पूर्ण सरसफाइ तर्फ गोरगामा  बरहीबिरपुर अग्रसर हुँदै

राजविराज राजविराज
|
बिहिबार, कार्तिक ७, २०७६
|
|
३४ पटक हेरिएको
Shares
पूर्ण सरसफाइ तर्फ गोरगामा  बरहीबिरपुर अग्रसर हुँदै

सारांश

  •     एसएनभि नेपालको सहयोगमा सबल नेपालद्वारा संचालित सबैको लागि दिगो सरसफाइ कार्यक्रम अन्तर्गत साविकको गाविसहरु बरही विरपुर र ईटहरी विष्णुपुर हालको छिन्नमस्ता गाँउपालिकाको वडा नं १ र ७ विष्णुपुर गाँउपालिका वडा नं.
  • ६ र ७ सरसफाई तर्फ उन्मुख हुदै गएको हो ।
  •     नेपाल सरकारले सन् २०३० सम्म दिगो विकास लक्ष्य अन्तर्गत प्रत्येक नेपालीले सरसफाइमा आधारभुत सुविधा पाउने भनेर लक्ष्य तोकिएको बमोजिम सरसफाई तर्फ स्थानियहरू सक्रिय बन्दै छन् ।

चन्दनकुमार यादब
राजविराज, ७ कात्तिक । 
    नेपाल खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भईसकेको अबस्थामा पुर्ण सरसफाईका अग्रसर बमोजिम सप्तरी जिल्लाको छिन्मस्ता र बिष्णुपुर गाउँपालिका पुर्ण सरसफाई तर्फ अग्रसर बन्दै गएको छ ।
    एसएनभि नेपालको सहयोगमा सबल नेपालद्वारा संचालित सबैको लागि दिगो सरसफाइ कार्यक्रम अन्तर्गत साविकको गाविसहरु बरही विरपुर र ईटहरी विष्णुपुर हालको छिन्नमस्ता गाँउपालिकाको वडा नं १ र ७ विष्णुपुर गाँउपालिका वडा नं. ६ र ७ सरसफाई तर्फ उन्मुख हुदै गएको हो ।
    नेपाल सरकारले सन् २०३० सम्म दिगो विकास लक्ष्य अन्तर्गत प्रत्येक नेपालीले सरसफाइमा आधारभुत सुविधा पाउने भनेर लक्ष्य तोकिएको बमोजिम सरसफाई तर्फ स्थानियहरू सक्रिय बन्दै छन् ।
    सबल नेपालका कार्यक्रम संयोजक तथा सरसफाई अभियानकर्ता परमेश्वर झाले नेपाललाई दक्षिण एसियाको पहिलो मुलुकको रुपमा खुला दिसा मुक्त घोषणा गरी सकेको अवस्थामा अबको लक्ष्य पुर्ण सरसफाइ तर्फ अगाडी बढ्नु रहेको बताए । 
    यस अभियानको मुख्य उद्देश्य भनेकै पुर्ण सरसफाइका ६ वटै सुचकहरु वास प्लान तर्जुमा, चर्पीको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ, सुरक्षित पानीमा पहुँच, सुरक्षित खानाको प्रयोग, घरायसी तथा संस्थागत सरसफाइ, वातावरणिय सरसफाइमा सबैको पहुँच गराई वडा, टोल एवं वस्तीलाई नमुना बस्ती घोषणा गर्ने रहेको कार्यक्रम संयोजक झाले बताए ।
    गत बैशाखदेखी दुई वटै गाँउपालिकाका ४ वटा वडामा कार्यक्रम सघनरुपमा संचालन भइरहेको एवं एक÷एक वटा बस्ती पुर्ण सरसफाइ तर्फ अग्रसर भएको उनले जानकारी दिए । 
    झाका अनुसार गोरगामा, वरहीबिरपुर, विष्णुपुर र हाटीमा नमुना बस्तीका लागि वस्तीहरु छनोट गरी वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति)ढारा छनोट भई उक्त वस्तीहरुमा विभिनन समुहहरु गठन गरी सुचक बमोजिम कार्यक्रम संचालन भइरहेको छ । 
    विभिन्न संघसंस्थाहरुले दातृ निछकायको सहयोगमा पुर्ण सरसफाइको लक्ष्य हासिल गर्न अगाडी बढिसकेको अबस्थाका सबल नेपालले जिल्ला केही स्थानिय तहलाई पुर्ण सरसफाई कार्यक्रमबाट नमुना बस्ती बनाउने लक्ष्य राखेको सबल नेपालका फिल्ड अधिकृत देवेश चौधरीले जानकारी दिए ।
    हाल सम्ममा प्रत्येक घरमा भाँडो सुकाउने रयाक निर्माण भई प्रयोगमा रहेको विभिन्न फोहोरहरु लाई कुहिने र नकुहिने छुटयाई व्यवस्थापन गरेको र विभिन्न पलास्टिक जन्य फोहोरलाई एक ठाँउमा जम्मा गरी विभिन्न सामाग्रीहरु बनाउने समेत गर्ने गरेको फिल्ड अधिकृत चौधरीको भनाई छ । 
    छठ पर्व पछि विष्णुपुर गाँउपालिकाको वडा नं. ६ को गोरगामालाई सरोकारवालाहरुबाट अनुगमन गराई पुर्ण सरसफाइ उन्मुख वस्ती घोषणा गर्ने योजना रहेको उनले बताए । 
    घरका प्रत्येक सदस्यहरु चर्पीमै नियमित दिसा पिसाव गर्ने, जोखिमपुर्ण अवस्थामा साबुन पानीले हात धुने, महिनावारी व्यवस्थापन, सुरक्षित खाना इत्यादि बारे जानकारी पाई सोहि अनुसार व्यवस्थापन गर्ने गरेको र घर आँगन वरीपरी नियमित सरसफाइ गर्ने गरेको गोरगमा, अमात्य टोलका स्थानिय किरण रायको दाबी छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?