ९ वटा पशुचौपाया समेत जलेर मरेका छन् भने आगलागिबाट २३ लाख ७५ हजारको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
  •       आगोले डम्बर यादव, श्याम यादव, दिनेश यादव, मनोज यादव, कुलदेव यादव, महेश यादव, बृजनारायण यादव, भोला यादव, सत्यनारायण यादव, अमरेन्द्र यादव, उपेन्द्र यादव, धिरज यादवलगायत १३ परिवारको घर जलेको खरानी भएको प्रहरीले जनाएको छ ।
  •       स्थानिय डम्बर यादवको घर अगाडी थुपारेर राखिएको रुखको पातबाट शनिबार मध्यरात २ बजे अचानक सल्केको आगो समयमै नियन्त्रणको उपाय हुन नसक्दा फैलिएर एक दर्जनभन्दा बढी घर नष्ट भएका छन् भने लाखौंको धनमाल जलेको हो ।

दैनिक समाचारदाता
राजविराज, २९ फागुन । 
    सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ स्थित टेंग्रि टोलमा शनिबार मध्यरातमा भएको आगलागिमा एक दर्जन भन्दा बढी घर जलेर खरानी भएको छ ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार सो आगलागिमा परि ९ वटा पशुचौपाया समेत जलेर मरेका छन् भने आगलागिबाट २३ लाख ७५ हजारको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । 
    आगोले डम्बर यादव, श्याम यादव, दिनेश यादव, मनोज यादव, कुलदेव यादव, महेश यादव, बृजनारायण यादव, भोला यादव, सत्यनारायण यादव, अमरेन्द्र यादव, उपेन्द्र यादव, धिरज यादवलगायत १३ परिवारको घर जलेको खरानी भएको प्रहरीले जनाएको छ । 
    स्थानिय डम्बर यादवको घर अगाडी थुपारेर राखिएको रुखको पातबाट शनिबार मध्यरात २ बजे अचानक सल्केको आगो समयमै नियन्त्रणको उपाय हुन नसक्दा फैलिएर एक दर्जनभन्दा बढी घर नष्ट भएका छन् भने लाखौंको धनमाल जलेको हो । आगलागिमा परेका सबै घर फुस र काठबाट बनेका हुन् ।
    गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले आगलागिमा घर, लत्ताकपडा, खाद्यान्न, फर्निचर र ९ वटा पशुचौपाया समेत जलेर मरेको जानकारी दिए । 
    राजविराज, हनुमाननगर र शम्भुनाथ नगरपालिकाको बारुणयन्त्र तथा प्रहरी र स्थानियको सक्रियतामा बिहान ४ बजेतिर आगो नियन्त्रणमा आएको डिएसपी काफ्लेले बताए ।
    यसैबीच मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले अग्निपीडितलाई तत्कालका लागि त्रिपाल र खाद्यान्न उपलब्ध गराएका छन् । काम विशेषले काठमाडौंमा रहेका मन्त्री साहले तत्कालै स्वकीय सचिव राजकुमार यादवमार्फत पीडित परिवारलाई त्रिपाल र खाद्यान्न उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ । 
    त्यस्तै धर्मीहल्फा महिला विकास क्लबका अध्यक्ष ईं सूर्यनारायण यादवले पनि १० थान त्रिपाल र भाडाकुडा लगायतको राहत सामाग्रि बितरण गरेको अग्नीपिडितहरुले जानकारी दिएका छन् । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महसुल नबुझाउँदा भेडियाका पाँच सय  घरधुरीको बिजुलीको लाइन काटियो
महसुल नबुझाउँदा भेडियाका पाँच सय  घरधुरीको बिजुलीको लाइन काटियो
प्रतिष्ठानको निर्माण कार्यलाई तिब्रता दिन माँग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
प्रतिष्ठानको निर्माण कार्यलाई तिब्रता दिन माँग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
संसद विकास कोष योजनाको आयब्यय सार्वजनिक गर्ने पहिलो प्रदेश सांसद बनिन् माला कर्ण
संसद विकास कोष योजनाको आयब्यय सार्वजनिक गर्ने पहिलो प्रदेश सांसद बनिन् माला कर्ण
अज्ञात रोगले मर्न थाले पशुचौपाया 
अज्ञात रोगले मर्न थाले पशुचौपाया 
टिभिएसको ‘अनस्टपेवल फ्रिडम’ अभियान घोषणा
टिभिएसको ‘अनस्टपेवल फ्रिडम’ अभियान घोषणा
विभिन्न ८ बुँदे माग राख्दै राजगढ गाउँपालिकामा धर्ना, धर्नाका कारण कार्यालयको कामकाज प्रभावित
विभिन्न ८ बुँदे माग राख्दै राजगढ गाउँपालिकामा धर्ना, धर्नाका कारण कार्यालयको कामकाज प्रभावित
पाँच सय किलो भन्दा बढी गाजा जलाएर नष्ट
पाँच सय किलो भन्दा बढी गाजा जलाएर नष्ट
हुलाकी सडक खण्डको काम सूचारु गराउन आइतबार बिहानैदेखी सिरहा  रोडमा डोजर चल्ने
हुलाकी सडक खण्डको काम सूचारु गराउन आइतबार बिहानैदेखी सिरहा  रोडमा डोजर चल्ने
मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै