दैनिक समाचारदाता
राजविराज, १३ फागुन ।
उम्मेदवारहरुले चुनावको मुखमा दल फेरबदल गर्नु र आप्mनो उम्मेदवारी निस्कृय पार्दै अर्का उम्मेदवारलाई समर्थन गर्ने क्रम बढ्दै गएको छ ।
सप्तरीमा पछिल्लो पटक नेपाल जनता पार्टीबाट समानुपातिकतर्पmका उम्मेदवार विजय गुप्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन । उनीसँगै नेपाल बुद्धिजीवी संगठनका डा.देवेस यादव पनि नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।
राजविराज ५ निवासी गुप्ता नेपाल जनता पार्टीको समानुपातिक तर्फका उम्मेदवार थिए भने राजविराज २ निवासी डा.यादव जसपा निकटको बुद्धिजीवी संगठनका सदस्य थिए ।
चुनावी प्रचार प्रसारका क्रममा मंगलवार साँझ राजविराज आईपुगेका नेपाली काँग्रेसका उपसभापती विश्वप्रकाश शर्माको हातबाट दुबै जनाले नेपाली काँग्रेसको सदस्यता ग्रहण गरे ।
उनीहरुले जिल्लाको चारै वटा क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवालाई जिताउने अभियानमा सक्रियता पुर्वक खटिने प्रतिबद्धता समेत ब्यक्त गरे । दुबै जनालाई स्वागत गर्दै काँग्रेसका उपसभापती शर्माले बदलिएको परिस्थितीमा बदलिएर आएको नेपाली काँग्रेसले नै देशलाई समृद्धि तर्फ लैजाने दाबी गरे ।
काँग्रेसका क्षेत्रिय सभापती महानन्द यादवले नेपाली काँग्रेसप्रति अहिले जनताको आकर्षण बढ्दै गएको भन्दै अलमलमा रहेर सर्वसाधारणलाई काँग्रेससँग जोडिन आह्वान गरे ।
यसअघि प्रभु साह नेतृत्वको आम जनता पार्टीको तर्फबाट सप्तरीको क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फको उम्मेदवार रहेका इ. सुनिलराज दास आफ्नो उम्मेदवारी निस्कृय पार्दै सोही क्षेत्रबाट उम्मेदवार रहेका जनअधिकार पार्टीका राष्ट्रिय अध्यक्ष डा.शरद सिह यादवलाई समर्थनको घोषणा गरेका थिए ।
आप्mनो उम्मेदवारी निस्कृय पार्दै अर्का उम्मेदवारलाई समर्थन गर्ने क्रम बढ्दै
सारांश
- सप्तरीमा पछिल्लो पटक नेपाल जनता पार्टीबाट समानुपातिकतर्पmका उम्मेदवार विजय गुप्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।
- उनीसँगै नेपाल बुद्धिजीवी संगठनका डा.
- देवेस यादव पनि नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया