प्रजातन्त्र दिवस मनाउन बोलाईएको छलफल बैठकमा ९ जनाको मात्र उपस्थिति

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन २, २०८१
|
|
६८ पटक हेरिएको
Shares
प्रजातन्त्र दिवस मनाउन बोलाईएको छलफल बैठकमा ९ जनाको मात्र उपस्थिति

सारांश

  •     नयाँ संविधान आएपछि प्रत्येक बर्ष विभिन्न कार्यक्रम गरि मनाईदै आईएको छ ।
  • तर, यसबर्ष भने प्रजातन्त्र दिवसको तयारी बैठकमा शुक्रबार मात्र ९ जनाको झिनो उपस्थिति देखियो ।
  •     प्रजातन्त्र दिवस मनाउने तयारीका लािग जिल्ला समन्वय समिति सप्तरीको सभाकक्षमा बोलाईएको  छलफल बैठकमा १८ वटा पालिका मध्ये दुई वटा पालिकाका अध्यक्ष तथा एक राजनीतिक दलका प्रतिनिधि गरी कूल ९ जनाको मात्रै उपस्थिति भयो ।

दैनिक समाचारदाता
राजविराज, ०२ फागुन ।    
    २००७ सालमा फागुन ७ गते प्रजातन्त्रको घोषणापछि प्रत्येक बर्ष नेपालमा प्रजातन्त्र दिवस मनाईदै आईएको छ । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधान २०७२ साल असोज ३ मा जारि भएपछि अझै यसको महत्व बढ्दै गएको हो ।
    नयाँ संविधान आएपछि प्रत्येक बर्ष विभिन्न कार्यक्रम गरि मनाईदै आईएको छ । तर, यसबर्ष भने प्रजातन्त्र दिवसको तयारी बैठकमा शुक्रबार मात्र ९ जनाको झिनो उपस्थिति देखियो ।
    प्रजातन्त्र दिवस मनाउने तयारीका लािग जिल्ला समन्वय समिति सप्तरीको सभाकक्षमा बोलाईएको  छलफल बैठकमा १८ वटा पालिका मध्ये दुई वटा पालिकाका अध्यक्ष तथा एक राजनीतिक दलका प्रतिनिधि गरी कूल ९ जनाको मात्रै उपस्थिति भयो । 
    तीन दिन सम्म हर्षौउल्लासका साथ प्रजातन्त्र दिवस मनाउने उद्देश्य राखेर बोलाईएको छलफल बैठकमा सहभागी हुन जिल्ला समन्वय समितिले दुई दिन अघि नै सबै सरोकारबालालाई पत्राचार गर्दै फोन मार्फत समेत सहभागि हुन अनुरोध गरेको थियो । तर, बैठकमा रुपनी गाउँपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिका बाहेक अन्य कुनै पनि पालिकाका जनप्रतिनिधि नआएपछि निराश देखिएका जिल्ला समन्वय समितिका प्रमुख शिवनाराण साहले जानकारी दिए । 
    उनका अनुसार राजनीतिक दलका तर्फबाट नेकपा एमालेका सचिव देवनाथ यादव बाहेक अन्य कुनै दलबाट प्रतिनिधि आएनन् । 
    बैठकमा जिल्ला समन्वय समितिका प्रमुख साह, उपप्रमुख शम्भु यादव, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, अग्निसाइर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी, नेकपा एमालेका सचिव देवनाथ यादव, जिल्ला समन्वय अधिकारी कुन्दन कर्ण र विष्णुपुर गाउँपालिकाका अधिकृत गंगाराम साह गरि ९ जनाको मात्रै सहभागिता थियो ।
    प्रजातन्त्रका लागि लडेका राजनीतिक दल तथा जनप्रतिनिधि नै प्रजातन्त्र दिवस मनाउने जस्तो महत्वपूर्ण छलफलमा उपस्थित नहुनु आश्चर्यको विषय भएको प्रमुख जिल्ला अधिकारी दहालले बताए । 
    जिल्ला समन्वय समितका प्रमुख साहले लोकतन्त्रका लागि पटक पटक लडेका राजनीतिक दलहरुको प्रजातन्त्र दिवस जस्तो गहन विषयमा उदासिन रहनु उदेक लाग्दो रहेको बताए ।
