विवाह र जन्मदर्ता नबनाएपछि दुई नाबालकसहित पलियाको विचल्ली, घर जग्गा बेचेर श्रीमान् फरार

राजविराज राजविराज
|
मंगलबार, भाद्र १९, २०८०
|
|
३१ पटक हेरिएको
Shares
विवाह र जन्मदर्ता नबनाएपछि दुई नाबालकसहित पलियाको विचल्ली, घर जग्गा बेचेर श्रीमान् फरार

सारांश

  •     यी दुई वटा मागका कारण वर्षौदेखि श्रीमान, सासु र ससुराबाट हिंसा सहन समेत उनी बाध्य भएकी छिन् ।
  • सप्तरीको कंचनरुप नगरपालिका २ महादेवपट्टी माईत भएकी पलियाको ५ वर्ष अघि राजविराज २ निवासी आशिकसँग विवाह भएको थियो ।
  •       दुई नावालक सन्तानसहित न्यायका लागी पहल गरिदिन अधिकारकर्मी र संचारकर्मी गुर्हान मंगलबार राजविराज आइपुगेकी पलियाले विवाह दर्ता र सन्तान जन्मेपछी जन्म दर्ता गराई दिन पटक÷पटक आग्रह गर्दा हिंसामा मात्र होइन, घर निकालामै परेकी बताइन् ।

दैनिक समाचारदाता
राजविराज, १९ भदौ । 

    राजविराज वडा नं. २ राजदेवी चौककी २५ वर्षिया पलिया खातुन दुई नाबालक सन्तानसहित घर निकालामा परेकी छिन् । विवाह भएको पाँच वर्ष बितिसक्दा पनि उनको श्रीमानले विवाह दर्ता र सन्तान जन्मेपछी जन्मदर्ता नबनाएर घर निकाला गरेपछि उनी बिचल्लीमा परेकी हुन् । 
    यी दुई वटा मागका कारण वर्षौदेखि श्रीमान, सासु र ससुराबाट हिंसा सहन समेत उनी बाध्य भएकी छिन् । सप्तरीको कंचनरुप नगरपालिका २ महादेवपट्टी माईत भएकी पलियाको ५ वर्ष अघि राजविराज २ निवासी आशिकसँग विवाह भएको थियो । 
    दुई नावालक सन्तानसहित न्यायका लागी पहल गरिदिन अधिकारकर्मी र संचारकर्मी गुर्हान मंगलबार राजविराज आइपुगेकी पलियाले विवाह दर्ता र सन्तान जन्मेपछी जन्म दर्ता गराई दिन पटक÷पटक आग्रह गर्दा हिंसामा मात्र होइन, घर निकालामै परेकी बताइन् । 
    उनले भनिन, “विवाह भएपछि सुरुका दुई वर्षसम्म श्रीमान आशिक, सासु नाजमिन, ससुरा अकबर र घर परिवारका अन्य सबैले राम्रै ब्यवहार गरे तर, विवाह दर्ता र जन्म दर्ता बनाइदिन श्रीमानलाई ताकेदा गर्दा घर जग्गा नै बेचेर सिरहाको लहानमा गई वसेको र त्यहीबाट फोन गरेर “तलाक” नै दिए ।” अहिले दुबै छोरालाई विद्यालय भर्ना गराउन जन्मदर्ता चाहिनाले आफुसँग नभएकाले विद्यालय भर्ना गराउन समेत नसकिएको उनले सुनाइन् । 
    राजविराजमा भएको सबै घर जग्गा बेचविखन गरेर दुई महिना अघि श्रीमान, सासु र ससुरा सिरहाको लहान बजारमा कपडा सिलाई गर्ने टेलर्स खोलेर वसेका थाहा पाएको पलियाले बताएकी छिन । 
    एक कठ्ठा जग्गामा बनेको दुई तल्ले पक्की घर १ करोड १० लाखमा विक्री गरे पनि २ नाबालक सन्तान र आफ्नो भरण पोषणमा लागी १ रुपैया पनि खर्च नदिएको उनले बताईन । यस बारे प्रहरी प्रशासनमा जानकारी गराउँदा समेत खासै पहल नभएको र खोज तलाश भईरहेको भन्ने जवाफ र आश्वासन मात्र पाउने गरेको उनको गुनासो छ ।
    हाल उनी माइतको शरणमा छिन । पलियाकी आमा हसेमुनले छोरीलाई सधै कुटपिट गरेर घरबाट निकाल्ने गरेपछी समाजमा कयौं पटक न्यायका लागी याचना गर्दा ज्वाई आशिकले विवाह र जन्मदर्ता बनाई दिने कबोल गरेपनि त्यो बाचा पुरा न गरेको सुनाईन । उल्टै छोरीलाई घर निकाला नै गरेपछी आफुहरु अदालतको शरणमा पुगेको उनको भनाई छ । 
    २०७९ साल भाद्र ७ गते सप्तरी जिल्ला अदालतका न्यायाधिश डा.राजेन्द्र कुमार आर्चायको इजलाशले पलियामाथी घरेलु हिंसा भएको ठहर गर्दै अन्तरिम संरक्षणात्मक आदेश जारी गरेको थियो । आदेशमा पीडित महिलालाई शान्त र निर्भय वातावरणमा घरमा वस्न, खान लाउन दिनु तथा दाईजो माग्ने र कुटपिट लगायतका यातना दिने काम नगर्नु भनि उल्लेख थियो । तर आरोपितहरुले गृह प्रवेश गर्न दिएपनि थप दाईजो माग्ने, विवाह र जन्म दर्ता बनाई दिन आलटाल गर्ने तथा यातना दिने क्रम अझ बढाएको पलियाले सुनाईन । 
    विवाहमा ४ लाख दाईजो लिएका आशिक परिवारले पछिल्लो समय माइतबाट थप ३ लाख रुपैया तथा सोफासेट र सुनको औंठी लिएर आउन दवाब र सोही निहुँमा घर निकाला गरिदिएको पीडित पलियाको कथन छ । 
    पलियाको तर्फबाट निःशुल्क कानूनी सहायता तथा बहश पैरवी गर्दै आएकी प्रदेश सभा सदस्य समेत रहेकी अधिवक्ता किरण साहले घरेलु हिंसा मुद्दामा जिल्ला अदालत सप्तरीबाट संरक्षणात्मक आदेश भई गृह प्रवेश समेत गराई सकेकी पलियालाई पुनः यातना दिदै घर निकाला गर्नु घोर अपराध मात्र नभई अदालतको आदेशको अवज्ञा भएको बताएकी छिन् । 
    त्यतिबेला पनि पलियालाई घर प्रवेश गराउन परिवारले अवरोधको प्रयास गरेका थिए, उनले भनिन “तर जनप्रतिनीधी, संचारकर्मी, स्थानीय र प्रहरीको सहयोगमा गृह प्रवेश गराइएको थियो ।”

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यवस्थापन समितिको निर्वाचन नगराएको  भन्दै अनिश्चितकालिन अनसन जारि
व्यवस्थापन समितिको निर्वाचन नगराएको  भन्दै अनिश्चितकालिन अनसन जारि
हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
जिल्ला पञ्चायतका  पूर्वसभापति झाको निधन
जिल्ला पञ्चायतका  पूर्वसभापति झाको निधन
चार दशकपछि सप्तरीमा  महिला प्रमुख पदमा निर्वाचित 
चार दशकपछि सप्तरीमा  महिला प्रमुख पदमा निर्वाचित 
दुई विद्यालयमा सरसफाईका सामग्रीहरु हस्तान्तरण
दुई विद्यालयमा सरसफाईका सामग्रीहरु हस्तान्तरण
नेकपा ओली पक्षधरका अनेरास्ववियु सप्तरी गठन
नेकपा ओली पक्षधरका अनेरास्ववियु सप्तरी गठन
एमाले परित्याग गरेका पूर्वमन्त्री देव नेपाली काँग्रेसमा प्रवेश
एमाले परित्याग गरेका पूर्वमन्त्री देव नेपाली काँग्रेसमा प्रवेश
राजविराज नगरपालिकाका ८० जना बृद्घबृद्घा सम्मानित
राजविराज नगरपालिकाका ८० जना बृद्घबृद्घा सम्मानित
संसद विकास कोष योजनाको आयब्यय सार्वजनिक गर्ने पहिलो प्रदेश सांसद बनिन् माला कर्ण
संसद विकास कोष योजनाको आयब्यय सार्वजनिक गर्ने पहिलो प्रदेश सांसद बनिन् माला कर्ण
पाँच वर्ष अघि नाबालकको हत्यामा  संलग्न फरार सबालक पक्राउ 
पाँच वर्ष अघि नाबालकको हत्यामा  संलग्न फरार सबालक पक्राउ