दैनिक समाचारदाता
राजविराज, ३० बैशाख ।
सप्तरीको दुईवटा पालिकाका आधा दर्जन भन्दा बढी विद्यालयहरुले अनुमति लिएको भन्दा बढी माथिल्लो कक्षामा भर्ना लिई कक्षा संचालन गरिरहेको पाइएको छ ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सप्तरीले बैशाख २८ गतेदेखी सुरु गरेको निजी तथा संस्थागत विद्यालयहरुको अनुगमनका क्रममा कञ्चनरुप नगरपालिकामा दुई र हनुमाननगर कंकालिनी नगरपालिकामा ६ गरि आठ वटा विद्यालयहरुले अनुमति पाएको भन्दा बढी माथिल्लो कक्षा सञ्चालन गरिरहेको पाईएको हो ।
उच्च अदातलत जनकपुर राजविराज इजलासले अनुमति विनाको थप कक्षा संचालन नगर्न नगराउन बैशाख १९ मा आदेश दिएपछि समन्वय इकाईले बैशाख २८ गतेदेखी विद्यालयहरुको स्थलगत निरिक्षण तथा अनुगमन सुरु गरेको छ ।
मंगलवार कञ्चनरुप नगरपालिकास्थित ब्राइट फ्युचर एकेडमीले ३ कक्षाको अनुमति लिए पनि ७ कक्षा सम्म विद्यार्थी भर्ना गरि पठनपाठन गराई रहेको पाइएको छ । यस्तै माउन्ट एभरेष्ट विद्या मन्दिरले ६ कक्षा सम्मको अनुमति प्राप्त गरे पनि ८ कक्षा सम्मको पठनपाठन सञ्चालन गरिरहेको पाईएको जिल्ला शिक्षा समन्वय इकाई सप्तरीका शाखा अधिकृत एवं अनुगमन टोली प्रमुख कमलनाथ यादवले जानकारी दिए ।
यसअघि आईतवार सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकामा सोही टोलीले अनुगमन गर्दा ६ वटा निजी विद्यालयहरुले अनुमति नलिएर कक्षा संचालन गरेको पाइएको थियो ।
अनुगमन टोलीका प्रमुख यादवले विधि प्रक्रिया नपु¥याका तथा अनुमति विना संचालनमा रहेका त्यस्ता विद्यालयहरु उपर कानुनी कारबाही हुने बताए । जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत यादवसहित जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि शिवनाथ मण्डल र शाखा प्रमुख हरिनारायण साह लगायत टोलीमा सहभागि छन् ।
अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
सारांश
- जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सप्तरीले बैशाख २८ गतेदेखी सुरु गरेको निजी तथा संस्थागत विद्यालयहरुको अनुगमनका क्रममा कञ्चनरुप नगरपालिकामा दुई र हनुमाननगर कंकालिनी नगरपालिकामा ६ गरि आठ वटा विद्यालयहरुले अनुमति पाएको भन्दा बढी माथिल्लो कक्षा सञ्चालन गरिरहेको पाईएको हो ।
- उच्च अदातलत जनकपुर राजविराज इजलासले अनुमति विनाको थप कक्षा संचालन नगर्न नगराउन बैशाख १९ मा आदेश दिएपछि समन्वय इकाईले बैशाख २८ गतेदेखी विद्यालयहरुको स्थलगत निरिक्षण तथा अनुगमन सुरु गरेको छ ।
- मंगलवार कञ्चनरुप नगरपालिकास्थित ब्राइट फ्युचर एकेडमीले ३ कक्षाको अनुमति लिए पनि ७ कक्षा सम्म विद्यार्थी भर्ना गरि पठनपाठन गराई रहेको पाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया