बोल्न नसक्ने बिरामीका आफन्त खोज्दै प्रहरी र अस्पताल प्रशासन

राजविराज राजविराज
|
सोमबार, पौष ६, २०७७
|
|
२१ पटक हेरिएको
Shares
बोल्न नसक्ने बिरामीका आफन्त खोज्दै प्रहरी र अस्पताल प्रशासन

सारांश

  •     बोल्न र लेख्न नसक्ने ती २० वर्षिय यूवकको अस्पतालको आकस्मिक कक्षको शैया नं.
  • ९ मा उपचार भइरहेको छ ।
  •       शुक्रबार बिहान पूवपश्चिम राजमार्ग अन्तरगत सप्तरीको विषणपुर खण्डमा घाइते अवस्थामा फेला पारि उपचारका लागि अस्पताल भर्ना गराइएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ६ पुस । 
    राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालस्मा विगत चार दिनदेखी वेवारिसे अवस्थामा रहेका एक यूवकको उपचार भइरहेको छ । 
    बोल्न र लेख्न नसक्ने ती २० वर्षिय यूवकको अस्पतालको आकस्मिक कक्षको शैया नं. ९ मा उपचार भइरहेको छ । 
    शुक्रबार बिहान पूवपश्चिम राजमार्ग अन्तरगत सप्तरीको विषणपुर खण्डमा घाइते अवस्थामा फेला पारि उपचारका लागि अस्पताल भर्ना गराइएको थियो । 
    सप्तरीको राजगढ गाउँपालिका ३ निवासी श्याम यादव मोटरसाइकल चढेर घरतर्फ जाँदै गर्दा गरेको अवस्थामा ती यूवालाई सडकमा घाइते अवस्थामा देखेपछि उद्दार गरि अस्पताल पु¥याएका थिए । 
    ती यूवाको खुट्टामा गहिरो चोट देखिएको छ । उनको मानवीय संवेदनशिलताका कारण अस्पतालका चिकित्सिक र नर्सहरुले निशुल्क उपचार गरिरहेका छन् भने अस्पतालमा सुरक्षाका लागि खटिएका प्रहरी बिटका इन्चार्ज हवल्दार रामशंकर यादवले खानेकुरा र न्यानो लुगाको व्यवस्था गरिदिएका छन् । 
    उनलाई खानाखाजा फलफुल र दुध समेत आफ्नै व्यक्तिगत खर्च गरेर प्रबन्ध मिलाएका प्रहरी हवल्दार यादवले बिरामीको ठेगाना र आफन्त पत्ता लगाउन आफूहरु पहल गरिरहेको र अरुलाई पनि सहयोगका लागि आग्रह गरेका छन् । 
    यता मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले ती बिरामीको निशुल्क उपचारको व्यवस्था मिलाइएको जनाउँदै आफन्त पत्ता लगाई सहयोगका लागि सबैसाग अनुरोध गरेका छन् ।
उनलाई थप उपचारको आवश्यकता रहेपनि आफन्त कोही नहुँदा बाहिर पठाउन नसकिएको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनियमितता भएको भन्दै राजगढ गाउँपालिकामा तालबन्दी,  डाक्नेश्वरी र खेलकुदमा तालाबन्दी कायमै
अनियमितता भएको भन्दै राजगढ गाउँपालिकामा तालबन्दी,  डाक्नेश्वरी र खेलकुदमा तालाबन्दी कायमै
लागूऔषध नियन्त्रणका लागि कडा निगरानी ः प्रहरी उपरीक्षक प्रसाई
सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु 
सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु 
रिहाईको माग गर्दै जनमत  पार्टीद्वारा सिटी जुलुस
रिहाईको माग गर्दै जनमत  पार्टीद्वारा सिटी जुलुस
मधेस प्रदेशका तत्कालीन अर्थमन्त्रीसहित सात जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर
मधेस प्रदेशका तत्कालीन अर्थमन्त्रीसहित सात जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर
जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न
जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न
मोटरसाइकल र साइकल ठोकिदा  साइकल चालकको मृत्यु
मोटरसाइकल र साइकल ठोकिदा  साइकल चालकको मृत्यु
खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा  निर्माण तथा मर्मत गरि हस्तान्तरण
खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा  निर्माण तथा मर्मत गरि हस्तान्तरण
रामदेव साह र उनका परिवारबाट पीडितहरुद्वारा प्रर्दशन र धर्ना, साहकी श्रीमती र छोरा धरौटीमा रिहा
रामदेव साह र उनका परिवारबाट पीडितहरुद्वारा प्रर्दशन र धर्ना, साहकी श्रीमती र छोरा धरौटीमा रिहा
सरकारकै एकपक्षिय र पुरानो मानसिकताका कारण  प्राप्त उपलब्धीमाथी ग्रहदशा ः राजेन्द्र महतो
सरकारकै एकपक्षिय र पुरानो मानसिकताका कारण  प्राप्त उपलब्धीमाथी ग्रहदशा ः राजेन्द्र महतो