स्व. गजेन्द्र नारायण सिंहलाई सम्झिदै  निर्वाचित पदाधिकारीलाई सम्मान 

राजविराज राजविराज
|
बुधबार, बैशाख ८, २०७८
|
|
११९ पटक हेरिएको
Shares
स्व. गजेन्द्र नारायण सिंहलाई सम्झिदै  निर्वाचित पदाधिकारीलाई सम्मान 

सारांश

  •     अध्ययन केन्द्रले बुधबार एक कार्यक्रमको आयोजना गरी पत्रकार महासंघका नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान र स्व.
  • सिंहको राजनीतिक योगदानको सम्झना गर्दै उनको ९१ औं जन्मजयन्ती समेत मनाएको छ ।
  •   नव निर्वाचित पत्रकार महासंघका पदाधीकारीहरुलाई सम्मान पश्चात् कार्यक्रममा बोल्दै प्रमुख अतिथी राष्ट्रिय सभाका सदस्य एवं जनता समाजवादी पार्टी नेपालका कार्यकारणी सदस्य मृगेन्द्र कुमार सिंह यादवले मधेशवादका प्रणेता स्व.

दैनिक समाचारदाता
राजविराज, ८ बैशाख ।
    गजेन्द्र नारायण सिंहको जन्म जयन्तीको अवसरमा गजेन्द्र नारायण सिंह अध्ययन केन्द्र राजविराजले नेपाल पत्रकार महासंघको निर्वाचनमा निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ । 
    अध्ययन केन्द्रले बुधबार एक कार्यक्रमको आयोजना गरी पत्रकार महासंघका नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान र स्व. सिंहको राजनीतिक योगदानको सम्झना गर्दै उनको ९१ औं जन्मजयन्ती समेत मनाएको छ ।  नव निर्वाचित पत्रकार महासंघका पदाधीकारीहरुलाई सम्मान पश्चात् कार्यक्रममा बोल्दै प्रमुख अतिथी राष्ट्रिय सभाका सदस्य एवं जनता समाजवादी पार्टी नेपालका कार्यकारणी सदस्य मृगेन्द्र कुमार सिंह यादवले मधेशवादका प्रणेता स्व. सिहले देखाएको बाटो तथा पार्टी संगठनमा थालेको अभियानलाई पुरा गर्न सकेमा सच्चा श्रद्धाञ्जली हुने बताए । 
    सोही कार्यक्रममा प्रदेश २ मिडीया काउन्सीलका अध्यक्ष शिवहरी भट्टराईले निष्ठावान नेताका रुपमा चिनिएका स्व. सिंह पत्रकारमैत्री भावना राख्ने नेताका रुपमा समेत चिनिनु भएको सुनाउदै उहाँको अभाव सधै खडकी रहने बताए । 
    पत्रकार महासंघका सभापती श्रवण देवले मधेशमा निष्ठा र आर्दशको राजनीतिक गर्ने स्व. सिंहबाट वर्तमान र भावी पुस्ताले पाठ सिकेर अघि बढ्नु पर्नेमा जोड दिए ।     गजेन्द्र नारायण सिह अध्ययन केन्द्रका संयोजक एवं जिल्ला समन्वय समिती सप्तरीका प्रमुख प्रभावकर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जसपाका जिल्ला अध्यक्ष सुनिल कुमार झा, केन्द्रिय सदस्य राजेश कुमार राय, अमरनाथ मण्डल, उपेन्द्र प्रसाद साह, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव लगायतले नव निर्वाचितलाई बधाई तथ स्व. सिंहको राजनीतिक योगदान बारे चर्चा गरेका थिए । 
     सप्तरीको तिलाठी कोइलाठी गाँउपालिका घर भएका स्व. सिंह १९८७ सालमा राम नवमी कै दिन जन्मिएका थिए । उनले मधेशी अधिकारका लागी संगठित अभियानको नेतृत्व गरेका थिए । 
    प्रत्येक वर्ष राम नवमीका दिन उनका अनुयायीहरुले स्व. सिहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाउदै आएका छन् । 
    यसैबीच जनता समाजवादी पार्टीकाहरु राजविराजस्थित गजेन्द्र चौकमा रहेको स्व. सिंहको सालिकमा माल्यार्पण गरेका छन् । त्यस्तै जसपा नेता बिनोद यादवले स्व. सिंहको जन्म जयन्तीको अवसरमा लड्डु बाडेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खेल पूर्वाधार निर्माणलाई मुख्य गरी प्राथमिक्तामा राखेका छौं ः मन्त्री यादव
खेल पूर्वाधार निर्माणलाई मुख्य गरी प्राथमिक्तामा राखेका छौं ः मन्त्री यादव
२८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
२८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
बालबिकास केन्द्रमा छात्रछात्राहरूका लागि सुविधा सम्पन्न शौचालय 
बालबिकास केन्द्रमा छात्रछात्राहरूका लागि सुविधा सम्पन्न शौचालय 
युवा क्लवद्वारा एसईई विद्यार्थी सम्मानित 
युवा क्लवद्वारा एसईई विद्यार्थी सम्मानित 
बेल्हीमा चहलूम दाहा मेला २०७८ शुरु
बेल्हीमा चहलूम दाहा मेला २०७८ शुरु
राजविराज कारागार समस्यै समस्याले ग्रसित,  विद्युत जाँदा टर्च लाईट बालेर निगरानी
राजविराज कारागार समस्यै समस्याले ग्रसित,  विद्युत जाँदा टर्च लाईट बालेर निगरानी
आत्मरक्षाका लागी प्रशिक्षणमा सहभागि  चार सय छात्रालाई पोशाक बितरण
आत्मरक्षाका लागी प्रशिक्षणमा सहभागि  चार सय छात्रालाई पोशाक बितरण
छिन्नमस्ता गाउँपालिकाद्वारा  सूचना दिन आलटाल
छिन्नमस्ता गाउँपालिकाद्वारा  सूचना दिन आलटाल
२७ दिनमा ३५ जनाले गरे आत्महत्याका प्रयास, ६ जनाले गुमाए ज्यान, एकै दिन थप दुई युवाले गरे आत्महत्या
२७ दिनमा ३५ जनाले गरे आत्महत्याका प्रयास, ६ जनाले गुमाए ज्यान, एकै दिन थप दुई युवाले गरे आत्महत्या
रुपनी राईडर्सलाई हराउँदै युथ एकेडमीको विजयी शुरुवात
रुपनी राईडर्सलाई हराउँदै युथ एकेडमीको विजयी शुरुवात