दैनिक समाचारदाता
राजविराज, १० पुस ।
क्रिकेट बिकास प्रतिष्ठानद्वारा संचालित अन्तरबिधालय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा पिसल्यान्डले लिटिल एन्जेललाई १४ रनले पराजित गर्दै बिजयी सुरुवात गरेको छ । आईतवार स्थानिय पबिमाबिको खेलमैदानमा राजबिराज वडा ६ का वडा अध्यक्ष शशी चौधरीले ब्याटिङ र वडा ५ का अध्यक्ष बन्धु दासले बलिङ गर्दै खेलको उदघाटन गरे ।
उदघाटन खेलमा टस जितेर पिसल्यान्डले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ७ बिकेट गुमाई १ सय ३२ रनको योगफल खडा गरेको थियो । जसमा बरूणदेव गामी अर्थशतकिय पारी खेल्दै ६२ रन जोडेका थिए भने श्यामबाबु मण्डल १३ रन बनाएका थिए । बलिङतर्फ लिटिल एन्जेलका साहेल आलम, शिव दास, गोपाल मण्डल, भिम यादब र कर्ण बहादुर बिक १÷१ बिकेट हात पारेका थिए ।
प्रतिउतरमा लिटिल एन्जेलले निर्धारित २० ओभरमा ७ बिकेट गुमाएर १ सय १८ रनमै सिमित रहयो । जसमा प्रियान्सु कर्ण २९, श्रवण मुखिया २५, कर्ण बहादुर बिकले १७ रन बनाएका थिए । बलिङतर्फ पिसल्यान्डका शनि यादब ३, प्रदिप दास २ र आर्यन दासले १ बिकेट हात पारेका थिए । खेलको म्यान अफ दि म्याच बरूणदेव गामी घोषित भए ।
यसअघि क्रिकेट प्रतिष्ठानका अध्यक्ष ई ईन्द्रनारायण देवको अध्यक्षतामा संचालित प्रतियोगिता डब्बल राउन्ड रोबिनको आधारमा खेलाईने बताईएको छ । गत पुस २ गते देखि ९ गते सम्म सप्तरी क्रिकेट संघद्वारा संचालित अन्तर बिधालय क्रिकेट प्रतियोगिताको बिजेता, उपबिजेता र सहभागी ६ टिम मध्ये एकवटा टिम बनाई प्रतिष्ठानको टिम हुने गरी ३ वटा टिम बिच डब्बल राउन्ड रोबिनको आधारमा खेलाईने आयोजक समितिका सन्तोष यादबले जानकारी दिएका छन ।
क्रिकेट विकास प्रतिष्ठानद्वारा संचालित क्रिकेट प्रतियोगितामा पिसल्यान्ड बिजय
सारांश
- उदघाटन खेलमा टस जितेर पिसल्यान्डले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ७ बिकेट गुमाई १ सय ३२ रनको योगफल खडा गरेको थियो ।
- जसमा बरूणदेव गामी अर्थशतकिय पारी खेल्दै ६२ रन जोडेका थिए भने श्यामबाबु मण्डल १३ रन बनाएका थिए ।
- बलिङतर्फ लिटिल एन्जेलका साहेल आलम, शिव दास, गोपाल मण्डल, भिम यादब र कर्ण बहादुर बिक १÷१ बिकेट हात पारेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया