दैनिक समाचारदाता
राजविराज, ३ मंसिर ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको दुई वटा विद्यालयमा शुक्रबार सरसफाई गरिनुको साथै सरसफाईका सामग्रीहरु हस्तान्तरण गरिएको छ ।
विश्व चर्पी दिवसको अवसरमा शौचालयको महत्व नाराका साथ युनिसेफको सहयोगमा गाउँपालिका र सप्तरी सामुदायिक विकास केन्द्र, नेपाल राजविराजद्वारा पब्लिक माध्यमिक विद्यालय लौनियाँ तिलाठी र उमेश्वर आधारभूत विद्यालय लौनियाँमा सरसफाई गरिएको हो ।
विश्व चर्पी दिवसको अवसरमा दुवै विद्यालयमा गठित बाल क्लबद्वारा विद्यालय हाता तथा चर्पी सरसफाई गरिएको गाउँपालिकाका वास सम्पर्क ब्यक्ति किशोरकुमार झाले जानकारी दिएका छन् ।
सो अवसरमा युनिसेफको सहयोगमा सप्तरी सामुदायिक विकास केन्द्र, नेपाल राजविराजले दुवै विद्यालयलाई बाल्टिन, जग, हार्पिक, ब्रस, प्याडल डस्टबिन, कभर सहितको ठूलो डस्टबिन, झाडु, फोटोकपी पेपर, रजिष्टर, स्टेपलर, पञ्चिङ, बलपेन, डिस्प्ले बोर्ड, टुल बक्स, ¥याकसहितको सामानहरु हस्तान्तरण गरिएको संस्थाका ईन्जिनियर मायानन्द चौधरीले जानकारी दिए ।
यसैबीच युनिसेफका वास अफिसर अन्नपूर्णा मिश्रले हेल्थ डेस्क, विद्यालय तथा स्वास्थ्य चौकीको लागि गाउँपालिकालाई पाँच लिटरको २३ जर्किन स्यानिटाइजर हस्तान्तरण गरे । सरसफाई कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झा, युनिसेफका वास अफिसर अन्नपूर्णा मिश्र, प्रधानाध्यापकद्वय प्रभाष झा र प्रदिप मण्डल, गाउँपालिकाका वास सम्पर्क ब्यक्ति किशोरकुमार झा सहितको सहभागिता रहेको थियो ।
दुई विद्यालयमा सरसफाईका सामग्रीहरु हस्तान्तरण
सारांश
- विश्व चर्पी दिवसको अवसरमा शौचालयको महत्व नाराका साथ युनिसेफको सहयोगमा गाउँपालिका र सप्तरी सामुदायिक विकास केन्द्र, नेपाल राजविराजद्वारा पब्लिक माध्यमिक विद्यालय लौनियाँ तिलाठी र उमेश्वर आधारभूत विद्यालय लौनियाँमा सरसफाई गरिएको हो ।
- विश्व चर्पी दिवसको अवसरमा दुवै विद्यालयमा गठित बाल क्लबद्वारा विद्यालय हाता तथा चर्पी सरसफाई गरिएको गाउँपालिकाका वास सम्पर्क ब्यक्ति किशोरकुमार झाले जानकारी दिएका छन् ।
- सो अवसरमा युनिसेफको सहयोगमा सप्तरी सामुदायिक विकास केन्द्र, नेपाल राजविराजले दुवै विद्यालयलाई बाल्टिन, जग, हार्पिक, ब्रस, प्याडल डस्टबिन, कभर सहितको ठूलो डस्टबिन, झाडु, फोटोकपी पेपर, रजिष्टर, स्टेपलर, पञ्चिङ, बलपेन, डिस्प्ले बोर्ड, टुल बक्स, ¥याकसहितको सामानहरु हस्तान्तरण गरिएको संस्थाका ईन्जिनियर मायानन्द चौधरीले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया