प्रदेश सरकारद्वारा तीन दलित  विद्यार्थीलाई आर्थिक सहयोग प्रदान

राजविराज राजविराज
|
मंगलबार, मंसिर २५, २०७५
|
|
२५ पटक हेरिएको
Shares
प्रदेश सरकारद्वारा तीन दलित  विद्यार्थीलाई आर्थिक सहयोग प्रदान

सारांश

  •     आर्थिक समस्यामा परेका एमबीबीएस अध्ययनरत ती दलित विद्यार्थीहरुलाई प्रदेश सरकारले आर्थिक सहयोग गरेको हो ।
  •       मुख्यमन्त्री लालबाबु राउतले मंगलबार तीनै जना विद्यार्थीलाई साढे तीन लाखको दरले चेक हस्तान्तरण गरेका छन् ।
  •       प्रदेश सरकारको आर्थिक सहयोग पाउनेमा छिन्नमस्ता गाउँपालिका २ का दिनेश मरिक डोम, सर्लाही ईश्वरपुर नगरपालिका १ का रुकेशकुमार राम र प्रमोदकुमार राम रहेका छन् ।

दैनिक समाचारदाता
जनकपुर, २५ मंसिर ।
    तीन दलित विद्यार्थीलाई प्रदेश नं २ सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
    आर्थिक समस्यामा परेका एमबीबीएस अध्ययनरत ती दलित विद्यार्थीहरुलाई प्रदेश सरकारले आर्थिक सहयोग गरेको हो । 
    मुख्यमन्त्री लालबाबु राउतले मंगलबार तीनै जना विद्यार्थीलाई साढे तीन लाखको दरले चेक हस्तान्तरण गरेका छन् । 
    प्रदेश सरकारको आर्थिक सहयोग पाउनेमा छिन्नमस्ता गाउँपालिका २ का दिनेश मरिक डोम, सर्लाही ईश्वरपुर नगरपालिका १ का रुकेशकुमार राम र प्रमोदकुमार राम रहेका छन् । दिनेश मरिक डोम समुदायबाट एमबीबीस पढ्ने पहिलो व्यक्ति हुन् भने रुकेशकुमार राम र प्रमोदकुमार राम दाजुभाइ हुन ।
    छात्रवृत्तिमा नाम निकाली नेशनल मेडिकल कलेज वीरगञ्जमा अध्ययनरत तीनै जना विद्यार्थीलाई खान र बस्न समस्या भएपछि प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।
    यसैबीच उपचार खर्चको आभावमा अपाङ्ग भएका महोत्तरी पिपराका शम्भु मिश्रलाई प्रदेश सरकारले उपचारका लागि रु ५० हजार उपलब्ध गराएको छ
    सो अवसरमा सामाजिक विकासमन्त्री नवलकिशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मुख्यमन्त्री कार्यालयका सचिव हरि फँुयालसहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?