    जिल्ला समन्वय अधिकारी कुन्दन कर्णले प्रजातन्त्र दिवस औपचारिक सरकारी कार्यक्रम मात्र नभएर आम जनताको उत्सव भएको बताउँदै यस्तो उत्सव मनाउन तयारीका लागि बोलाईएको छलफल र बैठकमा सहभागिता अत्यन्त न्यून हुनु दुखद र चिन्ताको विषय भएको बताए ।
    एक घण्टाको पर्खाइ पछि पनि आमन्त्रित व्यक्तित्वहरुको सहभागिता हुने अवस्था नदेखिए पछि उपस्थित मध्येबाटै छलफल गरि तीन दिवसिय कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाउने निर्णय गरिएको जिल्ला समन्वय समिति सप्तरीले जनाएको छ ।
    फागुन ६ गते नगरका धार्मिक तथा सार्वजनिक स्थलहरुको सरसफाई, फागुन ७ गते प्रभातफेरी, प्रवचन र घरघरमा दीपावली तथा फागुन ८ गते रक्तदान, फरक क्षमता भएका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण र साँझ दीपावली गर्ने कार्यक्रम तय गरिएको जिल्ला समन्वय अधिकारी कर्णले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चको आदेशमा सप्तरी जिल्ला अदालतबाट चन्द समूहकी नेतृ उमा भुजेल र सुमन सिंह रिहा
सर्वोच्चको आदेशमा सप्तरी जिल्ला अदालतबाट चन्द समूहकी नेतृ उमा भुजेल र सुमन सिंह रिहा
मनकामना सहकारीका अध्यक्ष चौधरीको निधन
मनकामना सहकारीका अध्यक्ष चौधरीको निधन
सप्तरीमा नतिजा आएको पाँच मध्ये काँग्रेस र एमाले  दुई÷दुई तथा जनमत एक पालिकामा निर्वाचित,  पाँच वटै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित
सप्तरीमा नतिजा आएको पाँच मध्ये काँग्रेस र एमाले  दुई÷दुई तथा जनमत एक पालिकामा निर्वाचित,  पाँच वटै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित
मठमन्दिरमा तोडफोड तथा पुजारीमाथी दुव्र्यबहार बढेको भन्दै हिन्दुवादी संगठनद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
मठमन्दिरमा तोडफोड तथा पुजारीमाथी दुव्र्यबहार बढेको भन्दै हिन्दुवादी संगठनद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
आन्दोलनरत कर्मचारीले कलम बुझाएको २० मिनेट मै फिर्ता लिई काममा फर्के 
वैदेशिक रोजगारलाई सुरक्षित बनाउन जनप्रतिनीधिको सामाजिक दायित्व हो ः प्रमुख साह
सप्तरीमा थप एक डेंगुका बिरामी भेटिए, सप्तरीमा सात जनामा डेंगु रोगको संक्रमण भेटिए ः महाशाखा
सप्तरीमा थप एक डेंगुका बिरामी भेटिए, सप्तरीमा सात जनामा डेंगु रोगको संक्रमण भेटिए ः महाशाखा
ब्राउन सुगरसहित दुई पक्राउ
ब्राउन सुगरसहित दुई पक्राउ
सन्दर्भ : अन्तर्राष्ट्रिय नारी दिवस, पश्चिमी मान्यता खण्डित गर्न नारीवादी विचारको प्रादुर्भाव
सन्दर्भ : अन्तर्राष्ट्रिय नारी दिवस, पश्चिमी मान्यता खण्डित गर्न नारीवादी विचारको प्रादुर्भाव
पत्रकार महासंघद्वारा प्रेस स्वतन्त्रता विरोधी घटनाको छानबिन गरी दोषीउपर कानुनी कारबाहीको माग
पत्रकार महासंघद्वारा प्रेस स्वतन्त्रता विरोधी घटनाको छानबिन गरी दोषीउपर कानुनी कारबाहीको माग

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी