दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा आइतबार सम्पन्न स्ववियु निर्वाचनको मतगणना चार दिनपछि बुधबार दिउँसो ४ बजेदेखी विवादकै बीच सुरु भएको छ ।
मतगणना भइरहेको स्थलमा जसपा निकटको समाजवादी विद्यार्थी युनियन गठबन्धनका प्रतिनिधिहरु उपस्थित रहेपनि पुनः मतदानको माग गर्दै आएका काँग्रेस निकटको नेवि संघ, जनमत पार्टी निकटको विद्यार्थी जनमत संघ, एमाले निकटको अनेरास्ववियु र एकीकृत समाजवादी निकटको अनेरास्ववियुका कुनै पनि प्रतिनिधि सहभागि भएका छैनन् ।
उनीहरु मतगणना बहिष्कार गरि क्याम्पस गेट बाहिरै नाराबाजी गर्दै दिनभरी बसिरहेका छन् । उनीहरु मतदान अधिकृत यादवले एकपक्षलाई मात्र लाभ पुग्ने गरि निर्वाचनको समय तालिका मिलाएको र निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै उक्त निर्वाचन परिणाम कुनै पनि हालतमा स्वीकार्य नहुने बताउँदै आएका छन् ।
बुधबार त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले क्याम्पस प्रशासनलाई एक पत्र पठाई निर्वाचनको मतगणना प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि मतगणना अपरान्ह ४ बजेदेखी सुरु भएको मतदान अधिकृत रामअशिष यादवले जानकारी दिए ।
उक्त पत्रमा त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रिय अनुगमन तथा समन्वय समितिको बैठकले मतगणना प्रक्रिया सुरु गर्न निर्णय गरेको उल्लेख छ ।
स्ववियु निर्वाचनमा काँग्रेस निकट नेवि संघ र जनमत पार्टी निकट विद्यार्थी जनमत संघ एक्ला एक्लै चुनावी मैदानमा छन् भने एमाले निकटको अनेरास्ववियु तथा एकीकृत समाजवादी निकटको अनेरास्ववियु तालमेल गरि प्रतिष्पर्धामा छन् ।
यस्तै जसपा निकटको समाजवादी विद्यार्थी युनियन, लोसपा निकटको लोकतान्त्रिक विद्यार्थी संघ र माओवादी निकटको अखिल क्रान्तिकारी गठबन्धन बनाएर चुनावमा उत्रेका हुन् ।
यसअघि मतदानकै दिन विभिन्न विद्यार्थी संगठनका समर्थकबीच एक आपसपमा कुटपिट हुँदा चार घण्टा मतदान स्थगित गरिएको थियो । त्यसपछि अपरान्ह ४ बजेदेखी पुनः मतदान सूचारु गरिएको थियो । त्यति बेला सम्म मतदान नहुने ठानेर आफ्ना पक्षका अधिकांश मतदाता घर फर्किसकेको भन्दै एक पक्षले सो निर्वाचन बदर गरि पुनः अर्को मितिमा चुनाव गर्नुपर्ने र अर्को पक्षले सोही निर्वाचनलाई मान्यता प्रदान गरि तत्काल मतगणना सुरु गर्नुपर्ने अडान लिएपछि मतगणना कार्य अघि बढ्न सकेको थिएन् ।
सहमतिका लागि प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले पटक पटक विद्यार्थी संगठन र राजनीतिक दलका नेताहरुलाई राखेर सहमतिको प्रयास गरेपनि सफल हुन सकेको थिएन् ।
एक हजार ९ सय १४ मतदाता रहेको स्ववियु निर्वाचनमा ४४ प्रशितशत भन्दा पनि कम ८ सय ३० मत मात्र खसेको र बाँकी मतदातालाई मताधिकारबाट बञ्चित गराइएको विपक्षमा रहेका विद्यार्थी संगठनहरुले दाबी गर्दै बिहीबारदेखी आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।
मतगणना स्थलमा झडप तथा कुनै अप्रिय घटना हुन नदिन बिहानैदेखी डिएसपी नरेशकुमार सिंहको नेतृत्वमा क्याम्पस भित्र र बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । मतगणनाको अन्तिम परिणाम अबेर रातीसम्म आउने अपेक्षा गरिएको छ ।
यसैबीच मतगणनाको पछिल्लो मतपरिणाम अनुसार समाजवादी विद्यार्थी युनियन गठबन्धन अग्रस्थानमा रहेको छ । त्यसलाई एमाले निकट अनेरास्ववियुले पछ्याइरहेको छ ।
स्ववियु निर्वाचन सम्पन्न भएको चार दिनपछि विवादकै बीच मतगणना
सारांश
- मतगणना भइरहेको स्थलमा जसपा निकटको समाजवादी विद्यार्थी युनियन गठबन्धनका प्रतिनिधिहरु उपस्थित रहेपनि पुनः मतदानको माग गर्दै आएका काँग्रेस निकटको नेवि संघ, जनमत पार्टी निकटको विद्यार्थी जनमत संघ, एमाले निकटको अनेरास्ववियु र एकीकृत समाजवादी निकटको अनेरास्ववियुका कुनै पनि प्रतिनिधि सहभागि भएका छैनन् ।
- उनीहरु मतगणना बहिष्कार गरि क्याम्पस गेट बाहिरै नाराबाजी गर्दै दिनभरी बसिरहेका छन् ।
- उनीहरु मतदान अधिकृत यादवले एकपक्षलाई मात्र लाभ पुग्ने गरि निर्वाचनको समय तालिका मिलाएको र निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै उक्त निर्वाचन परिणाम कुनै पनि हालतमा स्वीकार्य नहुने बताउँदै आएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया