आप्mनो उम्मेदवारी निस्कृय पार्दै अर्का उम्मेदवारलाई समर्थन गर्ने क्रम बढ्दै

राजविराज राजविराज
|
बुधबार, फाल्गुन १३, २०८२
|
|
४५ पटक हेरिएको
Shares
आप्mनो उम्मेदवारी निस्कृय पार्दै अर्का उम्मेदवारलाई समर्थन गर्ने क्रम बढ्दै

सारांश

  •     सप्तरीमा पछिल्लो पटक नेपाल जनता पार्टीबाट समानुपातिकतर्पmका उम्मेदवार विजय गुप्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।
  • उनीसँगै नेपाल बुद्धिजीवी संगठनका डा.
  • देवेस यादव पनि नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।

दैनिक समाचारदाता
राजविराज, १३ फागुन । 

    उम्मेदवारहरुले चुनावको मुखमा दल फेरबदल गर्नु र आप्mनो उम्मेदवारी निस्कृय पार्दै अर्का उम्मेदवारलाई समर्थन गर्ने क्रम बढ्दै गएको छ । 
    सप्तरीमा पछिल्लो पटक नेपाल जनता पार्टीबाट समानुपातिकतर्पmका उम्मेदवार विजय गुप्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन । उनीसँगै नेपाल बुद्धिजीवी संगठनका डा.देवेस यादव पनि नेपाली काँग्रेसमा प्रवेश गरेका छन । 
    राजविराज ५ निवासी गुप्ता नेपाल जनता पार्टीको समानुपातिक तर्फका उम्मेदवार थिए भने राजविराज २ निवासी डा.यादव जसपा निकटको बुद्धिजीवी संगठनका सदस्य थिए । 
    चुनावी प्रचार प्रसारका क्रममा मंगलवार साँझ राजविराज आईपुगेका नेपाली काँग्रेसका उपसभापती विश्वप्रकाश शर्माको हातबाट दुबै जनाले नेपाली काँग्रेसको सदस्यता ग्रहण गरे । 
    उनीहरुले जिल्लाको चारै वटा क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवालाई जिताउने अभियानमा सक्रियता पुर्वक खटिने प्रतिबद्धता समेत ब्यक्त गरे । दुबै जनालाई स्वागत गर्दै काँग्रेसका उपसभापती शर्माले बदलिएको परिस्थितीमा बदलिएर आएको नेपाली काँग्रेसले नै देशलाई समृद्धि तर्फ लैजाने दाबी गरे । 
    काँग्रेसका क्षेत्रिय सभापती महानन्द यादवले नेपाली काँग्रेसप्रति अहिले जनताको आकर्षण बढ्दै गएको भन्दै अलमलमा रहेर सर्वसाधारणलाई काँग्रेससँग जोडिन आह्वान गरे । 
    यसअघि प्रभु साह नेतृत्वको आम जनता पार्टीको तर्फबाट सप्तरीको क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फको उम्मेदवार रहेका इ. सुनिलराज दास आफ्नो उम्मेदवारी निस्कृय पार्दै सोही क्षेत्रबाट उम्मेदवार रहेका जनअधिकार पार्टीका राष्ट्रिय अध्यक्ष डा.शरद सिह यादवलाई समर्थनको घोषणा गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराजमा खुल्यो शैक्षिक परामर्श केन्द्र
राजविराजमा खुल्यो शैक्षिक परामर्श केन्द्र
नगरको ऐतिहासिक पोखरी शौच र पिसाब गर्ने थलो बन्दै 
नगरको ऐतिहासिक पोखरी शौच र पिसाब गर्ने थलो बन्दै 
प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको  भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको  भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
प्रहरी सहायक निरिक्षक  महतो उत्कृष्ट प्रहरी घोषित
प्रहरी सहायक निरिक्षक  महतो उत्कृष्ट प्रहरी घोषित
प्रेस युनियनद्वारा महासंघमा धर्ना
प्रेस युनियनद्वारा महासंघमा धर्ना
मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
गाउँ–गाउँमा सिंहदरबारको साटो  राजदरबार खडा भयो ः सभामुख यादव
गाउँ–गाउँमा सिंहदरबारको साटो  राजदरबार खडा भयो ः सभामुख यादव
पडेमारा अग्निपीडितलाई मन्त्री लेखीद्वारा आर्थिक सहयोग
पडेमारा अग्निपीडितलाई मन्त्री लेखीद्वारा आर्थिक सहयोग
वास्तविक न्याय नपाएका निमुखाका लागि न्यायमा सहज पहुच पु¥याउनुपर्नेमा जोड 
वास्तविक न्याय नपाएका निमुखाका लागि न्यायमा सहज पहुच पु¥याउनुपर्नेमा जोड