दैनिक समाचारदाता
राजविराज, २ जेठ ।
प्रदेश सरकार प्रादेशिक खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति प्रदेश नं.२ जनकपुरधामको समन्वयमा सप्तरी र सिरहा अस्पतालमा कोरोना भाईरस संक्रमणबाट बच्न तथा रोकथामको लागी स्वास्थ्य सामाग्रि प्रदान गरिएको छ ।
युनिसेफ क्षेत्रिय कार्यालय जनकपुरधामको सहयोग तथा सप्तरी सामुदायिक विकास केन्द्र, नेपाल राजविराजका सहजिकरणमा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल र सिरहा जिल्ला अस्पताललाई ती स्वास्थ्य सामाग्रिहरु प्रदान गरिएको सप्तरी सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिएका छन् ।
गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. चुमनलाल दासलाई हेण्ड वासिङ्ग स्टेशन ४ थान, सर्जिकल मास्क २ हजार थान, डिस्पोजल ग्लब्स २ हजार थान, सेनिटाइजर एक सय थान, साबुन १ हजार थान, हात धुने लिक्विड १ हजार थान र ब्लिचिङ पाउडर २ बोरा हस्तान्तरण गरिएको अध्यक्ष चौधरीले बताए ।
त्यस्तै सिरहा अस्पतालका प्रमुख डा. नागेन्द्र यादवलाई हेण्ड वासिङ्ग स्टेशन ४ थान, सर्जिकल मास्क ९ सय थान, डिस्पोजल ग्लब्स ९ सय थान, सेनिटाइजर ८० थान, साबुन ५ सय थान, हात धुने लिक्विड ३० थान र ब्लिचिङ पाउडर २ बोरा हस्तान्तरण गरिएको उनले बताए ।
यसैगरि सप्तरीको भारदह अस्पतालका प्रमुख डा. कुन्दन ठाकुरलाई समेत हेण्ड वासिङ्ग स्टेशन ४ थान, सर्जिकल मास्क ९ सय थान, डिस्पोजल ग्लब्स ९ सय थान, सेनिटाइजर ८० थान, साबुन ५ सय थान, हात धुने लिक्विड ३० थान र ब्लिचिङ पाउडर २ बोरा प्रदान गरिएको छ ।
सप्तरी र सिरहाका अस्पताललाई स्वास्थ्य सामाग्रि प्रदान
सारांश
- युनिसेफ क्षेत्रिय कार्यालय जनकपुरधामको सहयोग तथा सप्तरी सामुदायिक विकास केन्द्र, नेपाल राजविराजका सहजिकरणमा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल र सिरहा जिल्ला अस्पताललाई ती स्वास्थ्य सामाग्रिहरु प्रदान गरिएको सप्तरी सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिएका छन् ।
- गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा.
- चुमनलाल दासलाई हेण्ड वासिङ्ग स्टेशन ४ थान, सर्जिकल मास्क २ हजार थान, डिस्पोजल ग्लब्स २ हजार थान, सेनिटाइजर एक सय थान, साबुन १ हजार थान, हात धुने लिक्विड १ हजार थान र ब्लिचिङ पाउडर २ बोरा हस्तान्तरण गरिएको अध्यक्ष चौधरीले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया