शौचालयमा बन्दी मृत फेला 

राजविराज राजविराज
|
आइतबार, माघ २८, २०८०
|
|
२२ पटक हेरिएको
Shares
शौचालयमा बन्दी मृत फेला 

सारांश

  •     कारागारका निमित्त प्रशासक सदानन्द दासले मण्डलको शव कारागारभित्रको शौचालयमा झुण्डिएको अवस्थामा बिहान फेला परेको जानकारी दिएका छन् ।
  •     पासोमा झुण्डिएर आत्महत्या गरेका मण्डलको घटना थाहा पाएलगत्तै कारागार प्रशासनले परिवारलाई जानकारी दिएको निमित्त कारागार प्रशासक दासले बताए ।
  •     गत साउन १३ गते राति १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा मण्डल गत भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागारमा बन्दी थिए ।

दैनिक समाचारदाता
राजविराज, २८ माघ । 

    राजविराज कारागारको थुनामा रहेका बन्दी आइतबार मृत फेला परेका छन् । बलात्कारको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारको थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ६ का १९ वर्षीय देवेन्द्र मण्डल मृत अवस्थामा फेला परेका हुन् । 
    कारागारका निमित्त प्रशासक सदानन्द दासले मण्डलको शव कारागारभित्रको शौचालयमा झुण्डिएको अवस्थामा बिहान फेला परेको जानकारी दिएका छन् ।
    पासोमा झुण्डिएर आत्महत्या गरेका मण्डलको घटना थाहा पाएलगत्तै कारागार प्रशासनले परिवारलाई जानकारी दिएको निमित्त कारागार प्रशासक दासले बताए ।
    गत साउन १३ गते राति १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा मण्डल गत भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागारमा बन्दी थिए । बालिकालाई घरबाट जबरजस्ती तानेर पाँच सय मिटर पूर्वपोखरीको डिलमा लगेर बलात्कार गरेको भन्दै पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएक थिए । 
    हनुमाननगर कंकालिनी ६ का २३ वर्षीय देवनाथ मण्डल, २३ वर्षीय श्यामसुन्दर मण्डल र २० वर्षीया जसोधाकुमारी मण्डलले हातखुट्टा समातेपछि देवेन्द्रले बालिकाको सिउँदोमा सिन्दुर हालेको पीडितका बुवाको भनाइ थियो ।  
    जिल्ला प्रहरी कार्यालयले मण्डललाई गत साउन १७ गते पक्राउ गरेको थियो । प्रहरी कार्यालयमा गत साउन १८ गते बलात्कारको उजुरी दर्ता भएकोमा सप्तरी जिल्ला अदालतमा गत भदौ १० गते अभियोगपत्र दायर भएको थियो । जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलाशले मण्डललाई भदौ ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा राख्ने आदेश दिएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोजगारीका लागि मलेशिया गएका मुखियाँको मृत शरीर बाकसमा फर्कियो
रोजगारीका लागि मलेशिया गएका मुखियाँको मृत शरीर बाकसमा फर्कियो
साढेको आक्रमणमा परी बृद्धाको मृत्यु 
साढेको आक्रमणमा परी बृद्धाको मृत्यु 
अस्पतालका चिकित्सकले बिरामीलाई  दुव्र्यबहार र गालीगलौज गर्दै बाहिर निकाले
अस्पतालका चिकित्सकले बिरामीलाई  दुव्र्यबहार र गालीगलौज गर्दै बाहिर निकाले
पुस २५ देखी बजाजको महाएक्सचेन्ज मेला 
पुस २५ देखी बजाजको महाएक्सचेन्ज मेला 
संक्रमण रोकथामका लागी स्वास्थकर्मीलाई अभिमुखिकरण 
संक्रमण रोकथामका लागी स्वास्थकर्मीलाई अभिमुखिकरण 
विभिन्न बहानामा दलितमाथी हुने  गरेको विभेद विरुद्ध कारवाहीको माग
विभिन्न बहानामा दलितमाथी हुने  गरेको विभेद विरुद्ध कारवाहीको माग
पुस्तकालय तथा ई–लाइब्रेरी संचालन 
पुस्तकालय तथा ई–लाइब्रेरी संचालन 
राजविराज नपा र तिलाठी कोइलाडी  गापाले स्वर्ण पदक बिजेता अजितलाई  ग¥यो पुरस्कार दिने घोषणा
राजविराज नपा र तिलाठी कोइलाडी  गापाले स्वर्ण पदक बिजेता अजितलाई  ग¥यो पुरस्कार दिने घोषणा
दश लाख रोजगारी सुनिश्चितताको विषय हावा नभएको डा. राउतको दाबी
दश लाख रोजगारी सुनिश्चितताको विषय हावा नभएको डा. राउतको दाबी
पोखरीमा माछा मार्ने  विषयमा कुटपिट हुँदा एक महिलाको मृत्यु
पोखरीमा माछा मार्ने  विषयमा कुटपिट हुँदा एक महिलाको मृत्यु