मनकामना सहकारीका अध्यक्ष चौधरीको निधन

राजविराज राजविराज
|
आइतबार, आषाढ ९, २०८१
|
|
४१ पटक हेरिएको
Shares
मनकामना सहकारीका अध्यक्ष चौधरीको निधन

सारांश

  •     हृदयघात भएपछि उपचारका लागि बिराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएका ५६ वर्षिय चौधरीको उपचारकै क्रममा आइतबार बिहान निधन भएको हो ।
  •       उनकोे पार्थिव शरीरमा सहकारी अभियान्ता विश्वनाथ मण्डल, राष्ट्रिय सहकारी बैंक राजविराज शाखाका संचालक गणेश आश लगायतले सहकारीको झण्डा ओढाएर लस्श्रद्धाञ्जली अर्पण गरेका थिए ।
  •       फत्तेपुरस्थित आशा डिजिटल स्टुडियो एण्ड कलर ल्याबका प्रोप्राइटर समेत रहेका चौधरी सप्तरी फोटोग्राफर परिवार संघका सदस्य समेत हुन् ।

दैनिक समाचारदाता
राजविराज, ९ असार । 

    सप्तरीको सप्तकोशी नगरपालिकास्थित मनकामना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक चौधरीको आइतबार बिहान निधन भएको छ । 
    हृदयघात भएपछि उपचारका लागि बिराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएका ५६ वर्षिय चौधरीको उपचारकै क्रममा आइतबार बिहान निधन भएको हो । 
    उनकोे पार्थिव शरीरमा सहकारी अभियान्ता विश्वनाथ मण्डल, राष्ट्रिय सहकारी बैंक राजविराज शाखाका संचालक गणेश आश लगायतले सहकारीको झण्डा ओढाएर लस्श्रद्धाञ्जली अर्पण गरेका थिए । 
    फत्तेपुरस्थित आशा डिजिटल स्टुडियो एण्ड कलर ल्याबका प्रोप्राइटर समेत रहेका चौधरी सप्तरी फोटोग्राफर परिवार संघका सदस्य समेत हुन् । उनको निधनले संघलाई अपुरणीय क्षति भएको सप्तरी फोटोग्राफर संघका जिल्ला अध्यक्ष रमेश कुमार राउतले बताएका छन् । 
    उनले चौधरीको शोकमा सोमबार सप्तकोशी नगरपालिका भित्रका सम्पूर्ण फोटो स्टुडियो दिनभर र जिल्लाभरिका बाँकी फोटो स्टुडियोहरु मध्यान्ह १२ बजेसम्म बन्द रहने जानकारी दिए ।
    नेपाली कांग्रेससँग आवद्ध सप्तकोशी नगरपालिका वडा नं. २ निवासी चौधरी सामुदायिक वन महासंघका जिल्ला अध्यक्ष समेत थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?