दैनिक समाचारदाता
राजविराज, ४ भदौं ।
तीन जना सवार मोटरसाईकल दुृर्घट्नामा परि शुक्रबार एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक जना घाईते भएका छन भने अर्का फरार छन् ।
राजविराज हनुमाननगर सडकखण्डस्थित वडा नं. १५ खाँडो खोला पुल नजिकै शुक्रबार बिहान अनटेष्ट मोटरसाईकल दुर्घट्नामा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तीन जना सवार मोटरसाईकल अनियन्त्रीत भएर खाँडो नदी मै पसे पछि मोटरसाईकल चालक राजविराज नगरपालिका ११ झलही फर्सैठ निवासी २६ वर्षिय विनोद सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा स्थानीय गजेन्द्रनारायण सिह अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
मोटरसाइकलको पछिल्लो सीटमा सवार सोही वडा निवासी २१ वर्षिय गौतम सदा घाइते भएका छन् । अर्का सवार धनराज सदा भने फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।
तीन जना सवार तथा अत्याधिक मदिरा सेवनका कारण चालकले नियन्त्रण गुमाउदा गाडी खाडो नदीमा पसेको स्थानिय प्रत्यक्षदर्शीहरुले बताएका छन् । मृतकको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी काफ्लेले जानकारी दिए ।
मोटरसाईकल खोलामा पस्दा एकको मृत्यु, एक घाईते अर्का फारार
सारांश
- राजविराज हनुमाननगर सडकखण्डस्थित वडा नं.
- १५ खाँडो खोला पुल नजिकै शुक्रबार बिहान अनटेष्ट मोटरसाईकल दुर्घट्नामा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- तीन जना सवार मोटरसाईकल अनियन्त्रीत भएर खाँडो नदी मै पसे पछि मोटरसाईकल चालक राजविराज नगरपालिका ११ झलही फर्सैठ निवासी २६ वर्षिय विनोद सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया