दैनिक समाचारदाता
राजविराज, ३ पुस ।
अन्तराष्ट्रिय अप्रावासन दिवसको अवसरमा राजविराजमा अन्तरक्रिया तथा मैनबत्ति प्रज्ववलन गरि मनाइएको छ ।
सप्तरी सामुदायिक विकास केन्द्र नेपालको आयोजनामा राजविराज नगरपालिका वडा नं. १२ मा सीप र रोजगारः आर्थिक समृद्धिको आधार भन्ने मुल नाराका साथ शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
वडा अध्यक्ष हरिहर यादवको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा वक्ताहरुले सुरक्षित बैदेशिक रोजगारीका लागि सीप सिकेर जान सुझाव दिएका छन् ।
संस्थाले राजविराज नगरपालिका, कन्चनरुप नगरपालिका, शम्भुनाथ नगरपालिका तथा राजगढ गाउपालिकामा सुरक्षित आप्रवासन परियोजना कार्यक्रम संचालन गरिरहेको छ ।
यस्तै संस्थाले शुक्रबारै साझ राजविराजस्थित गजेन्द्र चौकमा मैनबत्ति प्रज्ववलन गरेको छ ।
राजविराज नगरपालिकाका उपप्रमुख साधना झाको अध्यक्षत तथा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रजिअ जयकुमार घिमिरे, नगरपालिकाका अधिकृत मदन बहादुर थापा, जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर साह, नागरिक समाजका थानसिंह भंसाली, संस्थाका अध्यक्ष तथा कर्मचारीलगायतको सहभागिता रहेको थियो ।
अन्तरक्रिया तथा मैनबत्ति प्रज्ववलन गरि मनाइयो अप्रावासन दिवस
सारांश
- सप्तरी सामुदायिक विकास केन्द्र नेपालको आयोजनामा राजविराज नगरपालिका वडा नं.
- १२ मा सीप र रोजगारः आर्थिक समृद्धिको आधार भन्ने मुल नाराका साथ शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
- वडा अध्यक्ष हरिहर यादवको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा वक्ताहरुले सुरक्षित बैदेशिक रोजगारीका लागि सीप सिकेर जान सुझाव दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया