जनसंख्याका आधारमा दलितलाई प्रतिनिधित्व गराउनु पर्नेमा जोड

राजविराज राजविराज
|
आइतबार, फाल्गुन २९, २०७८
|
|
३५ पटक हेरिएको
Shares
जनसंख्याका आधारमा दलितलाई प्रतिनिधित्व गराउनु पर्नेमा जोड

सारांश

  •     दलित सरोकार मंच नेपालद्वारा आइतबार समुदायको समानुपातिक प्रतिनिधित्वका लागि राजनीतिक दलसँग जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रममा सहभागिाहरुले सो कुरामा जोड दिएका हुन् ।
  •       कार्यक्रममा डा.
  • बिजय कुमार मिश्रले जनसंख्याका आधारमा दलितलाई राजनीतिमा प्रतिनिधित्व गराउनुपर्ने बताउँदै मुलुक मै सप्तरी जिल्लामा सबै भन्दा बढी जनसंख्या दलितकै रहेकाले सोही आधारमा प्रतिनिधित्व गराउनुपर्ने बताए ।

दैनिक समाचारदाता
राजविराज, २९ फागुन । 
    राजनीतिक दलले जनसंख्याका आधारमा दलितलाई प्रतिनिधित्व गराउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन । 
    दलित सरोकार मंच नेपालद्वारा आइतबार समुदायको समानुपातिक प्रतिनिधित्वका लागि राजनीतिक दलसँग जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रममा सहभागिाहरुले सो कुरामा जोड दिएका हुन् । 
    कार्यक्रममा डा. बिजय कुमार मिश्रले जनसंख्याका आधारमा दलितलाई राजनीतिमा प्रतिनिधित्व गराउनुपर्ने बताउँदै मुलुक मै सप्तरी जिल्लामा सबै भन्दा बढी जनसंख्या दलितकै रहेकाले सोही आधारमा प्रतिनिधित्व गराउनुपर्ने बताए । 
    दलित सरोकार मंच कंचनरूपका कार्यकारी निर्देशक भोला पासवानले सप्तरीको १८ वटा स्थानिय तह मध्ये ६ वटा स्थानिय तहमा २७ प्रतिशत भन्दा बढी जनसंख्या रहेकोले पालिकामा अध्यक्ष वा नगर प्रमुखको पद दिनुपर्ने धारणा राखे । राज्यद्वारा संबैधानिक ब्यबस्था अनुसार एक जना दलितलाई राजनीतिक प्रतिनिधित्व गर्ने ब्यबस्था गरेपनि जनसंख्या आधारमा सहभागिता नभएकोमा उनले गुनासो पोखे । 
    उनले अब २५ प्रतिशत भन्दा बढी जनसंख्या भएको ठाउमा चक्रिय प्रणाली अनुसार प्रतिनिधित्व आरक्षण साझा धारण बनाएर जनसंख्या भएका स्थानिय तहमा जनप्रतिनिधित्व गराउन एकजुट भएर अगाडि बढनुपर्ने सुझाव समेत दिए । 
    लोसपा सप्तरी बरिष्ठ उपाध्यक्ष बौवालाल शर्माले छिन्नमस्ता गाउपालिकामा ६० प्रतिशत दलित रहेपनि महिला र दलितको सहभागिता शुन्य बराबरको रहेको बताए । 
    त्यस्तै नेपाली काँग्रेसका नेता कमल परियारले पार्टीले दलितलाई स्थान दिईरहेको बताउदै दलितबाट पनि अध्यक्ष वा मेयर पदमा अवसर दिनुपर्नेमा जोड दिए ।
    सो अवसरमा नेकपा एमाले सप्तरीका डिक बहादुर बिश्वकर्मा, नेकपा माओवादीका प्रथमलाल राम लगायतले पार्टीले दलितलाई जनसंख्या आधारमा प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिए । कार्यक्रममा विभिन्न पार्टीका अगुवा दलित नेताहरू तथा संचारकर्मिहरूको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पक्राउ परेका सांसद साहको रिहाईको माग गर्दै प्रदर्शन, रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी
पक्राउ परेका सांसद साहको रिहाईको माग गर्दै प्रदर्शन, रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी
सप्तरीका सुनिता र अनवर भारतमा सम्मानित
सप्तरीका सुनिता र अनवर भारतमा सम्मानित
वन अतिक्रमित क्षेत्र खाली गराउन र डढेलो नियन्त्रणका लागि चार बुँदे निर्णय
वन अतिक्रमित क्षेत्र खाली गराउन र डढेलो नियन्त्रणका लागि चार बुँदे निर्णय
जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी  गरेको आरोपमा एक वृद्ध पक्राउ
जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी  गरेको आरोपमा एक वृद्ध पक्राउ
कानुन व्यवसायीलाई सम्मान गर्ने उद्देश्यले बाबुआमाको सम्झनामा पूर्वक्याम्पस प्रमुख पोखरेलद्वारा अक्षयकोष स्थापना
कानुन व्यवसायीलाई सम्मान गर्ने उद्देश्यले बाबुआमाको सम्झनामा पूर्वक्याम्पस प्रमुख पोखरेलद्वारा अक्षयकोष स्थापना
शहीद गंगालाल राष्ट्रिय हुदयकेन्द्रको शाखा जनकपुरमा 
शहीद गंगालाल राष्ट्रिय हुदयकेन्द्रको शाखा जनकपुरमा 
अन्तर बिद्यालय क्रिकेट प्रतियोगितामा प्रिमियर बिजयी
अन्तर बिद्यालय क्रिकेट प्रतियोगितामा प्रिमियर बिजयी
तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
मिटर ब्याजको चपेटमा क्षेत्री दम्पत्ति
मिटर ब्याजको चपेटमा क्षेत्री दम्पत्ति
अन्तरबिधालय क्रिकेटको उपाधी पिसल्यान्डले हात पा¥यो 
अन्तरबिधालय क्रिकेटको उपाधी पिसल्यान्डले हात पा¥यो