दैनिक समाचारदाता
राजविराज, ३ पुस ।
अन्तराष्ट्रिय अप्रावासन दिवसको अवसरमा राजविराजमा अन्तरक्रिया तथा मैनबत्ति प्रज्ववलन गरि मनाइएको छ ।
सप्तरी सामुदायिक विकास केन्द्र नेपालको आयोजनामा राजविराज नगरपालिका वडा नं. १२ मा सीप र रोजगारः आर्थिक समृद्धिको आधार भन्ने मुल नाराका साथ शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
वडा अध्यक्ष हरिहर यादवको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा वक्ताहरुले सुरक्षित बैदेशिक रोजगारीका लागि सीप सिकेर जान सुझाव दिएका छन् ।
संस्थाले राजविराज नगरपालिका, कन्चनरुप नगरपालिका, शम्भुनाथ नगरपालिका तथा राजगढ गाउपालिकामा सुरक्षित आप्रवासन परियोजना कार्यक्रम संचालन गरिरहेको छ ।
यस्तै संस्थाले शुक्रबारै साझ राजविराजस्थित गजेन्द्र चौकमा मैनबत्ति प्रज्ववलन गरेको छ ।
राजविराज नगरपालिकाका उपप्रमुख साधना झाको अध्यक्षत तथा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रजिअ जयकुमार घिमिरे, नगरपालिकाका अधिकृत मदन बहादुर थापा, जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर साह, नागरिक समाजका थानसिंह भंसाली, संस्थाका अध्यक्ष तथा कर्मचारीलगायतको सहभागिता रहेको थियो ।
अन्तरक्रिया तथा मैनबत्ति प्रज्ववलन गरि मनाइयो अप्रावासन दिवस
सारांश
- सप्तरी सामुदायिक विकास केन्द्र नेपालको आयोजनामा राजविराज नगरपालिका वडा नं.
- १२ मा सीप र रोजगारः आर्थिक समृद्धिको आधार भन्ने मुल नाराका साथ शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
- वडा अध्यक्ष हरिहर यादवको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा वक्ताहरुले सुरक्षित बैदेशिक रोजगारीका लागि सीप सिकेर जान सुझाव दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया