सप्तरीमा ७१ परिक्षार्थीको परिक्षा  रद्द, एक कर्मचारी पनि कारवाहीमा

राजविराज राजविराज
|
आइतबार, चैत्र १८, २०८०
|
|
४२ पटक हेरिएको
Shares
सप्तरीमा ७१ परिक्षार्थीको परिक्षा  रद्द, एक कर्मचारी पनि कारवाहीमा

सारांश

  •     एसइईको अन्तरगत तेश्रो दिन आईतवार अनिवार्य गणित विषयको परिक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै जिल्लाको विभिन्न परिक्षा केन्द्रका गरी ७१ जना परिक्षार्थी निष्कासनमा परेको शिक्षा विकास समन्वय एकाई सप्तरीले जनाएको छ ।
  •       यस्तै परिक्षा मर्यादा विपरीत कार्यमा सघाएको आरोपमा राजविराजस्थित के.
  • अ.

दैनिक समाचारदाता
राजविराज, १८ चैत । 

    सप्तरीमा ७१ जना परिक्षार्थी तथा एक विद्यालय कर्मचारी निष्काशनमा परेका छन् । परिक्षा मर्यादा र आचरसहिता विपरीत मोबाईल लिएर परिक्षा दिई रहेको पाइएपछी उनीहरुको परिक्षा रद्ध गरिएको हो । 
    एसइईको अन्तरगत तेश्रो दिन आईतवार अनिवार्य गणित विषयको परिक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै जिल्लाको विभिन्न परिक्षा केन्द्रका गरी ७१ जना परिक्षार्थी निष्कासनमा परेको शिक्षा विकास समन्वय एकाई सप्तरीले जनाएको छ । 
    यस्तै परिक्षा मर्यादा विपरीत कार्यमा सघाएको आरोपमा राजविराजस्थित के.अ.मा.वि. परिक्षा केन्द्रबाट एक जना कार्यालय सहयोगि समेत कारवाहीमा परेको शिक्षा विकास समन्वय एकाई सप्तरीका प्रमुख विजय कुमार मण्डलले जानकारी दिए । 
    निष्कासनमा पर्नेहरुमा राजविराजस्थित ह्यापील्याण्ड सेकेन्डूी स्कुल परिक्षा केन्द्रबाट सर्वाधिक २८ं जना परिक्षार्थी रहेका छन् । यस्तै राजविराज कै राजदेवी मावि परिक्षा केन्द्रबाट १२, पविमावि परिक्षा केन्द्रबाट १०, केअ मावि परिक्षा केन्द्रबाट ७, नरेन्द्र मेमोरियल जनता मावि परिक्षा केन्द्रबाट ६ तथा विष्णुपुर गाउँपालिकास्थित इटहरी विष्णुरपुर परिक्षा केन्द्रबाट ८ जना परिक्षार्थीको परिक्षा रद्द गरिएको शिक्षा विकास समन्वय एकाई सप्तरीले जनाएको छ ।
    यस पल्ट जिल्लामा सामुदायिक तर्फ ९४ विद्यालय र संस्थागत तर्फ ४८ विद्यालयका गरी कुल ९ हजार ३ सय २३ परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । यो संख्या भने मधेश प्रदेश मै सब भन्दा कम रहेको छ । 
    यस पल्ट मधेश प्रदेशको धनुषामा सर्वाधिक १२ हजार २ सय १४ परीक्षार्थी एसइई परिक्षामा सहभागी भएका छन् । यस्तै सिरहामा १० हजार ९ सय २३, सर्लाहीमा १० हजार ८ सय ९६, पर्सामा १० हजार ६८, रौतहटमा ९ हजार ४ सय ६९, बारामा ९ हजार ४ सय ४४ र महोत्तरीमा ९ हजार ४ सय ३१ परिक्षार्थी रहेको मधेश प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार दिनदेखी मरेको बाछीको ब्यवस्थापन नगर्दा गन्हाउन थालेपछि स्थानियले गरे सडक अवरुद्ध
चार दिनदेखी मरेको बाछीको ब्यवस्थापन नगर्दा गन्हाउन थालेपछि स्थानियले गरे सडक अवरुद्ध
निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा 
निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा 
निर्वाचन आयोगको कार्यक्रममा अधिकांश दलद्वारा बहिष्कार
निर्वाचन आयोगको कार्यक्रममा अधिकांश दलद्वारा बहिष्कार
मनकामना सहकारीका अध्यक्ष चौधरीको निधन
मनकामना सहकारीका अध्यक्ष चौधरीको निधन
वडा अध्यक्ष र सेवाग्राहीबिच कुटाकुट 
वडा अध्यक्ष र सेवाग्राहीबिच कुटाकुट 
स्ववियु निर्वाचन सम्पन्न भएको चार  दिनपछि विवादकै बीच मतगणना 
स्ववियु निर्वाचन सम्पन्न भएको चार  दिनपछि विवादकै बीच मतगणना 
अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
हटियाको जग्गा पुनः अतिक्रमण
हटियाको जग्गा पुनः अतिक्रमण
चोरी भएको बस महोत्तरीमा फेला प¥यो 
चोरी भएको बस महोत्तरीमा फेला प¥यो 
६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता
६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता