साहित्य, कला, संस्कृती र भाषाको संरक्षणका लागि काम गर्ने साझा प्रतिबद्धता

राजविराज राजविराज
|
शनिबार, चैत्र ७, २०७७
|
|
२९ पटक हेरिएको
Shares
साहित्य, कला, संस्कृती र भाषाको संरक्षणका लागि काम गर्ने साझा प्रतिबद्धता

सारांश

  •     संघका अध्यक्ष उपेन्द्र झाको अध्यक्षता तथा प्रेस काउन्सीलका पूर्व सदस्य एवं साहित्यकार अनिलकुमार अनलको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रममा संघका उपाध्यक्ष सन्तोष चौधरी, महासचिव अजयकुमार झा, मैथिलि साहित्य परिषद्की प्रतिमा देव, आदिवासी जनजाती पत्रकार महासंघककी प्रियासिंह थारु, पत्रकार माला कर्ण लगायतले मध्यदेश भित्रको भाषा, संस्कृति, कला र साहित्य ओझेलमा पर्न थालेकोप्रति चिन्ता व्यक्त गर्दै यसको संरक्षण र सम्वद्र्धन तथा प्रचारप्रसारका लागि मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।
  •  

    राजविराज/मध्यदेशीय साहित्य संघले कला, साहित्य, भाषिक र सांस्कृतिक गतिविधीलाई तिब्रता प्रदान गर्न साहित्यिक कार्यक्रमको आयोजना गरि सरोकारवालासित सुझाव लिएको छ । 
    राजविराजमा शनिबार एक कार्यक्रमको आयोजना गरि संघले सरोकारवालासित सुझाव लिँदै आगामी दिनमा साहित्यिक गतिबिधीलाई तिब्रता प्रदान गर्ने निर्णय समेत गरेको छ । 
    मध्यदेशीय भाषा, साहित्य, कला र साँस्कृतिक गतिबिधी सुस्ताउनुका साथै लोप हुने अवस्थामा पुगेको भन्दै सहभागि बक्ताहरुले यसको संरक्षण, सम्वद्र्धनका लागि प्रचार प्रसार तथा अन्य गतिबिधीलाई गति प्रदान गर्नुपर्नेमा जोड दिएका छन् । यसका लागि आ–आफ्नो ठाउँबाट सहयोग गर्ने कार्यक्रमका सहभागिहरुले सामूहिक प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 
    संघका अध्यक्ष उपेन्द्र झाको अध्यक्षता तथा प्रेस काउन्सीलका पूर्व सदस्य एवं साहित्यकार अनिलकुमार अनलको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रममा संघका उपाध्यक्ष सन्तोष चौधरी, महासचिव अजयकुमार झा, मैथिलि साहित्य परिषद्की प्रतिमा देव, आदिवासी जनजाती पत्रकार महासंघककी प्रियासिंह थारु, पत्रकार माला कर्ण लगायतले मध्यदेश भित्रको भाषा, संस्कृति, कला र साहित्य ओझेलमा पर्न थालेकोप्रति चिन्ता व्यक्त गर्दै यसको संरक्षण र सम्वद्र्धन तथा प्रचारप्रसारका लागि मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?