अपहरण पछि हत्या गरिएको घटनाका अभियुक्त ११ वर्ष पछि पक्राउ

दैनिक संवाददाता दैनिक संवाददाता
|
बुधबार, आषाढ ३, २०८३
|
|
२१७ पटक हेरिएको
Shares
अपहरण पछि हत्या गरिएको घटनाका  अभियुक्त ११ वर्ष पछि पक्राउ

सारांश

  • प्रहरी उपरिक्षक खडकाले २०७२ साल भाद्र २९ गते साँझ ७ बजेको समयमा आफ्नै घरमा वसीरहेका बेला दाउद र बसिर मिलेर उनको अपहरण गरेका जनाए ।
  • त्यस पछि बलान खोला नजिकै रहेको पैनी बाटोमा पु¥याएर पानीमा डुबाएर मुख थुनी हत्या गरेको अनुसन्धानका क्रममा खुलेको उनको भनाई छ ।
  • घटना पछी दुबै जना फरार भएका थिए ।

राजविराज, २ असार । सप्तरीमा अपहरण गरी पानीमा डुबाएर हत्या गर्ने दुई जना अभियुक्तलाई ११ वर्ष पछी प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

विशेष सुराकीका आधारमा प्रहरी टोलीले जिल्लाको सुरुङ्गा नगरपालिका ९ का ६९ वर्षिय दाउद मियाँ र सिरहाको लहान नगरपालिका ११ का ६२ वर्षिय नसिर भन्ने वसिर मियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरी उपरिक्षक रुपक खडकाका अनुसार सुरुङ्गा नगरपालिका ९ का ६२ वर्षिय एनुल मियाँको २०७२ साल भाद्र २९ गते हत्या भएको थियो । सोही आरोपमा दुई दिन अघि पक्राउ परेका दाउद र वसिर बारे प्रहरीले मंगलवार पत्रकार सम्मेलन मार्फत घट्ना विवरण सार्वजनिक गरिएको हो ।
प्रहरी उपरिक्षक खडकाले २०७२ साल भाद्र २९ गते साँझ ७ बजेको समयमा आफ्नै घरमा वसीरहेका बेला दाउद र बसिर मिलेर उनको अपहरण गरेका जनाए । त्यस पछि बलान खोला नजिकै रहेको पैनी बाटोमा पु¥याएर पानीमा डुबाएर मुख थुनी हत्या गरेको अनुसन्धानका क्रममा खुलेको उनको भनाई छ ।
घटना पछी दुबै जना फरार भएका थिए । पक्राउ परेका दुबै जनालाई अपहरण तथा कर्तव्य ज्यान मुदा अन्तर्गत सप्तरी जिल्ला अदालतबाट म्याद थपेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक हेमराज घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसइई परिक्षाको पहिलो दिन सप्तरीमा २ सय एक परीक्षार्थी अनुपस्थित, एक कैदीबन्दी र दुई थुनुवाले समेत दिँदै परिक्षा
एसइई परिक्षाको पहिलो दिन सप्तरीमा २ सय एक परीक्षार्थी अनुपस्थित, एक कैदीबन्दी र दुई थुनुवाले समेत दिँदै परिक्षा
७० किलो गाजा बरामद
७० किलो गाजा बरामद
सप्तरीमा पाँच पालिकासहित काँग्रेस पहिलो, एमाले, जसपा र लोसपा तीन÷तीन, जनमत दुई तथा माओवादी र नेकपा एसलाई एक÷एक पालिका
सप्तरीमा पाँच पालिकासहित काँग्रेस पहिलो, एमाले, जसपा र लोसपा तीन÷तीन, जनमत दुई तथा माओवादी र नेकपा एसलाई एक÷एक पालिका
खाल्डो खनेर राखेको अवस्थामा पेस्तोलसहित राम पक्राउ
खाल्डो खनेर राखेको अवस्थामा पेस्तोलसहित राम पक्राउ
कालापानी सधैं चुनावी एजेन्डा नबनोस्
घुससहित जिप्रकाका कर्मचारी पक्राउ
घुससहित जिप्रकाका कर्मचारी पक्राउ
मालपोत कार्यालय राजविराजमा अनलाइन प्रणाली लागु
मालपोत कार्यालय राजविराजमा अनलाइन प्रणाली लागु
शान्तिका लागि चैत २ गतेदेखी महायज्ञ हुँदै 
शान्तिका लागि चैत २ गतेदेखी महायज्ञ हुँदै 
मन्त्री लेखीद्वारा कैदीबन्दीहरुका लागि सीपमुलक तालिम र फर्निचरसहित पुस्तकालयको व्यवस्था गर्ने प्रतिबद्धता 
मन्त्री लेखीद्वारा कैदीबन्दीहरुका लागि सीपमुलक तालिम र फर्निचरसहित पुस्तकालयको व्यवस्था गर्ने प्रतिबद्धता 
करदाता सेवा कार्यालयद्वारा गत वर्षको  तुलनामा १३ प्रतिशत बढी राजश्व संकलन 
करदाता सेवा कार्यालयद्वारा गत वर्षको  तुलनामा १३ प्रतिशत बढी राजश्व संकलन 

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु