दैनिक समाचारदाता
राजविराज, ५ पुस ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले युनिसेफको सहयोगमा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र (डिईओसी) सप्तरीलाई आवश्यक उपकरण सहयोग प्रदान गरेको छ ।
जिल्ला विपद् ब्यवस्थापन समितिको बैठकमा गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले समितिका संयोजक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई सामग्रीहरु हस्तान्तरण गरे ।
युनिसेफको सहयोगमा सञ्चालित बाल केन्द्रीत विपद् जोखिम न्युनीकरण कार्यक्रम अन्तर्गत जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र सबलीकरण क्रियाकलाप अन्तर्गत उपकरण तथा अन्य सामग्रीहरु प्रदान गरिएको हो ।
डिईओसीको काम कारबाहीलाई प्रभावकारी बनाउन एक सेट कम्प्युटर, प्रिन्टर, ब्याट्री, कुर्सी २ थान, एक थान खाट, टेलीफोन सेट, एक बर्षको इन्टरनेट शुल्कतथा टेलीफोन महसुल बुझाइएको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् जोखिम न्युनीकरण अधिकृत राजेश कुमार झाले जानकारी दिए । यसअघि डिईओसीको भवन समेत सोही क्रियाकलाप अन्तर्गत मर्मत सम्भार गरिएको थियो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सहयोग सामग्रीले डिईओसीको काम कारबाहीलाई चुस्तबनाउन सहयोग पुग्ने बताए ।
जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रलाई आवश्यक उपकरण प्रदान
सारांश
- जिल्ला विपद् ब्यवस्थापन समितिको बैठकमा गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले समितिका संयोजक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई सामग्रीहरु हस्तान्तरण गरे ।
- युनिसेफको सहयोगमा सञ्चालित बाल केन्द्रीत विपद् जोखिम न्युनीकरण कार्यक्रम अन्तर्गत जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र सबलीकरण क्रियाकलाप अन्तर्गत उपकरण तथा अन्य सामग्रीहरु प्रदान गरिएको हो ।
- डिईओसीको काम कारबाहीलाई प्रभावकारी बनाउन एक सेट कम्प्युटर, प्रिन्टर, ब्याट्री, कुर्सी २ थान, एक थान खाट, टेलीफोन सेट, एक बर्षको इन्टरनेट शुल्कतथा टेलीफोन महसुल बुझाइएको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् जोखिम न्युनीकरण अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया