छोरा मृत अवस्थमा फेला परेपछि आमा बुबाद्वारा छानवीनको माग

राजविराज राजविराज
|
सोमबार, बैशाख १५, २०८२
|
|
४१ पटक हेरिएको
Shares
छोरा मृत अवस्थमा फेला परेपछि आमा बुबाद्वारा छानवीनको माग

सारांश

  •     राजविराज ६ पुर्णी पोखरी टोल निवासी सहनवाजको दुई दिन अघि मृत्यु भएको थियो ।
  •       राजविराज ३ स्थित कल्टुदास पोखरीको डिलमा अचेत अवस्थामा रहेको भन्दै स्थानीयले खबर गरेपछी पुगेको प्रहरी टोलीले उनलाई तत्कालै उद्धार गरी गजेन्द्र नारायण सिह अस्पताल पु¥याएका थिए ।
  • जहाँ चिकित्सकले उनलाई मृत घोषित गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, १५ बैशाख । 

    दुई दिनअघि मृत अवस्थामा फेला परेका १५ वर्षिय सहनबाज शेखका आफन्तले घटनाको सत्यतथ्य छानविन हुनु पर्ने माग गरेका छन । 
    राजविराज ६ पुर्णी पोखरी टोल निवासी सहनवाजको दुई दिन अघि मृत्यु भएको थियो । 
    राजविराज ३ स्थित कल्टुदास पोखरीको डिलमा अचेत अवस्थामा रहेको भन्दै स्थानीयले खबर गरेपछी पुगेको प्रहरी टोलीले उनलाई तत्कालै उद्धार गरी गजेन्द्र नारायण सिह अस्पताल पु¥याएका थिए । जहाँ चिकित्सकले उनलाई मृत घोषित गरेको थियो । 
    बाहिरी चोट खासै नदेखिए पनि आईतवार पोस्टर्माटम कक्षमा राखेर परिक्षण गर्दा घाँटी र हातको भित्री भागमा चोट देखिएपछि थप परिक्षण र पोस्टर्माटमका लागी धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको डा.अमित यादवले बताए । 
    मृतकका आमा सोनी खातुनले घटनाका दिन राती ७ः४५ बजे तिर छोरा सहनवाजको मोवाइलमा कसैले फोन गरेको बताइन् । छोराले केही बेरमा आइहाल्छु भन्दै घरबाट निस्केको उनको भनाई छ । 
    राजविराज ८ स्थित पिसल्याण्ड बोडिङ्ग स्कुलमा कक्षा ८ मा अध्ययनरत छोरालाई कसैले कुटपीट गरी मारेको हुन सक्ने आशंका उनका बुवा सनावरले गरेका छन । रातीको समयमा सहनावाजलाई मोवाइलमा फोन गर्ने ब्यक्तिको थिए ? र किन बोलाएका थिए ? भन्ने तर्फ पनि अनुसन्धान अघि बढाउनु पर्ने परिवारजनको माग छ । 
    वडा अध्यक्ष शशी चौधरीले पनि सहनवाजको मृत्यु प्रकरणबारे सुक्ष्म अनुसन्धान हुनुपर्ने बताएका छन । 
    प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले प्रारम्भिक अनुसन्धानमा कुटपिटबाट नभई लडेर उनको मृत्य भएको पाइएको बताएका छन । यद्यपी अनुसन्धान कार्य जारी रहेको उनको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीमा सम्बन्धी विवाद कुटनीतिज्ञ वार्ताबाट  समाधान गर्नुपर्छ ः राजपा नेता भण्डारी
सीमा सम्बन्धी विवाद कुटनीतिज्ञ वार्ताबाट  समाधान गर्नुपर्छ ः राजपा नेता भण्डारी
एनपिएल बिजेता टोलीलाई नगदसहित सम्मान
एनपिएल बिजेता टोलीलाई नगदसहित सम्मान
नेकपा (एकीकृत समाजवादी) को खड्क नगरपालिका कमिटि गठन
नेकपा (एकीकृत समाजवादी) को खड्क नगरपालिका कमिटि गठन
सेनाद्वारा चुरे क्षेत्रमा चार हजार बोट बिरुवा रोपिए
सेनाद्वारा चुरे क्षेत्रमा चार हजार बोट बिरुवा रोपिए
उद्योग बाािण्ज्य संघमा चार सदस्य मनोनित
उद्योग बाािण्ज्य संघमा चार सदस्य मनोनित
करेन्ट लागेर हात्तीको मृत्यु
करेन्ट लागेर हात्तीको मृत्यु
सप्तरी एनप्यावशनको अध्यक्षमा नरेश प्रताप
सप्तरी एनप्यावशनको अध्यक्षमा नरेश प्रताप
संस्कृति ज्ञान परिक्षामा २३ जनाले बराबरी अंक ल्याएपछि गोलाप्रथाद्वारा नतिजा
संस्कृति ज्ञान परिक्षामा २३ जनाले बराबरी अंक ल्याएपछि गोलाप्रथाद्वारा नतिजा
दुई दिनदेखी नगरको सरसफाई कार्य ठप्प, झाडु नभएर सरसफाई रोकिए ः वडा अध्यक्ष यादव, वडाको संचालन खर्चबाट सरसफाईका सामाग्रि खरीद गर्नु ः प्रमुख प्रशासकीय अधिकृत गुरुङ 
दुई दिनदेखी नगरको सरसफाई कार्य ठप्प, झाडु नभएर सरसफाई रोकिए ः वडा अध्यक्ष यादव, वडाको संचालन खर्चबाट सरसफाईका सामाग्रि खरीद गर्नु ः प्रमुख प्रशासकीय अधिकृत गुरुङ 
महिला दिवसमा ¥यालीसहितको  सचेतनामूलक कार्यक्रम
महिला दिवसमा ¥यालीसहितको  सचेतनामूलक कार्यक्रम