दैनिक समाचारदाता
राजविराज, ७ पुस ।
सप्तरी जिल्ला अदालत बार एकाईले आइतबार ६९ औं बार दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ । एकाईले अदालत परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा तीन महिलासहित २५ जना कानुन व्यवसायीले रक्तदान गरेको सप्तरी जिल्ला बार एशोसिएशनका अध्यक्ष कामेश्वर प्रसाद यादवले जानकारी दिएका छन् । रक्त संकलन कार्यमा नेपाल रेडक्रस सोसाइटी शाखा सप्तरीद्वारा संचालित रक्तसंचार सेवा केन्द्रका प्राविधिकहरुले सहयोग गरेको उनले जानकारी दिए ।
रगतको अभावले कुनै पनि बिरामीले अनाहकमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको अधिवक्ता डोमन साहको भनाई छ । अहिले रक्तसंचार सेवा केन्द्रमा रगतको अभाव रहेकाले रक्तदान कार्यक्रमले बिरामीलाइ राहत पु¥याउने केन्द्रका इन्चार्ज नवीन झाको भनाई छ ।
बार दिवसमा दुई दर्जन कानुन व्यवसायीद्वारा रक्तदान
सारांश
- कार्यक्रममा तीन महिलासहित २५ जना कानुन व्यवसायीले रक्तदान गरेको सप्तरी जिल्ला बार एशोसिएशनका अध्यक्ष कामेश्वर प्रसाद यादवले जानकारी दिएका छन् ।
- रक्त संकलन कार्यमा नेपाल रेडक्रस सोसाइटी शाखा सप्तरीद्वारा संचालित रक्तसंचार सेवा केन्द्रका प्राविधिकहरुले सहयोग गरेको उनले जानकारी दिए ।
- रगतको अभावले कुनै पनि बिरामीले अनाहकमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको अधिवक्ता डोमन साहको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया